16.1.12

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त

विश्‍वेश्‍वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (अडियो पुस्तक) 
 वाचनः खगेन्द्र नेपाली,सँकलनः गणेशराज शर्मा ।




साभारः चिसापानी नेपाल ब्लग ।
http://www.chisapaninepal.blogspot.com/


5.1.12




बेल्जियममा ३५ औँ मेलमिलाप दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

-विष्णु सापकोटा
लुभेन बेल्जियम ।

नेपाली काँग्रेसका नेता स्वर्गिय बीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते भारत प्रवाशबाट स्वदेश फर्किएको दिनलाइ नेपाली काँग्रेसले स्वदेश तथा बिदेशमा राष्ट्रिय मेलमिलाप दिवशको रूपमा मनाउँदै आएको छ । बिपी कोइरालाको यसै नीतिका कारण नेपालमा लोकतन्त्रको पक्षमा वातावरण सिर्जना भै २०३६ सालको जनमत सँग्रह,२०४६ को प्रथम जनआन्दोलन र २०६३ को द्वित्तिय जन-आन्दोलन सफल भएको र नेपाल सँघात्मक गणतन्त्रमा पदार्पण गरेको छ । यसै उत्सवलाइ बेल्जियममा पनि विगत वर्षमा जस्तै जनवरी १ तारिखका दिन भब्यतासाथ मनाइएको छ ।  राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१२ को उपलक्षमा नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानले लुभेन शहर स्थित रेष्टुराँ एभरेष्ट बेसक्याम्पमा एक विशेष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नु भयो ।

गौतमले तत्काल राजिनामा दिनुपर्छ: ईन्द्र क्षेत्री "पकवान" :

२० पौष: नेपाली जनसम्पर्क समिति बेल्जियमका निवर्तमान अध्यक्ष तथा बेल्जियमबाट नेपाली काँग्रेसका महासमिति सदस्य ईन्द्र पकवान क्षेत्रीले जनसंपर्क समिती बेल्जियमको ८ जनवरीमा हुने भनिएको अधिवेशन दोस्रो पटक  स्थगित हुनु निकै लज्जास्पद कुरा भएको जनाउदै अध्यक्ष गंगाधर गौतमले तत्काल राजिनामा दिनु पर्ने बताउनु भएको छ ।

मेलमिलप दिवस उहिले र अहिले


मेलमिलाप दिवस यस वर्ष २०१२ जनवरी १ ।





मेलमिलाप दिवस पोहोर साल इ.सम्वत २०११ जनवरी १ ।


अडियो अन्तरवार्ता


यथास्थितिमा जनवरी ८ को अधिवेशनमा सहभागी हुन सकिँदैन ।

नेपाली जनसम्पर्क समिति बेलजियममा कायम रहेको गतिरोधका सम्वन्धमा नमस्ते युरोपका महेश थापालाइ दिएको अडियो अन्तरवार्ता डिसेम्बर २०११ ।

13.12.11

चन्द्रे

मेरो काहिँलो भाइ हो चन्द्रे । मैले जुन स्कूलमा पढेँ र पढाएँ त्यहि स्कूलमा अहिले उ शिक्षक छ । उ म भन्दा यस्तै ५ वर्ष कान्छो छ । उ सँग मेरो बाल्यकालका धेरै अविस्मरणीय सम्झनाहरू छन् । उ अहिले बुज्रुक छ,शिक्षक छ,मलाइ धेरै कटाक्ष पनि गरिरहन्छ,मुग्लान पसेर हरायो भन्छ । मलाइ याद हुन्छ जव उ सानो थियो,म अल्लि ठूलो थिएँ,उ मेरो पछि-पछि लुत्रुक-लुत्रुक हिँडिरहन्थ्यो-जहाँ जाँदा पनि । म आफ्नै धूनमा हुन्थेँ,उ आफ्नै धूनमा । त्यतिबेला कुन्नि के हुन्थ्यो उ मेरो पछि लागेको मलाइ बिल्कूलै मन पर्दैन्थ्यो । हप्कायो,ट्वाल्ल परेर हेर्थ्यो,अनि फेरि पछि छोड्दैन्थ्यो । मैले यसो फर्केर अतित तिर हेर्छु,वास्तवमा म पनि उसलाइ धेरै नै मायाँ गर्थेँ र गर्छु पनि । अहिले पनि उसले भनेका कुरा र गरेका तर्कहरू म निःसँकोच स्विकार्दछु । घर-व्यवहार देखि लिएर दुनियाँ सँसार बारे उसले देखाएको व्यवहार मलाइ मन पर्छ ।

गाउँको ठेक्दार-किस्ने हल्दार

हाम्रो गाउँमा एकजना समाजसेवी दाइ थिए-नाम थियो कृष्ण बहादुर लाम्छाने । उनले इण्डियाको फौजमा हवल्दारको पेन्सन पकाएको हुँदा उनलाइ गाउँघरमा किष्ने हल्दार भनेर चिनिन्थ्यो । उनले आफ्नो परिचय दिँदा पनि "यो किस्ने हल्दार परो" भनेर शानसँग चिनाउँथे । गाउँघरमा जन्म,मरण,कार्जे,बिहे,ब्रतवन्ध,पूजा इत्यादि जुनसुकै अनुष्ठानका हर्ता-कर्ता उनै हुन्थे । आपद-बिपदमा उनकै नाम उच्चारण हुन्थ्यो । बिकाश र सुधारका काममा पनि उनि अग्रपँक्तिमै हुन्थे । १० कक्षासम्म पढेका र देश दुनियाँ देखेका हुनाले उनको बिचार अलिकति प्रगतिशील हुन्थ्यो । लाहूरे भएर पनि उनि जुवातास र जाँड-रक्सीको सख्त बिरोधी थिए । समयको महत्व राम्रोसँग बुझेकाले उनको दिनचर्या र कृयाकलाप पल्टनकै तौर-तरिकामा हुन्थे । सबै कुराबाट उनि समाजका हितैषी थिए । त्यसैले उनलाइ लिएर एउटा कहावत नै चलेको थियो-“गाउँको ठेक्दार किष्ने हल्दार” ।

बादशाको नयाँ लुगा

एकादेशमा एकजना बादशाह थिए-लुगाका ज्यादै शोखिन । उनले राज्यकोषको सबैजसो पैसा पोशाकमा खर्चिन्थे । उनको ध्यान पोशाकमा बाहेक अन्य केहिमा थिएन । "अन्य शासकहरू सभामा हुन्छन यी बादशाह चाहिँ ड्रेसिँग रूममा हुन्छन्" भन्ने कहावत नै चलेको थियो । उनि बस्ने सम्वृद्ध शहरमा सहस्र अपरिचित मानिसहरूको आवत-जावत भैरहन्थ्यो । तीनै मध्य एक दिन दुइजना ठगहरू पनि त्यहाँ आइपुगे । उनिहरूले आफुलाइ बुनकर भनेर परिचय दिए । सँसारमा सबैभन्दा सुन्दर,अलौकिक र असाधारण कपडा आफुहरूले मात्र बुन्न सक्ने भनेर उनिहरूले दावा गरे । लुगाको रँग र ढाँचा मात्र असाधारण होइन कि ति कपडामा अयोग्य र मूर्खहरू देखि अदृष्य हुने विलक्षण क्षमता पनि हुन्छ भनेर उनिहरूले बढाइ-चढाइ गरे ।