Posts

Showing posts with the label समाचार
Image
बेल्जियममा ३५ औँ मेलमिलाप दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न -विष्णु सापकोटा लुभेन बेल्जियम । नेपाली काँग्रेसका नेता स्वर्गिय बीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते भारत प्रवाशबाट स्वदेश फर्किएको दिनलाइ नेपाली काँग्रेसले स्वदेश तथा बिदेशमा राष्ट्रिय मेलमिलाप दिवशको रूपमा मनाउँदै आएको छ । बिपी कोइरालाको यसै नीतिका कारण नेपालमा लोकतन्त्रको पक्षमा वातावरण सिर्जना भै २०३६ सालको जनमत सँग्रह,२०४६ को प्रथम जनआन्दोलन र २०६३ को द्वित्तिय जन-आन्दोलन सफल भएको र नेपाल सँघात्मक गणतन्त्रमा पदार्पण गरेको छ । यसै उत्सवलाइ बेल्जियममा पनि विगत वर्षमा जस्तै जनवरी १ तारिखका दिन भब्यतासाथ मनाइएको छ ।   राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१२ को उपलक्षमा नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानले लुभेन शहर स्थित रेष्टुराँ एभरेष्ट बेसक्याम्पमा एक विशेष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नु भयो ।

बेल्जियममा ३५ औं मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न

Image
बिष्णु सापकोटा, लुभेन,बेल्जियम बेल्जियमका तीन प्रमूख शहरमा जनवरी १ तारीख २०११ का दिन राष्ट्रिय मेलमिलाप तथा नयाँ वर्ष २०११ को उपलक्षमा आयोजना गरिएका छुट्टाछुट्टै चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमहरू भब्यतापूर्वक सम्पन्न भएका छन् ।