एनआरएन बेल्जीयममा बरिष्ठहरू ‘ब्ल्याक आउट’!
-ईन्द्र क्षेत्री गैर आवासीय नेपाली सँघ अन्तरराष्ट्रीय समन्वय परिषदको आगामी अक्टोबर १३ गते देखि १५ सम्म काठमाण्डौँमा सम्पन्न हुन गैरहेको चौथो ग्लोबल सम्मेलनमा राष्ट्रीय समन्वय परिषद बेल्जीयमको आइसीसी सदस्य पदका लागि सेप्टेम्बर ७ गते भएको उम्मेद्वारहरूको मनोनयन दर्ता सँगसँगै एनआरएन बेल्जियमको चुनावी माहौल एक्कासी तात्न पुगेको छ । साधारण सदस्यहरू साधारण सभामा उठ्न सक्ने गम्भिर विषयहरूमा भन्दा जनमतको जोडघटाउमा बढी ब्यस्त देखिन थालेका छन । तीनजनाको मात्र उम्मेद्वारी दर्ता उम्मेदवारहरुको मनोनयनको लागि तोकिएको समय सेप्टेम्बर ७ तारीख साँझ १७.०० बजे सम्ममा प्रेम गुरूँग,अर्जुन श्रेष्ठ र श्रीप्रसाद सापकोटा गरि तीन जनाको मात्र उम्मेदवारी परेको कुरा निर्वाचन समितिले जनाएको छ । एनआरएन बेल्जीयमको यस निर्वाचनलाइ ब्यापक रूपमा राजनीतिकरण गरिएको चर्चा-परिचर्चा चलिरहँदा नेपाली काँग्रेस निकटको जनसम्पर्क समितिले एनआरएन बेल्जीयमका अग्रजहरू क्रमशः वर्तमान आइसिसि सदस्य रविन्द्रमान श्रेष्ठ,निवर्तमान अद्यक्ष युवराज गुरूँग,युरोपीयन उपसँयोजक जानकी गुरूँग,भु.पु उपाद्यक्ष द्वय पुष्पराज अधिकारी र अनन्ता गुरूँग तथा म...