बेल्जीयममा काँग्रेसको कृयाशील सदस्यता वितरण


—ईन्द्र क्षेत्री
बेल्जियम ।


नेपाली काँग्रेसको महासमितिको बैठकले बिदेशमा स्थापित प्रवासी काँग्रेसी सँस्था नेपाली जनसम्पर्क समितिहरुलाई पनि पार्टीको आगामी महाधिवेशनमा भाग लिन पाउने र महासमिति सदस्य समेत दिने गरि विधानमा व्यवस्था गरे पछि नेपाली जनसम्पर्क समिति बेल्जीयमले नेपाली काँग्रेसको कृयाशील सदस्यता बाँड्न थालेको छ ।
 बेल्जीयम काँग्रेसको होमपेजः www.ncbelgium.org/congress का अनुसार गत जनवरी ४ तारीखमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । यस प्रयोजनको लागि समितिले यहाँका विभिन्न शहरहरुमा आम भेला गरि सदस्यता फारम भराइने जनाएको छ । यस समितिको गत दोश्रो महाधिवेशनमा समितिको साधारण सदस्यता लिनेको सँख्या ५०० नाघेको थियो । यसैलाई आधार मानेर नेपाली काँग्रेस केन्द्रिय कार्यालयले यो समितिलाई हालको लागि ५०० प्रति कृयाशील सदस्यता फारम पठाएको छ । श्रोतका अनुसार बढी फारम आवस्यक पर्ने जनाईएको छ । यस्तो अवस्थामा केन्द्रले थप फारम पठाउने छ । भारत बाहेकका देशहरुमा काँग्रेसको कृयाशील सदस्यता बाँड्ने बेल्जियम पहिलो देश हो । अहिलेसम्म भारतको जनसम्पर्क समितिले मात्र सो अधिकार पाई आएकोमा अवदेखि तोकिएका शर्तहरु पूरा गर्ने र न्यूनतम ५०० कृयाशील सदस्य हुने सबै जनसम्पर्क समितिहरुले सो सुविधा पाउने छन । त्यसै गरि नेपाली काँग्रेस केन्द्रिय कार्यालय भवन निर्माणमा पनि बेल्जियमले ठूलै सहयोग गर्ने भएको छ । होमपेजका अनुसार समितिले आफ्नै नाममा भवनको एक कोठा निर्माण गर्न ६ लाख रुपैयाँ छुट्याएको छ भने यसै कार्य समितिका सदस्य बलिराम झाले अर्को थप एक कोठा निर्माणमा ६ लाख रुपैयाँ प्रदान गर्ने भएका छन । झा नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य तथा तरुण दलका पुर्व केन्द्रिय सदस्य पनि हुन ।

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा