एन अार एन बेल्जीयममा पनि भद्रगोल र अव्यवस्था

-इन्द्र छेत्री
एन आर एन बेल्जियमको गत अप्रिल पाँच तारीखका दिन बसेको बैठकले यस अघी गरेको आफ्नै निर्णयहरूलाई उल्टाएको छ । संघको अघिल्लो बैठकले आफ्ना पाँच जना संरक्षकमा बेल्जीयमका लागि नेपाली राजदूत लगायत सभासद पासाङ् सेर्पा,बेल्जियम कांग्रेस,एमाले र माओबादीका अद्यक्षहरुलाई नियुक्त गरेको थियो । त्यसैगरि सँघको विधानमा व्यवस्था भए अनुसार सातजना सल्लाहकारमा बिभिन्न ब्यक्तिहरूलाइ मनोनित गरिएको थियो भने सँघको द्वित्तिय महाधिवेशनबाट शँशोधित विधान बमोजिम अद्यक्षद्वारा मनोनित हुने चारजना कार्य समिति सदस्यहरू पनि मनोनित भएका थिए । यसरि ढिलै भए पनि सँघले पूर्णता पाएपछि गति लिने अाशा पलाएको थियो । तर समितिको पाँच अप्रिलमा बसेको बैठकले त्यो अाशामा तुषारापात गरिदिएको छ । समितिमा रिक्त रहेका सल्लाहकार र सँरक्षक पदपूर्तिको गाँठो अब साधारण सभाले मात्र फुकाउन सक्ने गरि कसिएको छ ।
सँघको पछिल्लो बैठकबाट राजदूत बाहेक अन्य सँरक्षकहरू हटाइएका छन् । विधान बमोजिम नियुक्त सातैजना सल्लाहकारहरूलाइ खारेज गरि बेल्जीयममा स्थापित सबै नेपाली सँघ-सँस्थाका प्रमुखहरूलाइ सल्लाहकार बनाउने निर्णय गरिएको छ भने मनोनित सदस्य इन्द्रलाल चापागाइँलाइ हटाएर टीका पौडेललाइ ल्याइएको छ । यसरि नियुक्ति,मनोनयन,खारेजी र पुनरनियुक्ति गर्नुको वैधानिक अाधार,औचित्य र आवस्यकता के हो भन्ने कुरा कतै खुलाइएको छैन । एकातिर साधारण सभामा पेश गर्ने भनिएको छ भने अर्कोतिर अाधिकारिक होमपेज मार्फत अावेदन फारम खुल्ला गरिएको छ ।
श्रोतहरूका अनुसार पहिलो पटक गैर-आवासीय नेपाली संघ बेल्जियममा प्रवेश गरेको माओबादी पक्षको लिंढेढिपिका कारण यी सब बचकाना कामहरू भैरहेका छन । गएको निर्वाचनमा सँघको प्रमूख पदहरूमा पराजय भोगेको त्यही पक्षको अर्गेल्याइँका कारण निर्वाचन भएको लामो समय बितिसक्दा पनि समितिले पूर्णता पाउन नसकेपछी बैठकले यसको जिम्मेवारी पदाधिकारीहरुलाई सुम्पेको थियो । नवप्रवेशी केही पदाधिकारीहरुले एन आर एन बेल्जियमको स्थापना र बिकासमा महत्वपूर्ण योगदान गर्ने वरिष्ठ ब्यक्तिहरुको नामै सुन्न नचाहेपछी सँस्थापनले पनि माओबादीका तर्फबाट प्रस्तुत एन अार एनमा लो प्रोफाइल भएका नामहरु हेर्नै चाहेन । अद्यक्षद्वारा प्रस्तुत प्रस्तावहरूलाइ असफल तुल्याउनकै लागि माअोबादीको नेतृत्व गरिरहेका उपाद्यक्ष लिलाधर पन्त र साथीहरूले अघि सारेको प्रस्ताव अनुसारनै गरिएको सात जना सल्लाहकार र पाँचजना सँरक्षकहरूको नियुक्तिमा अाफ्ना दुइजना मात्र परेपछि माअोबादी बेल्जीयममा तहल्का मच्चियो । अाफ्नो बहूमत रहेको सँघको बैठकले १०-१० जना बिरोधिहरू नियुक्त गरेपछि माअोवादी बेल्जीयमका अद्यक्ष र पदाधिकारिहरूको चर्को असन्तुष्टी सार्वजनिक भयो । तर त्यसको अाक्रोश जहाज जिम्मा लगाएर पठाएका अाफ्ना अनाडी कप्तानका विरूद्धमा हुनुपर्नेमा निर्दोष र सरल स्वभावका अद्यक्षमाथी बजारियो, मानौ अद्यक्षले खुसुक्क खल्तिबाट झिकेर अाफुखुशी यी नियुक्तिहरू गरेका होउन । भालूको रीस खनियामाथी पोखियो । यस सन्दर्भमा रोचक प्रसँग के रह्यो भने माअोवादी पक्षले अाफ्ना मानिस ल्याउने भन्दा पनि सँस्थापनद्वारा प्रस्तुत अमुक-अमुक नामहरू र निर्वाचनमा उनिहरूलाइ हराउन भूमिका खेल्ने प्रमूख ब्यक्तिहरूलाइ छिर्न नदिने रणनीति बनायो । यसले गर्दा सँघमा असहज स्थिति सृजना भयो । यसो गरेर उसले कतिपय वरिष्ठ ब्यक्तिहरूको लागि एन अार एन बेल्जीयमको ढोकामा गजबार त लगायो तर उसले जस-जसलाइ प्रवेशाज्ञा प्रदान गर्यो ति पनि सबैजसो सँस्थापन पक्षकै पर्न गएको कुरामा हेक्का राखेन । केहि ब्यक्तिहरूलाइ निषेध गर्न सफल भएकोमै उनिहरू दङग भए । बिभिन्न पदहरुमा मनोनयन र नियुक्ती भएका सोह्र जनामध्य अाफ्ना दुइजना मात्र पर्न सकेकोप्रति धेरै पछि मात्र उनिहरूको चेत खुल्यो । त्यो पनि माओबादी बेल्जियमको अद्यक्ष भएका हैसियतले एकजना सँरक्षक र सदस्यमा पराजित भएकी अर्की एक जना महिला भएका नाताले सल्लाहकारमा नियुक्त भए ! यहाँसम्म अाइपुग्दा समय घर्कीसकेको थियो । त्यसपछि माअोवादीको सक्कलि अनुहार सामुन्ने अायो । अाफ्नो महाधिवेशनको अवसर पारेर अाफ्ना पार्टी सुप्रिमोको भाष्य प्रयोग गर्दै बेल्जीयम माअोबादी अद्यक्षले अाफ्नै बहुमत रहेको भनिएको एन अार एन बेल्जीयमलाइ कब्जा गर्ने वा डुबाइदिने धम्की दिन पुगे । अाफ्नै बहुमत सदस्यले पारित गरेका निर्णयहरूका साथे नेपालमा स्थापना गर्न लागिएको एन अार एन कोषको समेत धुवाँधार विरोध गरेर उनले अागामि दिनमा कलह पैदा गर्ने,अद्यक्षको हात बाँधेर सँगठनलाइ अवरूद्ध पार्ने र निकम्मा बनाउन सक्ने तर्फ सँकेत गरे । अद्यक्ष कामरेडको यहि विरोधबाट निःसृत भएर एन अार एनमा खटीएका कामरेडहरूले त्यहाँ भद्रगोल मच्चाउन शुरू गरेका छन् । अहिलेको यो कदम त्यसै उद्देस्यतर्फ अग्रसर छ । एन अार एनको मर्म अनुसार सँस्थापनले सँस्थाको हीतको लागि सबैलाइ समेटेर लैजान देखाएको हदैसम्मको लचकतालाइ यहाँ कमजोरीको रूपमा लिने धृष्टता भएको छ । यहि नै समस्याको जड हो ।
यस क्रममा अहिले आएर पाँच जना सँरक्षक रहने वैधानिक व्यवस्थालाइ बेकम्मा बनाउँदै नियुक्त भैसकेका चार जना संरक्षकहरुलाई बिनाकारण हटाएर एकजना सँरक्षक कायम गरिएको छ भने सातजना सल्लाहकार रहने वैधानिक व्यवस्थाका बिपरित बेल्जियममा कार्यरत चालीसवटा नेपाली संस्थाका अद्यक्षहरुलाई पदेन सल्लाहकार बनाउने हास्यास्पद निर्णय गरिएको छ । अझ बिडम्बना त के छ भने NRN बेल्जीयमको सँस्थागत बिकाशमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने भू.पू. अध्यक्ष तथा अाइ सि सि मेम्बर रबिन्द्रमान श्रेष्ठ,निवर्तमान अद्यक्ष युवराज गुरूङ्ग,अाइ सि सि महिला प्रतिनिधि रजनी प्रधान,यूरोपीयन सँयोजक जानकी गुरूङ्ग, निवर्तमान उपाद्यक्ष द्वय गँगाधर गौतम र अनन्ता गुरुङ्ग, कृष्ण खतिवडा,पुष्पराज शर्मा,इन्द्र क्षेत्री,किसन के.सी.,बोधराज पौडेल,चन्द्र ब्लोन,इन्द्र ओली,अर्जुन दाहाल आदिको नाममा यो वा त्यो कारणले सहमति जुट्न सकेन भने सँस्था हस्तान्तरणको महत्वपूर्ण जिम्मेवारी बोकेका निवर्तमान अद्यक्ष यूवराज गुरूङगलाइ समितिको बैठक प्रवेशमा समेत रोक लगाइएको कुरा बाहिर अायो । त्यसपछि अर्को समस्या के भइदियो भने उनिहरूसँग विरोधका लागि त दर्जनोँ नामहरू भए तर अाफ्नो पक्षबाट प्रस्ताव गर्ने खालको नाम खासै पाएनन् । उनिहरू एन अार एनमा भर्खरै प्रवेश गरेको हुनाले पनि यस्तो भएको हुन सक्दछ । फलतः समग्र सँगठननै अभिभावक बिहिन जस्तो बन्न पुगेको छ । निवर्तमान कार्य समितिलाइ नानाथरिका अारोप लगाएर नथाक्ने र सो समितिका ब्यक्तिहरूलाइ देखिनसहने वर्तमान बहुमत पक्षले निवर्तमान कार्यकालको प्रथम ६ महिना र अहिलेको गएको ६ महिनाका गतिविधि र नियुक्तिहरू तुलना गरेर हेर्न जरूरी छ ।
नियुक्ति र मनोनयनको क्रममा एन आर एनलाई ब्यक्तिविशेषको रिस-इवी र पूर्वाग्रह साध्ने माध्यम मात्र बनाइएन बैयक्तिक र चारित्रिक टिप्पणी गर्ने थलोको रूपमा प्रयोग गरिएको कुरा समेत बाहिर अाएको छ । कानून अनुसार स्थानीय कार्यालयमा नयाँ समिति दर्ता गर्दा सँगठनको निवर्तमान अद्यक्ष र पदाधिकारीहरू उपस्थित भएर नयाँ पदाधिकारी र सदस्यहरूको सनाखत गर्नुपर्ने नियम र परम्पराको उलँघन गरेर पूर्वाग्रह साध्ने काम भएको छ । पूर्वाग्रहकै कारण अहिलेसम्म सँगठनको बरबुझारथ लिन जरूरी ठानिएको छैन भने कोषाद्यक्षको ब्यक्तिगत विस्वासको अाधारमा रकम हस्तान्तरण भैसकेपनि बैँकखाता नामसारी भएको छैन । सँघको अाधिकारिक होमपेजमा कब्जा जमाएर बसेकाहरूले अहिलेसम्म द्वित्तिय महाधिवेशनबाट पारीत विधान र प्रगति प्रतिवेदन अद्यावधीक गरेका छैनन । यसमा अाफ्नो अनुकुलतामा त्यसको अपब्याख्या गर्न सकियोस भन्ने दुरासय रहेको छ । र त्यसो गरिँदै पनि अाएको छ । तिनिहरूले बैठकबाट अाफू अनुकुल भएका निर्णयहरू मात्र अपडेट गर्ने गरेका छन । अघिल्लो बैठकबाट नियुक्ति गरिएका पाँच जना सँरक्षक र सातजना सल्लाहकार तथा यस बीचमा अद्यक्षद्वारा मनोनित चारजना सदस्यहरूको समाचार अद्यावधिकनै गरिएन भने विधानमा व्यवस्था नभएका तर पछिल्लो बैठकबाट पारित साढे तीन दर्जन सल्लाहकारको लागि अावेदन फारम अपडेट गरिसकिएको छ । सल्लाहकार र सँरक्षकको नियुक्ति सर्वसम्मतिबाट भएको भए पनि पार्टी भित्रको असन्तुष्टीका कारण सार्वजनिक नगरिएको मात्र होइन महाधिवेशन र विधानले दिएको अधिकार प्रयोग गरेर अद्यक्षले मनोनित गरेका चारजना कार्यकारिणी सदस्यसँग तिनलाइ जोडेर होलसेलमा विरोध गरियो । यसले गर्दा अद्यक्षद्वारा मनोमानी भैरहेको भन्ने भ्रामक सन्देश बाहीर अायो । यस सन्दर्भमा अरू त अरू भ्रम निवारणको लागि अद्यक्ष र महासचिवद्वारा जारी गरिएको बिज्ञप्तिले सम्म सँघको होमपेजमा स्थान पाएन । त्यसैगरि अघिल्लो निर्णय बदर गर्ने र बिधान विपरित निर्णयहरू गर्न नहुने भनि महासचिव नन्दराज घलेद्वारा माइन्युटिङ गरीएको फरकमतलाइ पनि होमपेजमा राखिएको छैन । ज्ञातब्य छ बैठकमा प्रस्तुत फरक मत पनि पारित निर्णयसँग एट्याच गर्ने प्रचलन हुन्छ ।
यसरि सम्पुर्ण रूपले सँघलाइ राजनैतिक चश्माले हेर्ने र पार्टीगत स्वार्थको लागि गिजोल्नेहरूले नै सँस्थापन पक्षलाइ राजनितिक इशारामा चलेको अारोप लगाउनु कुनियत नभए के हो ? बहुमतको बलमा गलत काम अाफुले गर्ने र दोष अर्कोको थाप्लोमा थोपर्ने ? बैठकको निर्णय पालन गर्ने र विधान अनुसार चल्नेलाइ अप्रजातान्त्रीक भन्ने,नानाथरि अारोप लगाउने तर अाफू चाहीँ निर्णय गर्ने जिम्मेवारी नलिने अनि पानी माथीको अोभानो हुने ? यसरी चल्छ सँगठन ? सँघको हितकै कुरा गर्ने हो भने सँगठनको स्थापना र बिकाशमा महत्वपूर्ण योगदान पुर्याउने अग्रजहरूको स्थान कहाँ हो ? एक तिहाइ जनमत अोगट्ने एमाले पक्षको ख्वै प्रतिनीधित्व ? त्यसको पनि प्रिनिधित्व होस भनेर अद्यक्षले मनोनित गरेका इन्द्रलाल चापागाइँलाइ हटाएर एकजना अाफ्नो मान्छे थप्दा सँस्थाको हीत हेरियो कि पार्टीको ? बहुमतको मुढेबलमा अद्यक्षको क्षेत्राधिकारमा धावा बोलिनु र अवैधानिक निर्णयमा सहमति जनाउन बाध्य पारिनुलाइ कुन रुपमा लिने ? साढे तीन दर्जन सल्लाहकार, दुइ दर्जन कार्यकारीणी,सँरक्षक,अाइ सि सि सदस्य,महिला प्रतिनीधि,यूरोपीयन सँयोजक अादि गरि सत्तरी थान जतिको बैठक गर्ने र कार्यक्रमहरूमा अासन ग्रहण गराउने कार्य कत्तिको सँभव र शोभनीय हो ? पाँच जनाले सँस्था खोल्न सक्ने नियम भएको देशमा सँस्थाको अद्यक्ष पदेन सल्लाहकार हुने कुरा कति तर्कसँगत हो ? यो डुब्न थालेको सँगठनलाइ उद्दार गर्ने काम हो कि अर्काले मेहनत गरेर बनाएको हुदोखाँदो सँरचना भत्काउने काम ? अाफ्ना कुरा कुरा,अरूका कुरा माकुरा ?
