बेल्गा-काँग्रेसको विधान



जनसम्पर्क समिति बेल्जियमको विधान-२००६
(पहिलो सँशोधन-२००८) मा दोश्रो संशोधन-२०१०

प्रस्तावना

महामानव बिशेश्वर प्रसाद कोइरालाद्वारा भारतको बम्बैमा सन १९७६ जुन १३ का दिन नेपाली काँग्रेसप्रति अनुराग राख्न्ने गैर-आवासीय नेपालीहरुको आधिकारीक सँगठनको रुपमा नेपाली जनसम्पर्क समितिको गठन भएको थियो । तदोपरान्त नेपाली काँग्रेसको बिदेश शाखाको रुपमा बिश्वका बिभिन्न मुलुकहरुमा नेपाली जनसम्पर्क समितिहरुको गठन गरि राष्ट्रीयता,प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध नेपालीहरुलाई एकसुत्रमा बाँध्ने क्रम बढ्दो छ । यस क्रममा बिभिन्न कारण र उद्देश्यले बेल्जियममा बसोबास गर्ने नेपाली काँग्रेसको सिध्दान्त राष्ट्रियता,प्रजातन्त्र र समाजबाद प्रति प्रतिबद्ध नेपालीहरु द्वारा सन् २००० मा स्थापीत नेपाली काँग्रेस बेल्जियम-नेपाल सम्पर्क समिति र जन-आन्दोलन-२ मा ऐक्यबद्धता को लागि सन् २००६ मा स्थापित नेपाली जनसम्पर्क समिति बेल्जियम को विधिवत एकता पश्चात पार्टी महामन्त्री श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सन् २००६ अक्टोबर २५ मा सम्पन्न प्रथम् महाधिवेशन बाट पारीत नेपाली जनसम्पर्क समिति बेल्जियमको विधान-२००६मा बेल्जियममा कार्यरत नेपाली जनसम्पर्क समिति (प्रजातान्त्रीक) सँग ०१, अक्टोबर २००७ मा एकता भएपश्चात सँसोधन गर्न वाञ्छनीय देखिएकोले नेपाली जनसम्पर्क समिति बेल्जियमको विधान-२००६ मा पहिलो सँशोधन-२००८ पारीत गरि लागू गरिएको छ ।
भाग-
धारा- सँक्षिप्त नाम प्रारम्भ
यस विधानको नाम नेपाली जनसम्पर्क समिति बेल्जियमको विधान-२००६रहने छ ।
सँगठनको नाम नेपाली जनसम्पर्क समिति बेल्जियम”(छोटकरीमा बेल्जियम काँग्रेसर अँग्रेजीमा “ Nepalese People Co-ordination Committee in short  Belga-cong.*”)  रहनेछ
यो विधानको पालना गर्नु प्रत्यक सदस्यको कर्तब्य हुने छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमको सम्पुर्ण काम-कारवाही यसै विधानमा लेखिए बमोजिम हुनेछ ।
यो विधान तुरुन्त प्रारम्भ हुने छ ।

धारा-२ उद्देस्य

नेपाली काँग्रेसलाई हरप्रकारले सहयोग प्रदान गर्नु यस समितिको प्रमुख उद्देश्य हुनेछ यसको लागि समितिले बेल्जियममा बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्नेछ । बेल्जियममा सोसलिष्ट ईण्टरन्याशनलका सदस्य रहेका राजनैतिक दलहरुसँग समन्वय गरि अगाडी बढने छ । त्यसै गरी यो समिति यूरोपका अन्य मुलुकमा स्थापित जनसम्पर्क समितिहरु तथा काँग्रेसको मान्यता प्राप्त यूरोपीयन सँजालसँग नीकटमा रहेर कृयाशील रहनेछ,
बेल्जियमवासी नेपालीहरुको सुख(दुखमा सरीक हुँदै नेपालीहरुको हीतमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिनेछ ।
बेल्जियममा कार्यरत नेपाली सँघ-सँस्था एवम राजनैतिक सँगठनहरु सँग सहकार्य गर्दै अगाडी बढने छ ।
यो समिति नेपाली भाषा, साहित्य, सँगीत, कला,सँस्कृति,परम्परा र समग्र नेपालको श्रीबृद्दिमा सदैव कृयाशील रहने छ ।

धारा-३ परिभाषा

विषय वा प्रसँगले अर्को नलागेमा यस विधानमाः-
समिति भन्नाले नेपाली जनसम्पर्क समिति बेल्जियमलाई बुझाउँछ ।
कार्यसमिति भन्नाले नेपाली जनसम्पर्क समितिको कार्यकारीणी समितिलाई जनाउँछ ।
महाधिवेशन भन्नाले समितिको नियमित अधिवेशनलाई जनाउँछ ।
विशेष महाधिवेशन भन्नाले समितिका अद्यक्षद्वारा वा कार्यसमितिद्वारा* वा एक तिहाई साधारण सदस्यहरुको हस्ताक्षरमा नियमित समय अगावै आह्वान हुने अधिवेशनलाई बुझाउँछ ।
विधान भन्नाले नेपाली जनसम्पर्क समिति बेल्जियमको बिधान-२००६ लाई बुझाउँछ ।
समितिको झण्डा,छाप र लोगो धारा-२९ मा उल्लेख भए बमोजिम हुनेछ ।
पदाधिकारी भन्नाले कार्यसमितिका अद्यक्ष, उपाद्यक्ष,महामन्त्री,सह-महामन्त्री,कोषाद्यक्ष र सहकोषाद्यक्ष*लाइ बुझाउँछ ।
भाग-
सदस्यता
धारा- सदस्यताको प्राप्ती
यस समितिको विधानलाई मानी अनुशाशनभित्र रहन मन्जुर १८ वर्ष पूरा गरेका बेल्जियमवासी नेपालीहरु यस समितिको सदस्य बन्न सक्नेछन् ।
सदस्यता ग्रहण गर्ने ब्यक्ति मगज नबिग्रेको,नैतिक पतन हुने वा समाजीक अपराधमा अपराधी प्रमाणीत नभएको,राष्ट्रीयता,प्रजातन्त्र र समाजवादको सिद्धान्त्तलाई आत्मसात गर्ने हुनुपर्ने छ ।
सदस्यता प्राप्त गर्नको लागि समितिले तोके बमोजिमको शुल्क बुझाई समितिले निर्धारण गरेको प्रक्रिया बमोजिम समितिले जारी गरेको रसीद भर्न वा नवीकरण गर्नु पर्नेछ ।
यस समितिको सदस्यता निम्न बमोजिम हुनेछः-
) साधारण ख) नेपाली काँग्रेसको* क्रियाशील र ग) मानार्थ ।
(द्रष्टब्यः बेल्जियम बाहेक नेपाल वा अन्य कुनै देशबाट लिएको नेपाली काँग्रेसको कृयाशील सदस्यता बेल्जियमको हकमा लागू हुने छैन ।)*
सदस्यता शुल्क समितिले तोकेबमोजिम हुनेछ।
सदस्यहरुले सदस्यता शुल्क बाहेक परिचयपत्रको लागि समितिले तोकेबमोजिमको बेग्लै परिचयपत्र शुल्क तिर्नुपर्नेछ।

