Posts

Showing posts with the label राजनीति

नेपाली काँग्रेसको विधानमा बिदेश स्थित शाखाहरूको बारेमा के व्यवस्था छ ?

१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व ः (१) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् । (२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्न सक्नेछ । (३) नेपाली जनसम्पर्क समितिको विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ । नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा अध्यक्षसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यवस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ ।

बेल्जियममा अक्टोबर १४ का दिन हुन गैरहेको स्थानीय निर्वाचनमा लुभेन नगरपालिकाबाट मतदान गर्ने नेपाली मतदाताहरूको नामावलीः

बेल्जियममा आगामी १४ अक्टोबर २०१२ का दिन स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा स्थानीय नगरपालिकाहरूमा तीन जना नेपाली मूलका उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन् । लुभेन नगरपालिकाबाट खड्क बहादुर केसी तथा एन्त्रोपेन नगरपालिकाबाट लिला शर्मा मानन्धर र कृष्ण रेग्मीले भिन्न-भिन्न पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । लिला शर्मा स्थानीय निर्वाचनका साथै प्रोभिन्सीयल काउन्सीलमा समेत आफ्नो पार्टीबाट उम्मेदवार बनेकी छन् ।   खड्का ग्रीन पार्टीबाट,मानन्धर क्रिस्चियन डेमोक्रयाटबाट र रेग्मी नेशनल भ्लाम्स एलायन्सबाट उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा बेल्जियममा नेपाली मतदाताहरूको सँख्या यस चुनावमा ह्वात्तै बढेको छ । निर्वाचन आयोगले हालै प्रकाशित गरेको नामावली अनुसार लुभेन क्षेत्रमा मात्र ३३२ जना नेपाली मूलका मतदाता रहेका छन् ।   हामीलाइ प्राप्त मतदाता सूची अनुसार निम्न बमोजिम नेपाली मूलका मतदाताहरू यस चुनावको लागि दर्ता भएका छन् ।

खनाल-दाहाल सात बुँदे सहमति

१.    राष्ट्रिय स्वाधीनता, अखण्डता र मुलुकको सार्वभौमिकताको रक्षार्थ दृढतापूर्वक उभिँदै सामन्ती व्यवस्थाका सबै रूपको अन्त्य गर्दै देशमा सामाजिक-आर्थिक रूपान्तरण गरी स्वाधीन अर्थतन्त्रको निर्माण गर्दै जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र समाजवादउन्मुख राजनीतिक, सामाजिक व्यवस्था निर्माण गर्न अगाडि बढ्न हामी दुवै सहमत छौं ।

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

Image
जीवन १ — जीवन नै एक सुनिश्चित जोखिम हो। २ — जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ। ३ — मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।

सन्दर्भ राष्ट्रिय एकता र मेलमिलापको

Image
 -उमेश अधिकारी आज ३४५ औँ राष्ट्रिय मेलमिलाप दिवस । राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनता को रक्षा गर्नको निमित्त आफ्नू प्राण उत्सर्ग गर्न पनि पछी नहट्ने प्रतिबद्दताका साथ स्वर्गीय महामनाब बिश्वेस्वर प्रसाद कोइराला र उहाँको साथमा साथ दिएर अहिलेसम्म पनि राष्ट्रिय मेलमिलापमा विश्वास राख्ने समस्त नेपाली हरुको सदभाब प्रति कोटी कोटी नमस्कार !

अति गर्नुस अतिचार नगर्नुस

(बिवादहरू बैठकमै सुल्झाउनु पर्ने सबैको भावनाको कदर गर्दै मैले यो लेख छलफलको लागि समितिमा प्रस्ताव गरेको थिएँ तर समितिको बैठक बोलाएर छलफल गराउने तर्फ कुनै छाँट-काँट नदेखिएको र अद्यक्षबाटनै उल्टो मिडियाबाजी <span>( </span> http://www.nepalbritain.com/contents.php?q=a2fae53916271a33912f278457d5a2543 )शुरू भए पछि सार्वजनिक गर्न बाध्य भएको छु ।)                                                                                                           ...

कार्यपत्र

श्रीमान सभापति ज्यू, महाधिवेशन प्रतिनीधि,पर्यवेक्षक तथा महासमिति सदस्य ज्यूहरु, नेपाली कांग्रेस बा¥हौं महाधिवेशन–२०६७ काठमाण्डौं, नेपाल ।

यूरो काँग्रेसको अभियान अधिवेशन स्थगन

सन् २००७ सालको जुलाई महिनामा बर्लिनमा गठन गरिएको नेपाली कांग्रेसको युरोप स्तरिय सञ्जाल “नेपाली जनसम्पर्क समन्वय समिति युरोप” लाई नेपाली कांग्रेसको गत महासमिति बैठकले वैधानिक मान्यता दिन अस्विकार गरेको छ । बिदेश स्थित सबै देशका जनसम्पर्क समितिहरुलाई बैधानिक मान्यता प्रदान गरेको अवस्थामा युरोप भरि संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यो समन्वय समितिलाई यो अवसरबाट किन वञ्चित गरियो ?

