सेना समायोजन विशेष समितिको बैठक बस्दै
काठमाडौँ, चैत १० । सेना समायोजन विशेष समितिको बैठक सोमबार अपरान्ह सिंहदरबारमा बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्राविधिक समितिको नाममा छलफल भइरहेको छ। समिति गठनको प्रक्रिया सोमबारबाटै सुरु हुने समितिका सदस्य मोहम्बद हबिबुल्लाले बैठक जानकारी दिएका थिए। बैठकमा सेना समायोजनको प्रक्रियाका विषयमा काम गर्ने प्राविधिक समितिको गठनका बारेमा छलफल हुने बताइएको थियो। यसअघि बसेको बैठकले ८ सदस्यीय प्राविधिक समिति गठन गर्ने निर्णय गरेको थियो । सेना समायोजन प्राविधिक समितिमा सेना समायोजनको प्रक्रियाका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय जानकार नेपाली सेनालाई राम्ररी चिनेको र नेपालको द्वन्द्व व्यावस्थापनमा भूमिका खेलेको व्याक्तिलाई प्राविधिक समितिमा राख्ने सहमति भएको छ।सोमबारको बैठकमा एमालेबाट रिक्त सदस्यको पूर्तिका विषयमा पनि छलफल हुनेछ। समितिका सदस्य एमाले नेता भीम रावलले पदबाट राजिनामा दिएपछि एमालेबाट एकजना रिक्त रहेको छ।
Comments