धारा-५ सदस्यताको समाप्ती

कुनै पनि सदस्यको समाप्ती निम्न बमोजिम हुनेछ-
सदस्यको म्रित्यु भएमा ।
सदस्यले पेश गरेको राजिनामा स्विक्रित भएमा ।
मगज बिग्रेमा ।
नैतिक पतन हुने वा सामाजिक अपराधमा अपराधी प्रमाणीत भएमा ।
विधान विपरीत काम गरेको प्रमाणीत भै समितिले सदस्यता निलम्बन वा खारेजी गरेमा ।
)  *
सदस्यता नविकरण नगरेमा ।
सदस्यता परित्याग गरेमा ।
भाग-
धारा- महाधिवेशन
)          महाधिवेशनको गठन-*
बेल्जियमलाई चार क्षेत्र कायम गरि प्रत्येक क्षेत्रमा बसोबास गर्ने नेपाली काँग्रेसका कृयाशील (सँ-तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण) सदस्यहरु मध्य २५ प्रतिशत सदस्य क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनीधिमा चयन हुनेछन ।
बहाल रहेको कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु पदेन महाधिवेशन प्रतिनीधि रहनेछन् ।
अद्यक्षले मनोनित गरेका १० जना कृयाशील सदस्य महाधिवेशन प्रतिनीधि रहनेछन् ।
क्षेत्रीय समितिका अद्यक्षहरु  पदेन महाधिवेशन प्रतिनीधि रहनेछन् ।
(महाधिवेशन कार्यविधी*
.महाधिवेशन समितिको सर्वोच्च निकाय हुनेछ ।
.समितिको नियमित महाधिवेशन प्रत्येक चार ( सँ-तीन्) वर्षमा* आह्वान हुनेछ ।
.समितिका अद्यक्ष र महामन्त्री महाधिवेशनका पदेन सभापति र महासचिव हुनेछन् ।
.समितिको महाधिवेशन कार्यसमितिले तोकेको समय,मिति र स्थानमा हुनेछ ।

धारा-७ महाधिवेशनको काम कर्त्तब्य र अधिकार

-महाधिवेशनले आगामी चार*( सँ-तीन) वर्षका लागि कार्यकारीणी समितिको चयन गर्नेछ ।
-कार्यसमितिले पेश गरेका बिभिन्न प्रतिवेदनहरुमाथी बिचार गर्नुका साथै आगामी कार्यकालको लागि प्रस्ताव गरिएका विषयहरुमा ब्यापक छलफल गरि निर्णयमा पुग्ने छ ।
- दीर्घकालीन महत्वका राष्ट्रीय/अन्तरराष्ट्रीय विषयहरुमा समितिको नीति निर्धारण गर्नेछ ।
-समितिको विधानमा आवश्यक सँशोधन गरि लागू गर्नेछ ।

धारा-८ वार्षीक साधारण सभा

-नेपाली जनसम्पर्क समितिका सबै महधिवेशन प्रतिनीधिहरू* वार्षीक साधारण सभाका पनि प्रतिनीधि हुनेछन् ।
-कार्य समितिले आवश्यक ठानेमा प्रत्येक वर्ष वार्षीक साधारण सभा बोलाउन सक्ने छ ।
-साधारण सभामा समितिको बितेको कर्यावधीको समिक्षा,प्रगति प्रतिवेदन माथी छलफल,वार्षीक आय-व्यय,राष्ट्रीय(अन्तरराष्ट्रीय विषय,नेपाली काँग्रेसको श्रीव्रिद्धि,भावी कार्ययोजना आदि विषयमा बिचार गरिनेछ ।