बेल्जीयममा काँग्रेसको कृयाशील सदस्यता वितरण

Image
—ईन्द्र क्षेत्री बेल्जियम । नेपाली काँग्रेसको महासमितिको बैठकले बिदेशमा स्थापित प्रवासी काँग्रेसी सँस्था नेपाली जनसम्पर्क समितिहरुलाई पनि पार्टीको आगामी महाधिवेशनमा भाग लिन पाउने र महासमिति सदस्य समेत दिने गरि विधानमा व्यवस्था गरे पछि नेपाली जनसम्पर्क समिति बेल्जीयमले नेपाली काँग्रेसको कृयाशील सदस्यता बाँड्न थालेको छ ।

काँग्रेसको कालजयी निर्णय !

Image
- इन्द्र क्षेत्री नेपाली काँग्रेसको महासमितिको बैठक यस पार्टीको जीवनमा दूरगामी प्रभाव राख्ने एतिहाँसिक निर्णय गर्दै समापन भएको छ । बैठकले नेपाली काँग्रेसको शँशोधित विधान ब्यापक छलफल र वादविवाद पछि अन्ततः पारित गरेको छ । जसमा एक महामन्त्री, एक कोषाध्यक्ष सहित ७५ प्रतिशत सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ भने उपसभापतिहरू, एक महामन्त्री र सहमहामन्त्री सहित २५ प्रतिशत सदस्य सभापतिले मनोनित गर्न पाउने प्रावधान राखिएको छ । तर सभापतिले नियुक्त गर्ने उपसभापतिहरू,महामन्त्री र सहमहामन्त्री निर्वाचित सदस्यहरू मध्यबाट नियुक्त हुनेछन । १ सभापति र २५ जना केन्द्रीय सदस्यहरू खुल्ला प्रतिस्प्रधाबाट, प्रतेक अंचल बाट १/१ जना गरि १४ जना, आरक्षण (दलित,महिला,जनजाती र मधेशी) २७ मा ५ जना मनोनीत र २२ जना निर्वाचन बाट र १६ जना सभापतिबाट मनोनीत हुने गरि जम्मा ८३ सदस्यीय कार्य समिति रहने ब्यवस्था नेपाली कांग्रेस महासमिति बैठक बाट निर्णय भएको छ । त्यसै गरि जनसम्पर्क समितिहरूको हकमा पारित विधानमा विशेष ब्यबस्था गरिएको छ, जस अनुसार ५०० जना सम्म क्रियाशील सदस्य भएका समितिहरुको केन्द्रिय भेलाबाट छानिएका ६ र १ सभाप...

युरोप काँग्रेसमा राजनैतिक नरसँहार

Image
-इन्द्र क्षत्री २६ मे २००७ का दिन नेपाली काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोईरालाको उपस्थितिमा जर्मनीको बर्लीन शहरमा सम्पन्न भेलाले युरोप महादेशका विभिन्न मुलुकहरुमा कार्यरत जनसम्पर्क समितिहरुका बीच समन्वय र सहकार्य गर्ने र जनसम्पर्क समितिहरु स्थापना नभएका देशहरुमा यथाशिघ्र समितिहरु खडा गर्ने जनादेशका साथ नेपाली काँग्रेस युरोपको गठन भएको हो । सोहि भेलाले ६ महिनाभित्र युरोपीयन सम्मेलन बोलाउने म्यण्डेटका साथ १५ सदस्यीय समन्वय समिति बनायो । त्यसैगरि भेलाले सबै देशका समितिका अद्यक्षहरु पदेन सदस्य रहने र पदेन सदस्यहरु आगामी युरोपीयन सँरचना अन्तरगत अद्यक्ष देखि कोषाद्यक्ष सम्मका पदहरुमा नबस्ने निर्णय भएको थियो । त्यसै निर्णयका कारण संयोजक दिल गुरुङले जर्मनीको नेतृत्व हस्तान्तरण गरेका थिए । भेलाले बर्लीन घोषणपत्र जारी गरि सँठनको अवधारणा,उद्देश्य,अन्तरिम विधान र कार्यविधी तय गरेको थियो । यस दौरान यो सँगठन आफ्नै प्रकारले युरोपभरी सकृय रहनुका साथै निरन्तर पार्टी केन्द्रको प्रत्यक्ष सम्पर्कमा रहि आएको छ । तर पार्टी केन्द्रले अहिले सम्म युरोपीयन सँगठनको मान्यता प्रदान गरेको छैन । कार्यवाहक सभापत...

अब कसैले हार्दैन यहाँ !

