गैर-आवासीय नेपाली सँघ बेल्जीयममा मनोनयन ।
ब्रसेल्स । गैर-आवासीय नेपाली सँघ,बेल्जीयमको कार्यकारी सदस्यमा नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समितिका उपाध्यक्ष प्रेम गुरूङ्ग,सह-महामन्त्री शालीकराम गौतम,व्यवसायी सँघका उपाध्यक्ष राजकुमार लामा र एमाले बेल्जीयम सम्बद्ध इन्द्रलाल चापागाइँ मनोनित हुनुभएको छ । सँघको शँशोधीत विधान अनुसार अध्यक्षले चार जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । यस अघि सँघका तीनजना सँरक्षकमा काँग्रेस,एमाले र माअोवादी सम्बद्ध सँगठनका अध्यक्षहरूलाइ नियुक्त गरिसकीएको छ । त्यस्तै नेपाली काँग्रेसका सँविधान सभासद पासाङ सेर्पा र बेल्जीयमका लागि नेपाली राजदूत प्रमेश हमाल पनि सँरक्षक नियुक्त हुनु भएको छ । त्यसै गरि सात जना सल्लाहकारहरुमा जनसम्पर्क समितिका महामन्त्री सुवाश जोशी,कोषाध्यक्ष अनिता लामा र वरिष्ठ सल्लाहकार गोबिन्द सुबेदी मनोनित हुनु भएको छ भने व्यवसायी सँघका अध्यक्ष अर्जुन श्रेष्ठ,माओवादीकी कल्पना मगर,साहित्यकार कृष्ण बजगाइँ र व्यवसायी सहदेव गौतम पनि सल्लाहकार मनोनित गरिनु भएको छ । स्मरणीय छ, मनोनीत सदस्य चापागाइँ र सल्लाहकार कल्पना मगर सँघको निर्वाचनमा सदस्यका पराजीत उम्मेदवार हुन । उपरोक्त नियुक्ति र मनोनयनहरूलाइ लीएर समितिमा बहुमतमा रहेको माओवादी पक्ष असन्तुष्ट रहेको बताइन्छ भने कार्यसमितिका एकजना उपाध्यक्ष बाहेक सम्पुर्ण पदाधिकारीहरूले NRN को सँरक्षक पद लगायतका पदहरू पनि आफैँ ओगट्न पुगेकोलाइ काँग्रेस वृत्तमा पदलोलुपताको पराकाष्ठको रूपमा चर्चा गरिएको छ । विचारणीय के छ भने NRN बेल्जीयमको सँस्थागत बिकाशमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने भू.पू. अध्यक्षद्वय रबिन्द्र श्रेष्ठ र युवराज गुरूङ्ग ,रजनी प्रधान,जानकी गुरूङ्ग,कृष्ण खतिवडा,पुष्पराज शर्मा,अनन्ता गुरुङ्ग,इन्द्र क्षेत्री,किसन के.सी.,बोधराज पौडेल,चन्द्र ब्लोन,इन्द्र ओली,अर्जुन दाहाल आदिको अनुपस्थिति खट्कीने विषय हो । यीनै कतिपय कारणले होला सँघले लामो समय बितिसक्दा पनि आफ्नो निर्णय सार्वजनिक गरेको छैन ।
Comments