धारा-९ विशेष महाधिवेशन

-नेपाली जनसम्पर्क समिति बेल्जियमका ने.का.कृयाशील* (सँ-तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण) सदस्यहरु मध्ये एक तिहाई सदस्यले सँयुक्त हस्ताक्षरमा स्पष्ट कारण खुलाई विशेष महाधिवेशनको माग गरेमा कार्यसमितिले २ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नेछ ।
-अद्यक्षले आवश्यक ठानेमा २ महिनाभित्र सम्पन्न हुने गरि जुनसुकै बेला विशेष महाधिवेशनको आह्वान गर्न सक्ने छ, यस्तो अवस्थामा कार्यसमिति स्वतः बिघटित हुनेछ तर महाधिवेशन प्रयोजनको लागि अद्यक्ष , महासचिव, कोषाद्यक्ष र निर्वाचित सदस्यहरु कायम रहनेछन ।
-विशेष महाधिवेशनको कार्यविधी, काम, कर्त्तब्य र अधिकार तथा विशेष महाधिवेशन र नीयमीत महाधिवेशनको समयान्तर नीयमीत महाधिवेशन सरहनै हुनेछ ।
भाग-
धारा-१०
)   सँरक्षक*
बिगतमा नेपाली काँग्रेस पार्टी,यसका भार्तृ सँगठनहरु र सुभेच्छुक सँस्थाहरुमा रहेर गरेको विशीष्ठ योगदान र नेपाली जनसम्पर्क समिति बेल्जियममा कार्यसमिति भित्र वा बाहीर रहेर बिगतका दिनहरुमा खेलेको भूमिकालाई आधार मानी कर्यसमितिको बैठकले बढीमा तीन सदस्य रहेको सँगठनको एक सँरक्षक समिति गठन गर्न सक्नेछ जसको काम,कर्त्तब्य र अधिकार तोकिए बमोजिम हुनेछ । तर नेपाली काँग्रेसको कृयाशील सदस्यता (सँ-वा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण सदस्यता)  नलिएको वा नविकरण नगरेको ब्यक्तिलाई सँरक्षक नियुक्त गरिने छैन ।*
)   कार्यकारीणी समिति*
नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यकारिणी समिति ३१ सदस्यीय रहने छ । जसमा
पद
सँख्या
अध्यक्ष
वरिष्ठ उपाध्यक्ष
उपाध्यक्ष
महामन्त्री
सहमहामन्त्री
कोषाध्यक्ष
सहकोषाध्यक्ष
सदस्य
२२
पदेन सदस्य
रहने छन ।
निवर्तमान अद्यक्ष कार्यसमितिको पदेन सदस्य रहनेछ ।
-*
-भुतपुर्ब अद्यक्षहरु समितिका आमन्त्रीत सदस्य रनेछन् ।
-समितिको अद्यक्ष,वरिष्ठ उपाद्यक्ष,१ जना उपाद्यक्ष, महामन्त्री, सहमहामन्त्री र कोषाद्यक्ष निर्वाचन समितिले तोकेको कार्यविधि अनुसार महाधिवेशनबाट चयन हुनेछन् । यसरि चयन हुने पदाधिकारीहरुको उम्मेदवार हुन र मतदान गर्न  नेपाली कांग्रेसको कृयाशील (सँ-वा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण) सदस्यता लिईसकेको वा नविकरण गरिसकेको  र क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनीधि चयन भैआएको हुनु पर्ने छ । *
समितिका १६ जना सदस्यहरु निर्वाचन समितिले तोकेको कार्यविधि अनुसार महाधिवेशनबाट चयन हुनेछन ।*
(द्रष्टब्यः महाधिवेशनबाट चयन हुने सदस्यहरुको हकमा बेल्जियमलाई चार क्षेत्र कायम गरि सदस्यता ख्याको आधारमा समानुपातिक प्रतिनीधित्वको आधारमा निर्वाचन समितिले तोकेको ख्याका लागि तत्तत् क्षेत्रमा बसोबास गरेको नेपाली कांग्रेसको कृयाशील (सँ-वा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण) सदस्यता लिईसकेको वा नविकरण गरिसकेको र क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनीधि चयन भैआएको सदस्यले मात्र उम्मेदवार हुन र मतदान गर्न पाउने छ । तर प्रत्येक क्षेत्रबाट न्युनतम एक जना सदस्य अनिवार्य रुपमा हुनु पर्ने छ ।)
-कार्य समितिका जना सदस्यहरु नेपाली कांग्रेसको कृयाशील (सँ-वा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण) सदस्य हरु मध्यबाट अद्यक्षले मनोनित गर्ने छ । तर यसरि मनोनित गर्दा समानुपातिक प्रतिनीधित्वको सिद्धान्त अनुसार हुनुपर्ने छ ।*
-१ जना उपाद्यक्ष र सहकोषाद्यक्ष कार्य समितिका सदस्यहरु मध्यबाट अद्यक्षले नियुक्त गर्ने छ ।*
-समितिको अद्यक्ष र महामन्त्री पदमा उम्मेद्वार बन्नको लागि कम्तिमा एक कार्यकाल समितिमा रही काम गरेको हुनु पर्ने छ ।*
) नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधिः–*
यस समितिबाट नेपाली कांग्रेसको महाधिवेशनका लागि सात जना प्रतिनीधिले भाग लिन पाउने छन ।
समितिको अद्यक्ष नेपाली कांग्रेसको महाधिवेशनको पदेन प्रतिनीधि हुने छ ।
समितिबाट प्रतिनीधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनीधिहरु  निर्वाचन समितिले तोकेको कार्यविधि अनुसार महाधिवेशनबाट चयन हुनेछन । नेपाली जनसम्पर्क समिति बेल्जियमका महाधिवेशन प्रतिनीधिहरू नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधिको लागि उम्मेदवार बन्न र मतदान गर्न पाउने छन ।
) नेपाली कांग्रेस महासमिति सदस्यः*
यस समितिबाट नेपाली कांग्रेसको महासमितिका लागि तीन जना सदस्य चयन हुने छन ।
समितिको अद्यक्ष नेपाली कांग्रेस महासमितिको पदेन सदस्य हुने छ ।
समितिबाट प्रतिनीधित्व गर्ने २ जना महासमिति सदस्यहरु निर्वाचन समितिले तोकेको कार्यविधि अनुसार महाधिवेशन प्रतिनीधिमा चयन भएका मध्य मतसंख्याको आधारमा क्रमशः अत्यधिक मत प्राप्त गर्ने दुईजना महाधिवेशन प्रतिनीधि महासमिति सदस्यमा स्वतः निर्वाचित हुनेछन ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधिहरु निर्विरोध निर्वाचित भएमा महासमिति सदस्यको लागि निर्वाचन समितिले तोकेको कार्यविधि अनुसार गराएको निर्वाचन अनुसार अत्यधिक मत प्राप्त गर्ने दुईजना निर्वाचित हुनेछन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधि चयन भएको व्यक्ति मात्र महासमिति सदस्य पदमा उम्मेदवार बन्न पाउने छ । नेपाली जनसमपर्क समिति बेल्जियमका सबै महाधिवेशन प्रतिनीधिहरु नेपाली कांग्रेस महासमिति सदस्यका लागि हुने निर्वाचनका लागि मतदाता रहनेछन् ।
) नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधिहरू र महासमिति सदस्यहरू कार्य समितिका आमन्त्रीत सदस्य रहने छन ।
) क्षेत्र,क्षेत्रीय अधिवेशन र क्षेत्रीय समितिहरू*
-बेल्जियमलाई देहाय बमोजिम चार क्षत्र कायम गरि प्रत्येक क्षत्रमा क्षेत्रीय समितिहरु गठन गरिने छ