Image
-इन्द्र क्षेत्री नेपालले सँविधानसभाको निर्वाचनमा मिश्रित निर्वाचन पद्धति अवलम्वन गरेर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने वेस्ट मिनिष्टर शैलीको सँसदीय शाशन पद्धति परित्याग गरिसकेको छ । दुनियाँमा अभ्यास गरिएका भिन्न-भिन्न प्रकारका समानुपातिक निर्वाचन पद्धतिहरूको एउटै निष्कर्ष सहमतीय सरकार र सम्मानित प्रतिपक्ष हो । नेपालको अन्तरिम सँविधानले पनि यस तथ्यलाइ आत्मसात गरेको छ । सँविधानमा राष्ट्रीय सरकार वा सँयुक्त सरकारको परिकल्पना गरेर नेपालले एकदलको बहुमतीय शाशनपद्धतिबाट सर्वदलीय वा बहुदलीय सहमतीय शाशनपद्धतिमा विधिवत रूपमा सँक्रमण गरिसकेको छ। वस्तुतः समानुपातिक निर्वाचन प्रणाली अपनाएका अधिकाँश देशका सरकारहरू पायः अस्थीर नै हुने गर्दछन । गठबन्धन सँस्कृति यसको अपरिहार्यता हो । गठबन्धनहरू बन्नु र भत्कनु नीयति हो भने एकता टुट्नासाथ सरकार ढल्नु यसको बाध्यता । यो पद्धति अन्तरगत कुनै एउटा दलले पुर्ण बहूमत प्राप्त गर्ने कुरा असँभवप्रायः हुन्छ । तर कुनै दलले प्रष्ट बहूमत ल्याइहाल्यो भने पनि प्रतिपक्षको अभावमा त्यो एकखाले अधिनायकबादमा परिणत हुन बेर नलाग्ने पनि यथार्थ हो । यहिनै यसको कमजोरी हो । न...

फोरमले हिन्दी भाषालाई राष्ट्रीय भाषा प्रस्ताव गर्यो नेपालीहरूमा हिन्दी मेनिया !

के गर्ने बच्चा,वयस्क,बृद्ध अनि हिमाल,पहाड,तराइ सबैलाइ हिन्दी मन पर्ने भएपछी के लाग्छ ? हिन्दी भाषाका चलचित्र र टीभी सिरियलहरूले पुरै नेपाली समाजलाइ गाँजेको छ । घरमा नेपाली चलचित्र र धारावाहिकहरू हेर्ने गरौँ, नेपाली गानाहरू सुन्ने गरौँ भन्दा एक्लो भइन्छ । नानीहरूको नेपालीमा भन्दा हिन्दीमा बढी प्रगति छ । म नेपाल छोडेर हिँड्ने बेला एक शब्द नबुझ्ने मेरी श्रीमति २/४ वर्षको अन्तरालमा पुनरमिलन हुँदा हिन्दी बुझ्ने मात्र होइन धाराप्रवाह बोल्न सक्ने दक्षता सहित प्राप्त गरेँ, छोरा-छोरीको त कुरै नगरौँ । साथी-भाइलाइ बिदेशमा पनि किन हिन्दी नै प्रमोट गर्नु पर्ने भन्दाखेरी 'Racist' र गँवार भन्ने उपाधी पाइएको छ । अझ एकजना बैनिले यसै सन्दर्भमा 'छ्या तपाइजस्तो मान्छेले यस्तो सँकीर्ण र अयथार्थवादी कुरा गर्न सुहाउँछ ? के मान्छे कालो वर्णका छन भनेर उनिहरूको परफरमेन्स लाइ पनि नकार्ने ?' भनेर हपारिन । हाम्रा नानीहरूलाइ कुन-कुन साइटहरूमा कुन-कुन फिल्म र टेलिसिरियलहरू राखेको छ भन्ने कुरा कण्ठस्थ हुन्छ । कुन फिल्म कस्तो छ र अहिले कुन सिरियल हिट भैराखेको छ भन्ने कुरा कसरी-कसरी थाहा पाइहाल्छन । हिज...

सेना समायोजन विशेष समितिको बैठक बस्दै

काठमाडौँ, चैत १० । सेना समायोजन विशेष समितिको बैठक सोमबार अपरान्ह सिंहदरबारमा बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्राविधिक समितिको नाममा छलफल भइरहेको छ। समिति गठनको प्रक्रिया सोमबारबाटै सुरु हुने समितिका सदस्य मोहम्बद हबिबुल्लाले बैठक जानकारी दिएका थिए। बैठकमा सेना समायोजनको प्रक्रियाका विषयमा काम गर्ने प्राविधिक समितिको गठनका बारेमा छलफल हुने बताइएको थियो। यसअघि बसेको बैठकले ८ सदस्यीय प्राविधिक समिति गठन गर्ने निर्णय गरेको थियो । सेना समायोजन प्राविधिक समितिमा सेना समायोजनको प्रक्रियाका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय जानकार नेपाली सेनालाई राम्ररी चिनेको र नेपालको द्वन्द्व व्यावस्थापनमा भूमिका खेलेको व्याक्तिलाई प्राविधिक समितिमा राख्ने सहमति भएको छ।सोमबारको बैठकमा एमालेबाट रिक्त सदस्यको पूर्तिका विषयमा पनि छलफल हुनेछ। समितिका सदस्य एमाले नेता भीम रावलले पदबाट राजिनामा दिएपछि एमालेबाट एकजना रिक्त रहेको छ।