दि न्याशनल प्याराडक्स-पूँजीको बिरोध लगानीको स्वागत
साम्राज्यवादी पूँजी,उपनिवेशवादी पूँजी,विस्तारवादी पूँजी,प्रभूत्ववादी पूँजी,दलाल पूँजी,नोकरशाही पूँजी,शोषक पूँजी,क्रोनी क्यापिटलिज्म...। "राष्ट्रिय पूँजी" अर्थात सरकारले उध्योग र ब्यापारमा लगानी गरेको पूँजी बाहेक अरू सबै पूँजीलाइ "मूर्दाबाद" पूँजीको रूपमा लिन्छन् कम्युनिष्टहरू । अहोभाग्य भन्नुस वा दुर्भाग्य,नेपालमा दुइतिहाइ जनसँख्या कम्युनिष्टको पछि लागेको छ । सबै कम्युनिष्ट पार्टीका दस्तावेजमा राष्ट्रिय पूँजी अर्थात सरकारको लगानीलाइ ग्लोरिफाइ गरिएको छ भने नीजि क्षेत्रको लगानीलाइ उपरोक्त लाञ्छनाहरूबाट कलुषित गरिएको छ । जवकि नेपालको अर्थतन्त्रले सामाजिक क्षेत्र समेत धान्न नसकेर शिक्षा र स्वास्थ्य समेत नीजि क्षेत्रले सम्हालिरहेको अवस्था छ। अर्को अहोभाग्य वा दुर्भाग्य भन्नुस नेपाली सत्ताको करिडोरमा पचासको दशकदेखि कम्युनिष्टहरूको मार्चपास चलिरहेको छ । संविधानको प्रस्तावनामा समाजवाद उन्मूख अर्थतन्त्र हुने भनेर लेखाएका छन् । माइक र मञ्च मिल्यो कि पूँजीको धुवाँधार बिरोध गर्छन् । उध्योग र ब्यापारमा संलग्न प्रतिष्ठित वर्गलाइ शत्रुवत व्यवहार गर्छन् । खाल खालका बहाना तलाश गरे...