) आन्त्रोपेनमेखलेन क्षेत्र, ) लुभेनलिम्बर्ग क्षेत्र,)ब्रसेल्स क्षेत्र र घ) वेष्ट भ्लानदरेन क्षेत्र ।

-क्षेत्रीय अधिवेशनको गठन
)        प्रत्येक क्षेत्रमा बसोबास गर्ने नेपाली काग्रेसका सबै कृयाशील (सँ-वा नेपाली जनसम्पर्क समिति बेल्जियमका साधारण)  सदस्यहरु क्षेत्रीय अधिवेशनका प्रतिनीधि रहनेछन् । नेपाली जनसम्पर्क समितिका सबै साधारण सदस्यहरु क्षेत्रीय अधिवेशनका पर्यवेक्षक रहनेछन्
)        क्षेत्रीय अधिवेशनले क्षेत्रीय समिति र तोकिएको सख्यामा केन्द्रिय महाधिवेशन प्रतिनीधिहरुको चयन गर्ने छ ।
) क्षेत्रीय अधिवेशन प्रत्येक चा(सँ-तीन) वर्षमा केन्द्रीय समितिले तोकेको समय,मिति र स्थानमा हुनेछ ।
) क्षेत्रीय समितिका अद्यक्ष र सचिव क्षेत्रीय अधिवेशनका सभापति र सचिव रहनेछन् ।
.क्षेत्रीय समिति
)        क्षेत्रीय समितिमा १ जना अद्यक्ष एक जना सचिव र सात जना सदस्य रहनेछन । क्षेत्रीय समितिका अद्यक्ष,सचिव र सदस्यहरु निर्वाचन समितिले तोकेको कार्यविधी अनुसार क्षेत्रीय अधिवेशनबाट चयन हुनेछन ।
)        क्षेत्रीय समितिको काम,कत्र्तब्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
) क्षेत्रीय समितिले आफ्नो बैठक,आचार संहिता र कार्यविधी आफैं व्यवस्थित गर्ने।
धारा-११
केन्द्रिय कार्यसमितिको काम,कर्त्तब्य अधिकार
-महाधिवेशनरवार्षीक साधारण सभा का निर्णयहरु कार्यान्वयन गर्ने,गराउने र अनुगमन गर्ने,
-महाधिवेशन र वार्षीक साधारण सभाको बैठक नभएको बेला समितिसँग सम्बन्धित विषयमा निर्णय गर्ने र पछी हुने महाधिवेशन रवार्षीक साधारण सभा मा पेश गर्ने,
-महाधिवेशन र वार्षीक साधारण सभामा प्रतिवेदन पेश गर्ने,
-समितिको आचारसँहीता तयार गरि पालना गर्ने,गराउने र अनुशाशन कायम गर्ने ,
-आवश्यकता अनुसार केन्द्रिय*बिभागहरु,क्षेत्रीय समितिहरू* र सँरक्षकहरूको* काम कर्तब्य र अधिकार तोक्ने,
-बिभिन्न प्रयोजनका लागि आवश्यकता अनुसार,आयोग,समिति,उपसमिति,निकाय,प्रतिनीधि एवम पर्यवेक्षक बनाउने र त्यसको कार्यक्षत्र निर्धारण गर्ने, काम कर्तब्य र अधिकार तोक्ने तथा प्राप्त प्रतिवेदनहरुको आवश्यक मुल्याङकन गरी बिभिन्न बिभाग तथा निकायहरुमार्फत कार्यान्वयन गराउने ,
-बेल्जियममा कार्यरत अन्य नेपाली सँघ-सँस्था तथा राष्ट्रीय/अन्तरराष्ट्रीय मित्र दलहरुसँग सम्पर्क तथा मैत्री कायम गरी परस्परको हीतमा कृयाशील रहने ,
-समितिको आर्थिक व्यवश्था सुदृढ गर्न बिभिन्न आय आर्जन मुलक कार्यक्रमहरु तर्जुमा गरि कार्यान्वयन गर्ने,गराउने ,
-कोषाद्यक्ष मार्फत समितिको आर्थिक व्यवश्थापन स्पष्ट,पारदर्शक र नियमित राख्ने,राख्न लगाउने,
१०-धारा-२ मा उल्लेखीत उद्देश्य परिपुर्तिको लागि कृयाशील रहने ।
धारा- १२
अध्यक्षको काम,कर्त्तब्य अधिकार
-महाधिवेशन, विशेष महाधिवेशन, वार्षीक साधारण सभा , कार्यसमिति, कार्यसम्पादन समिति तथा समितिले आयोजना गरेका अन्य सभा,सम्मेलन र भेलाहरुको अद्यक्षता गर्ने र आवश्यकता परे निर्णायक मत प्रदान गर्ने,
-समितिको आदर्श,सिद्दान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने तथा समितिलाई सवल र सक्षम सँगठनका रुपमा सँचालन र नेतृत्व प्रदान गर्ने,
-समितिका तर्फबाट राष्ट्रीय/अन्तरराष्ट्रीय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने,गराउने,
-समितिका अगाडी तत्काल परिआएका कार्यहरु गर्ने र त्यसको जानाकारी समितिलाई गराउने,
-समितिका केन्द्रिय निकाय तथा बिभागहरुबाट प्राप्त निर्णयहरु कार्यान्वयन गर्ने गराउने,
-कार्य समितिका अद्यक्षद्वारा नियुक्त* पदाधिकारीहरु, कार्यसम्पादन समितिका सदस्यहरु, बिभागीय प्रमुखहरु, आयोग, समिति वा उपसमिति तथा अन्य निकायका सँयोजक वा सदस्यहरु र कार्यसमितिका मनोनित सदस्यहरुको आवश्यकता अनुसार नियुक्ति,मनोनयन, निष्काशन र हेरफेर गर्ने ।
-समितिको कार्यालयका आवश्यक जनशक्तिको नियुक्ति,खारेजी र हेरेफेर गर्ने।
-कार्यसमितिका पदाधिकारीहरु वा सदस्यहरु,कार्यसम्पादन समितिका सदस्यहरु,बिभाग,समिति वा उपसमितिहरुका प्रमुख,सँयोजक तथा सदस्यहरु बिरुद्धमा परेको उजुरी सम्बन्धमा छानबीन समिति गठन गरि जाँचबुझ गर्ने,समितिको प्रतिवेदनका आधारमा तत्कालको आवश्यकता अनुसार समितिको कुनै पनि बिभागीय प्रमुख वा सदस्यहरु,समितिहरुको सँयोजक वा सदस्यहरु,कार्य समितिका पदाधिकारी वा सदस्यहरु र कार्यसम्पादन समितिका सदस्यहरुलाई निलम्बन गर्न सक्नेछ , त्यस्तो निलम्बनलाई आगामी बैठकमा प्रस्तुत गर्नु पर्नेछ ।
निलम्बन भएको अवधी सम्मका लागि कार्यसँचालनको लागि अन्य सदस्यलाइ तोक्न सक्ने छ ।
१०-अद्यक्षले आवश्यक ठानेमा केही अवधीको लागि वा पुरै अवधीको लागि कार्यसमितिका पदाधिकारी वा सदस्यहरु मध्यबाट जोसुकैलाई कार्यवाहक अद्यक्ष तोक्न वा फिर्ता गर्न सक्नेछ ।
धारा- १३
अध्यक्षको राजीनामा
-अद्यक्षले आफ्नो पदबाट रजीनामा दिन चाहेमा समितिका वरिष्ठ* उपाद्यक्ष मार्फत कार्यसमितिमा प्रस्तुत गर्नेछ।
-अद्यक्षको राजिनामा स्विकृत भएमा कार्यसमितिले आफुमध्यबाट एकजना कार्यवाहक अद्यक्ष नियुक्त गर्नेछ र ६ महिनाभित्र महाधिवेशन आह्वान गर्नेछ ।
-अन्य कुनै कारणबाट अद्यक्षको पद रिक्त हुन आएमा धारा १३ को उपधारा २ बमोजिम हुनेछ ।

