23.3.09

गजल


सुक्ख देखी टाढा,खुशी भन्दा दूर हाय जीन्दगी !
मरी-मरीकन यसै बाँच्न मजबूर हाय जीन्दगी !!

गद्-गद् छन ती छाडा छन जो केही सफल भए,
निर्धा-दूखीका निम्ति अमिलो अङ्गूर हाय जीन्दगी !

तमोगुणले भ्रष्ट हुन्छ मानिस आलोचना सुन्दैन ,
बेहूली नमाग्दै जन्ति जान आतूर हाय जीन्दगी !

जीवन पानी हो जो बगीरहन्छ सतत् बगीरहन्छ,
कहीँ ज्वार उठेको छ कहीँ गिरेको नूर हाय जीन्दगी !

सँक्रमीत छ चाहना,आकाँक्षा अनियन्त्रीत उत्तिकै,
अनाचार र परपीडा बनेको छ दस्तूर हाय जीन्दगी !

1 comment:

Anonymous said...

kya ho Hindi maniya bhanne afna lekhama hindi word haru halne yo ta ati bho ni !! hhahahhahahhaha