5.1.12

गौतमले तत्काल राजिनामा दिनुपर्छ: ईन्द्र क्षेत्री "पकवान" :

२० पौष: नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान अध्यक्ष तथा बेल्जियमबाट नेपाली काँग्रेसका महासमिति सदस्य ईन्द्र पकवान क्षेत्रीले जनसंपर्क समिती बेल्जियमको ८ जनवरीमा हुने भनिएको अधिवेशन दोस्रो पटक  स्थगित हुनु निकै लज्जास्पद कुरा भएको जनाउदै अध्यक्ष गंगाधर गौतमले तत्काल राजिनामा दिनु पर्ने बताउनु भएको छ ।

क्षेत्रीले ब्रुसेलनेपाल सँग भन्नुभयो "त्यसै त अधिवेशनको मिती तय गर्न ढिला गरिनु र ढिलै भएनी गर्न लागिएको अधिवेशन लाई २३ अक्टोबर बिभिन्न बहानामा स्थगित गराउने अनी अहिले आएर ८ जनवरिमा हुने भनिएको अधिवेशन पनि स्थगित गराउने जस्तो घ्रिणित कार्य अध्यक्ष ज्यु बाट भएकोमा घोर निन्दा गर्दछु । यदी अध्यक्ष ज्युले स्थगित गराउनु भएको होइन भने नैतीक रुपमा रजिनामा दिनु पर्छ ।"
अध्यक्ष गौतमको नियत माथि शन्का गर्दै पकवानले थपे "यो अझै १/२ बर्ष अधिवेशन लट्काउने चाल हो । आगामी अधिवेशन सम्मका लागि लम्बाउने तयारी पनि हुन सक्छ । तर त्यो हामी लाई मान्य हुने छैन ।"
यदी आँफैले स्थगित गराउन लगाएको हो भने किन यसो गरियो चित्त बुज्दो उत्तर दिनुपर्छ ।
निवर्तमान अध्यक्ष पकवानले २३ अक्टोबरमा हुने भनिएको अधिवेशन स्थगित भए पश्चात केन्द्र सँग रुट हुँदै महासमिती सदस्य बाट राजिनामा  दिनुभएको भए पनि हाल सम्म रजिनामा स्विक्रित हुन सकेको छैन ।

स्थगित हुन्छ भन्ने पहिल्यै थाहा थियो: सिता सापकोटा


नेपाल तरुणदल पुर्व महिला संयोजक सिता सापकोटाले ८ जनवरीको अधिवेशन स्थगित हुन्छ भन्नेमा आफुलाई पहिल्यै जानकारी भएको जनाउदै नेपाली जनसंपर्क समिती बेल्जियम अध्यक्ष गंगाधर गौतमले राजिनामा दिनु पर्ने बताउनु भयो ।  
जनसंपर्क समितिमा देखिएको विवादलाई साम्य पार्दै दुवै पक्षलाई समेटेर अधिवेशनमा जानु भनेर केन्द्रले भनेको भए पनि त्यसो नभएकाले केन्द्रले अधिवेशन स्थगित गर्नेमा म ढुक्क थिए । सापकोटाले भन्नुभयो 'नेपाली जनसंपर्क समिती बेल्जियम भित्र रहेको तिक्ततालाई साम्य पार्न नसक्नु र असन्तुस्ट पक्षलाई वेवास्ता गरी एकलौटी अधिवेशनको मिती तय गर्ने र केन्द्रले स्थगित गर्‍यो भनेर हात उठाउने जस्तो गैर जिम्वेवारि पूर्ण कार्य गरिनु आँफैमा निन्दनिय छ ।'
अधिवेशन नहुनु निकै दु:खको कुरा भएपनी एकलौटी तवरले हुन लागेको यो अधिवेशन स्थगित हुनुनै थियो त्यसैले अब अध्यक्षले नैतीक जिम्वेवारीको बहन गर्दै राजिनामा दिनुपर्ने बताउनु भयो ।

No comments: