बादशाको नयाँ लुगा

-इन्द्र क्षेत्री । एकादेशमा एकजना बादशाह थिए-लुगाका ज्यादै शोखिन । उनले राज्यकोषको सबैजसो पैसा पोशाकमा खर्चिन्थे । उनको ध्यान पोशाकमा बाहेक अन्य केहिमा थिएन । "अन्य शासकहरू सभामा हुन्छन यी बादशाह चाहिँ ड्रेसिँग रूममा हुन्छन्" भन्ने कहावत नै चलेको थियो । उनि बस्ने सम्वृद्ध शहरमा सहस्र अपरिचित मानिसहरूको आवत-जावत भैरहन्थ्यो । तीनै मध्य एक दिन दुइजना ठगहरू पनि त्यहाँ आइपुगे । उनिहरूले आफुलाइ बुनकर भनेर परिचय दिए । सँसारमा सबैभन्दा सुन्दर,अलौकिक र असाधारण कपडा आफुहरूले मात्र बुन्न सक्ने भनेर उनिहरूले दावा गरे । लुगाको रँग र ढाँचा मात्र असाधारण होइन कि ति कपडामा अयोग्य र मूर्खहरू देखि अदृष्य हुने विलक्षण क्षमता पनि हुन्छ भनेर उनिहरूले बढाइ-चढाइ गरे ।