धारा-१४

वरिष्ठ उपाद्यक्ष तथा उपाद्यक्षहरुको काम,कर्त्तब्य र अधिकार
-अद्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाद्यक्षले र अद्यक्ष र वरिष्ठ उपाद्यक्ष दुबैको अनुपस्थितिमा* उपाद्यक्षहरूले बैठक लगायत अन्य औपाचारीक कार्यक्रमहरुको ज्येष्ठताको आधारमा अद्यक्षता गर्ने,
-अद्यक्षको निर्देशन अनुसार समितिको कार्य सँचालन गर्ने,अद्यक्षलाई उचित सल्लाह सुझाव दिई सहयोग पुर्र्याउने ।
धारा- १५
महामन्त्रीको काम,कर्त्तब्य अधिकार
-यस समितिका सम्पुर्ण कागजपत्र र अभिलेखहरु सुरक्षीत राख्ने र नियमित रुपमा पत्रव्यवहार गर्नुका साथै अद्यक्षको निर्देशन अनुसार बैठक बोलाउने र सँचालन गर्ने।
-यस समितिको गोपनीयता महामन्त्रीको प्रमुख दायित्व हो।
-समितिका बैठकहरुको विविरण प्रतिवेदन,अभिलेख पुस्तिका,चिट्ठीपत्र र अन्य कागजातहरुको सँकलन र परिचालन सुत्रबद्ध तरिकाले राख्ने र समितिको नीति निर्धारण र कार्यवीधि निर्माण तथा कार्यान्वयन मा लाग्ने।
-महामन्त्री कार्यसमितिप्रति उत्तरदायी हुनेछ र महाधिवेशन र साधारण सभामा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ ।
धारा-१६ सह-महामन्त्री को काम,कर्त्तब्य र अधिकार
-महामन्त्रीलाई सघाउने र महामन्त्रीको अनुपस्थितिमा महामन्त्रीको कार्यभार सम्हाल्ने।
-कार्यसमितिले जिम्मा लगाएको बिभिन्न जिम्मेवारीहरु वहन गर्ने ।
धारा-१७ क) कोषाद्यक्षको काम कर्त्तब्य र अधिकार
-समितिको कोषमा भएको सदस्यता शुल्क,अनुदान तथा अन्य कार्यक्रमबाट प्राप्त अर्थ सँकलन,चल(अचल सम्पत्ति, बेचबिखन वा समितिको अन्य वैधानिक स्रोतबाट एकिकृत हुने रकम आदि आर्थिक कोषको सँकलन्,परिचालन एवम सँरक्षण गर्ने।
-समितिका बील-भाउचर,लेने-देन वा आय-ब्यय सम्बन्धी सबै कागजातहरु सुरक्षीत राख्ने र समितिको कोष बृद्दिमा बिभिन्न आयमुलक कार्यक्रमहरुको तर्जुमा गरि समितिमा पेश गर्ने।
-समितिको आर्थिक विवरण,आय-व्ययको फाँट्वारी दुरुस्त राख्ने र समय-समयमा मान्यताप्राप्त लेखापरिक्षक मार्फत लेखापरिक्षण गराई सोको प्रतिवेदन समितिको बैठकबाट पारित गराई साधारण सभा र महाधिवेशनमा प्रस्तुत गर्ने।
-समितिको कोषको सँरक्षकको हैसियतले कुनै अवैध कृयाकलाप,समितिको चल-अचल सम्पत्तिमा बाधा पुर्र्याउने कार्य कहीँकतैबाट भए त्यसको पुर्ण जवाफदेहीता कोषाद्यक्षको हुनेछ।
-कोषको सँकलन र सँचालनको लागि अद्यक्ष र कोषाद्यक्षको सँयुक्त नाममा स्थानीय बैँकमा खाता खोलिनेछ,सम्बन्धित अभिलेख तथा कागजातहरुको गर्नु कोषाद्यक्षको दाइत्व हो ।
-कोषाद्यक्ष समितिको कोषको सम्बन्धमा ब्यक्तिगत रुपले कर्यसमिति र सामुहीक रुपले साधारण सभा र महाधिवेशनप्रति उत्तरदायी हुनेछ ।
)       सह-कोषाद्यक्षको काम,कर्त्तब्य र अधिकार
-कोषाद्यक्षलाइ सहयोग गर्ने,
-कोषाद्यक्षको अनुपस्थितिमा का.वा.कोषाद्यक्ष भइ कोषाद्यक्षले गर्ने सबै कार्य गर्ने,
-कार्य समितिले तोकेका जिम्मेवारीहरू वहन गर्ने,

धारा- १८ कार्यसम्पादन समिति

गठन,काम,कर्त्तब्य र अधिकार

-अद्यक्षले आफ्नो अद्यक्षतामा महामन्त्री सहीत कार्यसमितिका पदाधिकारी वा सदस्यहरु मध्यबाट बढीमा सात जना सम्मको एक कार्य सम्पादन समितिको गठन गर्नेछ्।
-कार्यसमितिको महामन्त्रीले कार्यसम्पादन समितिको सचिवको समेत काम गर्नेछ ।
-कार्यसमितिको बैठक नचलिरहेको अवस्थामा वा समितिको बैठक तत्काल बस्न नसक्ने अवस्था भएमा समितिले गर्ने सम्पुर्ण निर्णयहरु र काम-कार्बाहीहरु कार्यसम्पादन समितिले गर्न सक्ने छ,तर कार्यसम्पादन समितिले गरेका काम-कार्बाहीहरु समितिको आगामी बैठकबाट अनुमोदन हुनुपर्नेछ ।

धारा-१९ सल्लाहकार समिति

कार्यसमितिले सँगठनको अभिबृद्दिमा बिशिष्ठ योगदान दिएका र नेपालमा लामो समय काँग्रेसको लागि योगदान गरेका ब्यक्त्तिहरुमध्यबाट बढीमा सात सदस्यीय सल्लाहकार समिति गठन गर्न सक्नेछ । तर यसरि नियुक्त हुने सल्लाहकारहरूले नेपाली काँग्रेसको कृयाशील सदस्यता ( सँ.नेपाली जनसम्पर्क समितिको साधारण सदस्यता ) लिएको वा नविकरण गरेको हुनुपर्ने छ ।*

धारा २० बिभागहरु

समितिमा देहाय बमोजिमका बिभागहरु रहनेछन-
सँगठन बिभाग २) समन्वय बिभाग ३) प्रेस बिभाग ४) महिला बिभाग ५) यूवा खेलकुद तथा साँस्कृतिक बिभाग ६) अनुशाशन बिभाग ।
-प्रत्येक बिभागमा एकजना प्रमुख र चार जना सदस्य रहनेछन्।
-बिभागका प्रमुखको नियुक्ति कार्यसमितिका सदस्यहरु मध्यबाट अद्यक्षले गर्ने छ भने बिभागका सदस्यहरुको मनोनयन नेपाली काँग्रेसका कृयाशील* सदस्यहरु (( सँ.नेपाली जनसम्पर्क समितिको साधारण सदस्यहरू) मध्यबाट अद्यक्षको परामर्शमा बिभागीय प्रमुखले गर्नेछ।
-बिभागहरुको कार्यक्षेत्र तथा काम,कर्त्तब्य र अधिकार तोकीए बमोजिम हुनेछ ।
-बिभागहरुको कार्यविधि प्रत्येक बिभागले आफैँ निर्धारण गरे बमोजिम हुनेछ ।
भाग-
विविध
धारा- २१ पदमुक्तिको व्यवस्था
-कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, कार्यसम्पादन समितिका सदस्यहरु,बिभागीय प्रमुख र सदस्यहरु तथा समिति, उपसमिति, आयोग तथा अन्य निकायहरुका सँयोजक र सदस्यहरुले आफ्नो राजीनामा अद्यक्ष मार्फत कार्यसमितिमा प्रस्तुत गर्नेछन र त्यसको स्विकृति कार्यसमितिको बैठकले गर्नेछ।
-कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, कार्यसम्पादन समितिका सदस्यहरु,बिभागीय प्रमुख र सदस्यहरु तथा समिति, उपसमिति, आयोग र अन्य निकायहरुका सँयोजक र सदस्यहरुले विधान वा समितिको मर्यादा विपरित काम गरेको देखिएमा आवश्यक छानबीन गरि कार्यसमितिको बैठकले निलम्बन वा निष्काशन गर्न सक्ने छ तर निजलाइ सफाईको प्रयाप्त मौका दिईने छ।
-विवादको स्वरुप जटील भएमा कार्यसमितिले विशेष समिति गठन गरि सोको छानबीन गर्न सक्नेछ्।
-निलम्बन गर्दा बढीमा ६ महिना र निष्काशन गर्दा बढीमा * ( सँ. ३ वर्ष ) वर्षका लागि गर्न सकिनेछ।
-कार्बाहीमा पर्ने पदाधिकारी वा सदस्यहरुले कार्यसमितिको बैठकमा पुनरावेदन गर्न सक्नेछन र कार्यसमितिको बैठकको निर्णय अन्तिम हुनेछ ।

