26.8.09

गजल


अधुरा ती रहरहरु, साँचेर हुन्छ के ?
मायाँ बिनाको जीन्दगी, बाँचेर हुन्छ के ??

तिमी छौ म छु र पो, यो महफील छ
एक्लै-एक्लै रोदीमा, नाचेर हुन्छ के ?

जे भन्नु छ हाकी-पछारी, समक्ष भन,
पीठ्युँ पछाडी कुरा, काटेर हुन्छ के ?

पीरलो के हो आउ, बसौँ वार्ता थालौ,
आफैँलाइ यस्तो सधैँ, ढाँटेर हुन्छ के ?

फोक्कैमा झर्किन्छौ ’ईन्द्र’! मदेखि तर्किन्छौ,
मनका कोमल आँकुरा, भाँचेर हुन्छ के ?

-------------0000-------------------

1 comment:

prawash said...

वा ! सर मीठो गजल छ यो सधैंको झैं ।जिन्दगीका कुरा ,मायाप्रेमका कुरा र अरु केही ...म पढ्नुको गर्वमा छु ।