7.4.09

गैर आवासीय नेपाली संघ बेल्जियम "तंलाई न मलाई घुइयांलाई " !





एन आर एन बेल्जियम को आज बसेको बैठकले यस् अघी गरेको आफ्नै निर्णयलाई उल्टाएको छ । संघको अघिल्लो बैठकले आफ्नो संरक्षकमा सभासद पासाङ् सेर्पा ,बेल्जियम कांग्रेस ,एमाले र माओबादीका अद्यक्षहरुलाई नियुक्त गरेको थियो । पहिलो पटक गैर आवासीय नेपाली संघ बेल्जियममा प्रवेश गरेको माओबादी पक्षको लिंढेढिपिका कारण निर्वाचन भएको लामो समय बितिसक्दा पनि समितिले पूर्णता पाउन नसकेपछी बैठकले यसको जिम्मेवारी पदाधिकारीहरुलाई सुम्पेको थियो । नवप्रवेशी केही पदाधिकारीहरुले एन आर एन बेल्जियमको स्थापना र बिकास मा महत्वपूर्ण योगदान गर्ने वरिष्ठ ब्यक्तिहरुको नामै सुन्न नचाहेपछी अद्यक्षले पनि माओबादीका तर्फबाट प्रस्तुत नामहरु हेर्नै चाहेनन । फलस्वरुप बिभिन्न पदहरुमा मनोनयन र नियुक्ती भएका सोह्र जनामध्य माओबादीबाट दुइजना मात्र पर्न सके । त्यो पनि एकजना सल्लाहकार माओबादी बेल्जियमको अद्यक्ष भएका हैसियतले र अर्का एकजना सल्लाहकार सदस्यमा पराजित भएकी लो प्रोफाइल की ब्यक्ति ! शायद यसैलाई कौवा बाठो भएको भन्छन क्यारे नेपालीमा ! अहिले आएर बेल्जियममा कार्यरत सबै नेपाली संस्थाका अद्यक्षहरुलाई पदेन सल्लाहकार बनाउने हास्यास्पद निर्णय गरेर "म तल भए पनि मेरो खुट्टो माथि छ" भन्ने युक्तिलाई चरितार्थ गरिएको छ । त्यसै गरी नियुक्त भैसकेका चार जना संरक्षकहरुलाई हटाएर कहीं नभएको जात्रा हाडीगाउंमा गरिएको छ । पचास वटा नेपाली संघ-संस्थाहरु कार्यरत रहेको ठाउंमा तिनका अद्यक्षहरुलाई पदेन सल्लाहकार बनाउने निर्णय कहांसम्म बैधानिक र तर्कसंगत हो ? एकपल्ट संरक्षक भईसकेका ब्यक्तिहरुलाई एउटा बैठकमा सम्म उपस्थित हुन नदीइकन बरखास्त गरिनु कत्तिको न्यायोचित निर्णय हो ? के एन आर एन बेल्जियम नेपाल सरकार र संरक्षकहरु प्रज्ञा प्रतिस्ठानका प्राज्ञ वा पशुपतीनाथ मन्दिरका पूजारी हुन ? के एन आर एन बेल्जियम खोइलाको घर हो ? जसलाई जसरी बनाए पनि हुने र भत्काए पनि हुने ?
नियुक्ति र मनोनयन को क्रममा एन आर एनलाई ब्यक्तिविशेषको रिस इवी र पूर्वाग्रह साध्ने माध्यम मात्र बनाइएन बैयक्तिक र चारित्रिक आस्था र इज्जत माथि समेत धावा बोल्ने दुस्साहस भएको छ । । खरानी घसेका नयाँ जोगिहरुको यस्तो मैमत्तापूर्ण व्यवहारको उपयुक्त जवाफ आगामी दिनहरुमा खोजी हुने छ ।

1 comment:

Basanta said...

यो एनआरएन भनेकै यस्तै गाइजात्रा हो। यहाँ जापानमा पनि खुब मञ्चन हुन्छ गाइजात्रा। अलि-अलि मेरो ब्लगमा पनि छ;

http://gautambasanta.blogspot.com/2008/05/blog-post.html

समय हुँदा मेरो ब्लग पनि चियाउन नभुल्नुहोला।