धारा- २२ पदावधी

कार्यसमितिको पदावधी ४(चार)*(सँ. ३ वर्ष ) वर्षको हुनेछ ।

धारा- २३ अविश्वासको प्रस्ताव

-समितिका अद्यक्षका विरुद्ध एक तिहाई कृयाशील* सदस्य (सँ. तथा नेपाली जनसम्पर्क समितिका साधारण सदस्य )हरुले कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता गर्न सक्नेछन।
-यसरी दर्ता हुन आएको प्रस्ताव उपर आवश्यक छानबीन गरि ६० दिन भित्र विशेष महाअधिवेशन बोलाई निर्णय लिनु पर्नेछ यस्तो महाधिवेशनको अद्यक्षता बरिष्ठताको आधारमा उपाद्यक्षले र सो नभएमा महामन्त्रीले गर्नेछ ।
-यसरि आह्वान भएको विशेष महाधिवेनको गणपूरक सँख्या बेल्जियममा भएको सम्पुर्ण कृयाशील ( सँ. तथा नेपाली जनसम्पर्क समितिका साधारण ) सदस्यहरूको एकाउन्न प्रतिशतलाइ मानिने छ ।*
-यसरि आह्वान भएको महाधिवेशनमा गणपूरक सँख्या नपुगेमा ३० दिनमा हुने गरि अर्को मिति तोकिने छ । यसरि तोकिएको मितिमा उपस्थित सँख्यालाइ नै गणपूरक सँख्या मानिने छ । तर यसपल्ट पनि कम्तिमा एक तिहाइ सदस्यहरूको उपस्थिति नभएमा विशेष महाधिवेशनको निवेदन स्वतः खारेज हुनेछ ।*
-उपस्थित* सदस्य सँख्याको दुई तिहाई बहुमतले अविश्वास प्रस्ताव पारित हुनेछ ।
-अविश्वास प्रस्ताव पारित भएमा कार्यसमितिले आफुमध्यबाट एकजना कार्यवाहक अद्यक्ष नियुक्त गर्नेछ र ६ महिनाभित्र अर्को महाधिवेशन आह्वान गर्नेछ ।*

धारा-२४ रिक्तस्थान र पदपुर्ती

कुनै कारणले समितिको कुनै पद रिक्त हुन आएको अवस्थामा यस विधानमा अन्यथा व्यवश्था भएकोमा बाहेक जुन प्रकृयाबाट चयन भएको हो सोही प्रकृयाद्वारा पुर्ति गरिनेछ। (सँ. कार्यसमितिले मनोनित गर्ने छ ।)

धारा २५ कार्यसमितिको सदस्य नरहने

-धारा ५ बमोजिम कृयाशील वा साधारण सदस्य नरहेमा

-पदबाट दिएको राजिनामा स्विकृत भएमा

-धारा २१ बमोजिम निलम्बन वा निष्काशनमा परेमा
-स्थायी रुपले बेल्जियम छोडी नेपाल फर्केमा वा अन्य देशमा बसाई सरेमा

धारा-२६ बैठकको लागि गणपुरक सँख्या

-समितिको बैठकका लागि ५१ % सँख्या न्युनतम गणपुरक सँख्या मानिनेछ।
-पहिलो पटकमा गणपुरक सँख्या नपुगेमा पन्ध्र दिन पछी पुनः बैठक आह्वान गरिनेछ यसमा पनि गणपुरक सँख्या नपुगेको खण्डमा तीन घण्टाका लागि बैठक स्थगित गरि पुनः अगाडी बढाइनेछ र उपस्थित सँख्यालाइनै गणपुरक सँख्या मानी बैठक सम्पन्न गरिनेछ।

धारा-२७ विधान शँशोधन

-यस विधानको शँशोधन गर्नु परेमा महाधिवेशनमा उपस्थित सम्पुर्ण सदस्य सँख्याको साधारण बहुमतले शँशोधन गर्न सक्नेछ।
-विधान शँशोधन प्रस्ताव कार्यसमितिले महाधिवेशनमा प्रस्तुत गर्नेछ।
-महाधिवेशनमा उपस्थित जुनसुकै साधरण सदस्यले आफ्नो तर्फबाट पनि शँशोधन प्रस्ताव पेश गर्न सक्नेछ।

धारा- २८ नियामवली बनाउने

यो विधानको अधिनमा रही कार्य समितिले आवश्यक नियमावली,निर्देशिका र आचारसँहीता बनाई लागु गर्न सक्नेछ ।
धारा- २९ समितिको झण्डा,छाप,लोगो र कार्यालय
-झण्डा (समितिले अहिलेसम्म प्रयोगमा ल्याएको झण्डा नै समितिको झण्डा हुनेछ (तल्लो र माथिल्लो भागमा रातो र बिचमा सेतो पृष्ठाभुमी रहेको आयातकार बिचको सेतो भागमा चार तारा को बिचमा बेल्जियम र नेपालको झण्डाहरु क्रस गरेको)
-छाप ( समितिले अहिलेसम्म प्रचलनमा ल्याएको छाप नै समितिको छाप हुनेछ (गोलाकार छापको बीच भागमा नेपाल र बेल्जियमको झण्डा एकिकृत गरि रुखको प्रतिबिम्ब अँकीत गरिएको र गोल किनारामा नेपाली र अँग्रेजीमा सँगठनको नाम लिपिबद्ध भएको)
-लोगो ( समितिले अहिलेसम्म प्रयोग गरेको लोगो नै समितिको लोगो हुनेछ् (आयातकार सेतो प्रिष्ठभूमीमा शिर्ष भागको केन्द्रमा क्रस गरिएको नेपाल र बेल्जियमको झण्डा, बीचको सेतो भागको दायाँ कुनामा चार तारा र देब्रे कुनामा रुख चिन्ह र तल-माथी क्रमश नेपाली र अँग्रेजीमा सँगठनको नाम लिपिबद्ध)
-कार्यालय -बेल्जियममा एक र आवश्यकता परेमा नेपालमा पनि एउटा कार्यालय खोल्न सकिनेछ ।

धारा- ३० सँक्रमणकालीन व्यवस्था

यो विधान प्रारम्भ हुँदाका बखत कायम रहेको कार्यसमिति यसै विधान अनुसार गठन भएको मानिनेछ,त्यसै गरि साधारण सदस्यहरु पनि अर्को निर्वाचन सम्पन्न नभए सम्मकालागि कायम रहनेछन ।

धारा-३१ बचाउ

यो विधान लागु भएपछी वर्तमान कार्यसमितिले यस पूर्व गरे गराएका सबै तहका काम-कार्वाहीहरु यसै विधान अन्तरगत भएगरेको मनिनेछ ।

धारा-३२ वाधा अड्काउ फुकाउने अधिकार

यो विधान कार्यान्वयन गर्ने क्रममा कुनै बाधा अड्चन परेमा त्यस्तो बाधा अड्काउ फुकाउने अधिकार नेपाली काँग्रेस केन्द्रिय कायर्यालय* र यस कार्यसमितिमा रहनेछ, तर कार्य समितिले गरेको त्यस्तो निर्णय आगामी महाधिवेशन समक्ष राख्नुपर्नेछ । स्पष्टीकरण ( धारा ३२ मा जे लेखिएको भएपनि नेपाली काँग्रेसको विधान, सिद्दान्त्त, आदर्श र केन्द्रिय कार्यालयको निर्देशनको बर्खिलाप हुनेगरि कुनै निर्णय हुनेछैन)

धारा-३३ कानूनी व्यवस्था

यो समिति बेल्जियम तथा नेपालको ऐन-कानूनको माताहतमा रही सँचालित हुने छ ।
अनुसुचि*
निर्वाचन समिति

)       गठन

समितिमा एक निर्वाचन समिति रहने छ निर्वाचन समितिमा एक जना प्रमूख र चार जना सदस्य रहने छन । समितिका प्रमूख र सदस्यहरु कार्य समितिले नियुक्त गर्ने छ । निर्वाचन समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्ने छ । निर्वाचन समितिको प्रमूख र सदस्यहरु कार्य समितिको बैठकमा उपस्थित हुन सक्ने छन ।

)       काम,कर्तब्य र अधिकारः

नेपाली जनसम्पर्क समिति बेल्जियमका क्षेत्रीय समितिहरु,केन्द्रिय महाधिवेशन प्रतिनीधिहरू, केन्द्रिय कार्यकारिणी समिति,नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधि र महासमिति सदस्यहरुको स्वच्छ,निस्पक्ष र सुव्यवस्थित निर्वाचन सम्पन्न गर्नु समितिको प्रमूख कार्यभार हुनेछ ।
कार्य समितिले महाधिवेशनको स्थान र मिति तोकिएको सम्वन्धि जानकारी आयोगलाई गराउने छ । निर्वाचन समितिलाई  आवस्यक  पर्ने सम्पूर्ण सूचना र सामाग्रीहरु कार्य समितिले यथा समयमा उपलव्ध गराउने छ । 
)  () कार्य समितिले उपलव्ध गराएको नेपाली कांग्रेसको कृयाशील सदस्य ( सँ. तथा साधारण सदस्य ) हरुको नामावली मतदाता सूचीको रुपमा प्रमाणीत गरी प्रकाशीत गर्ने ।
() कार्य समितिले उपलव्ध गराएको साधारण सदस्यहरुको नामावली क्षेत्रीय अधिवेशनका पर्यवेक्षकको रुपमा प्रमाणित गरि प्रकाशित गर्ने (सँ. यो धारा अनावस्यक भएको )
निर्वाचन नियमावली,निर्देशिका,आचार संहिता,निर्वाचन कार्यक्रम र आवस्यक नियमहरु तयार गरि लागू गर्ने ।
समितिका विभिन्न पदहरुको लागि उम्मेदवारी आव्हान गर्ने,कार्य समितिले तोकिदिएको शुल्क लीई उम्मेदवारी दर्ता गर्ने,उम्मेदवारी उपर छानवीन गर्ने र उम्मेदवारहरुको अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन गर्ने ।
कार्य समितिबाट स्विकृत गराइ निर्वाचन हुनु एक महनिा अगावै निर्वाचन कार्यक्रम,नियमावली र निर्देशिका जारी गर्ने र मतदान हुनु एक हप्ता अगावै आचार संहिता प्रकाशित गरी लागू गर्ने,कार्यान्वयन गराउने,पालन भए/नभएको अनुगमन गर्ने र कार्वाही गर्ने।
स्वतन्त्र, भयरहित र स्वच्छ मतदान सम्पन्न गर्नको लागि आवस्यक व्यवस्था मिलाउने ।
निर्वाचन परिणाम घोषणा र प्रमाणित गर्ने ।
निर्वाचन सम्वन्धि तत्कालीन,मध्यावधि र अद्यावधिक प्रतिवेदन यथासमयमा कार्य समितिमा र अन्तिम प्रतिवेदन महाधिवेशनमा प्रस्तुत गर्ने ।
१०)       कार्य समितिले निर्वाचन समितिलाई आवस्यक पर्ने श्रोत,साधन र जनशक्ति उपलव्ध गराउने छ ।
(बाध्यात्मक व्यवस्थाःनिर्वाचन समितिका आयुक्त र सदस्यहरु जनसम्पर्क समितिको कुनै पनि कार्यकारी पदमा उम्मेदवार बन्न पाउने छैनन् । तर पछि मनोनित हुन यसले बाधा पुर्याएको मानिने  छैन ।)
(*) = दोश्रो सँशोधन २०१० अनुसार थप,खारेज र परिमार्जन गरिएको ।

प्रकाशक- नेपाली जनसम्पर्क समिति बेल्जियम ।

प्रमाणित गर्ने अधिकारीः-
गंगाधर गौतम
(अद्यक्ष)