तर पनि भन्नैपर्ने हुन्छ, यति उपद्रो गर्दागर्दै माअोवादी फेरी चिप्लिएको छ । अाफ्ना यहाँ स्थापित बिभिन्न जातीय,क्षेत्रीय र बर्गीय लगायतका बिभिन्न मोर्चाका प्रमुखहरूलाइ एन अार एनको सल्लाहकार थोपर्ने ध्याउन्नमा उसले पचीस सदस्यीय कार्यकारीणिको चालिसजना सल्लाहकार हुनु भनेको सल्लाहकारै नहुनु सरह हो भन्ने वस्तुज्ञान बुझेको देखिएन । पछिल्लो निर्णयबाट उसले एकजनाको लागि दुइजनाको बली चढाएको छ । अद्यक्षबाट एकजना सदस्य मनोनित गराएर एकजना सँरक्षक र एकजना सल्लाहकार गुमाउन पुगेको छ । यसर्थ उसले चामलसँग पीठो साटेको छ । शायद यसैलाई कौवा बाठो भएको पनि भन्छन क्यारे नेपालीमा ! सँघको यस निर्णयबाट एउटा गलत नजीर कायम गरेर अाफ्नो कमजोरी लुकाउने प्रयास गरिएको छ । यस निर्णयले सँगठनको अस्तित्व,स्थापित मान्यता,परम्परा,साधारण सभाको जनादेश,विधान र प्रचलित कानूनको खिल्ली उडाउने काम गरेको छ । यहाँका माअोबादी मित्रहरू पनि गुरू कमरेड बाबुराम भट्टराइको "भद्रगोल र अव्यवस्था" सिर्जना गर्ने महान दर्शनबाट प्रेरित भएको प्रतीत हुन्छ ।
खरानी घसेका नयाँ जोगिहरुको यस्तो पूर्वाग्रही,अशोभनीय र मैमत्तापूर्ण व्यवहारको उपयुक्त समिक्षा आगामी दिनहरुमा हुनेनै छ । साथै सँगठनलाइ स्पीड ब्रेक गराउन उद्यत हुनेहरूले यी सामान्यज्ञानका प्रश्नहरूको उत्तर पनि दिनु पर्ला कि ?
१) विधान बमोजिम संरक्षक, सल्लाहकार र सदस्य भईसकेका ब्यक्तिहरुलाई एउटा बैठकमा सम्म उपस्थित हुन नदीइकन बरखास्त गरिनु कत्तिको न्यायोचित निर्णय हो ? तिनिहरूलाइ किन नियुक्ति गरियो र के कारणले हटाइयो ? के एन आर एन बेल्जियम नेपालको सरकार अनि संरक्षक,सल्लाकार र सदस्यहरू प्रज्ञा प्रतिस्ठानका प्राज्ञ वा पशुपतीनाथका पूजारी हुन ?
२) के यो खोइलाको घर हो ? जसलाई जसरी बनाए पनि हुने र भत्काए पनि हुने !
३) के एन अार एन राजनैतिक तिगडमबाजी गर्ने अखडा हो अथवा कसैको विर्ता हो ?
४) विधानले व्यवस्था गरेको अद्यक्षको अधिकार र कार्यविधिमाथी हस्तक्षप किन गरियो ?
५) विधान ठूलो हो कि कार्यसमिति ?
६) साधारण सभा ठूलो हो कि विधान ?
७) द्वित्तिय महाधिवेशनबाट शँशोधित विधान र अार्थिक तथा प्रगति प्रतिवेदन ख्वै ? सँघको वेबसाइटमा अाफ्ना अनुहारहरू देहोर्याइ-तेहेर्याइ राख्न सकिन्छ भने दस्तावेजहरू अपडेट गर्न किन सकिएन ?
&

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा