14.9.10

कार्यपत्र

श्रीमान सभापति ज्यू,
महाधिवेशन प्रतिनीधि,पर्यवेक्षक तथा महासमिति सदस्य ज्यूहरु,
नेपाली कांग्रेस बा¥हौं महाधिवेशन–२०६७
काठमाण्डौं, नेपाल ।

यस सम्मानित सभामा म नेपाली जनसम्पर्क समिति बेल्जियमको तर्फबाट नेपाली कांग्रेस महासमिति सदस्यको हैसियतले बिदेशमा खास गरि युरोपीयन महादेशमा बसोवास गर्ने नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरुद्धारा गठित जनसम्पर्क समितिहरुले भोगेका समस्याहरु बुंदागत रुपमा प्रस्तुत गर्न चाहान्छु ।

१.द्धैध नागरिकता सम्बन्धमा –युरोपमा बसोवास गर्ने नेपालीहरुले सरकारद्धारा त्यहां उपलव्ध गराईएका विभिन्न सुविधाहरु उपभोग गर्न तथा ब्यापार–व्यवसाय र आवत–जावत गर्न त्यहांको नागरिकता धारण गर्न आवस्यक हुन्छ । त्यसो गरे वापत नेपालीहरुले आºनो जन्मभुमीको नागरिकता त्याग्नु पर्ने नेपालको वर्तमान कानुनी बन्दोवस्तलाई हटाउने तर्फ यस महाधिवेशनले पहल गरोस ।
२. नेपाली कांग्रेसको विधानको धारा धारा १४ सम्बन्धमा—नेपाली कांग्रेसको विधान २०१७( २०५१,२०५४,२०५७,२०६२,२०६४ र २०६६ मा संशोधन र परिमार्जन गरि मिलाईएको रुपमा) को धारा १४ (१)मा नेपाली जनसम्पर्क समितिको गठन सम्बन्धमा गरिएके व्यवस्था त्रुटीपूर्ण छ । सो धारामा उल्ले भएको “बिदेशमा बस्ने नेपाली नागरिकहरुले” गठन गर्न सक्ने भन्ने वाक्या“शलाई संशोधन गरि “ बिदेशमा बस्ने नेपालीहरुले” भन्ने वाक्यांश उल्लेख गर्नु वाञ्छनीय देखिन्छ । किनभने युरोपका विभिन्न देशमा बस्ने नेपालीहरुले नं १ मा उल्लेख गरिएका कारणहरुले तत्–तत् देशको नागरिकता ग्रहण गर्नु पर्ने बाध्यता रहेकोले विधानमा गरिएको वर्तमान व्यवस्था अनुसार आगामी १ दशकमा जनसम्पर्क समितिहरुको अस्तित्व नै समाप्त हुने स्पष्ट छ । नेपालमा द्धैध नागरिकताको व्यवस्था भएको अवस्थामा मात्र यो धारा उपयोगी हुन सक्दछ । यसो हुन नसकेमा जनसम्पर्क समितिहरुको हकमा विशेष व्यवस्था हुन आवस्यक छ ।
३. महाधिवेशन प्रतिनीधि र महासमिति सदस्य चयन सम्वन्धमा—नेपाली कांग्रेसको विधानको धारा १४ (३)मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधि र महासमिति चयन सम्वन्धमा “नेपाली जनसम्पर्क समितिको विधानमा नियमित अधिवेशनबाट चयन हुने व्यवस्था हुनुपर्ने छ ” भन्ने व्यवस्था अस्पष्ट छ । यसै अष्पष्टता र केन्द्रको स्पष्ट निर्देशनको अभावका कारण ज्यादातर देशहरुमा यसपल्टको प्रतिनीधि चयन प्रकृया बिबादास्पद बन्न पुगेको छ । एकातिर धारा १४ को उपधारा ४ को खण्ड १,२ र ३ मा ५०० र २००० कृयाशील सदस्य संख्याको आधारमा फरक–फरक प्रतिनीधित्व पाउने भनेर मापदण्ड तोकिएको छ भने अर्का तर्फ केन्द्रले प्रतिनीधि चयन सम्बन्धमा कुनै प्रकारको सर्कुलर जारी नगरेर उपधारा ४ मा भएको व्यवस्थालाई लत्याईदिएको छ । केन्द्रले कृयाशील सदस्यताको आधारमा मात्र प्रतिनीधित्व पाउने नेपाली जनसम्पर्क समितिहरुलाई पनिे कृयाशील सदस्यता लिनु नपर्ने भार्तृ संस्था तथा सुवेच्छुक संस्थाहरुलाई जस्तो कार्यसमितिलाई नै प्रतिनीधि र महासमिति सदस्य चयन गर्न मौन स्वीकृति प्रदान गरेको छ । यसै कारणले कुनै पनि समितिले नेपाली कांग्रेसको विधानको धारा १४ (३) लाई पालन गर्नुपर्ने आवस्यकता ठानेनन् । कतार समितिले कृयाशील सदस्यहरुको भेला सम्म आयोजना गरेर प्रतिनीधि छनौट गरेको देखियो भने बेल्जियम समितिले दरखास्त आह्वान गरेर उम्मेद्वारी त लियो तर मतदान चाहि“ कार्यसमितिबाट मात्र गराएर प्रतिनीधि चयन ग¥यो । अन्य समितिहरुले त्यति गर्न पनि आवस्यक ठानेनन् ।
४. समितिहरुको विधान र कार्यकाल सम्वन्धमा— धारा १४ (३)मा जनसम्पर्क समितिहरुको विधान केन्द्रबाट स्वीकृत हुनुपर्ने भनिएको छ तर समितिहरुको कार्यकालको बारेमा मौनता साधेको छ । सरसर्ती हेर्दा जनसम्पर्क समितिहरुको कार्यकाल पनि केन्द्रिय समितिको कार्यकालसंग समान हुनु पर्ने देखिन्छ । तर विधान स्वीकृत नभैदिनाले समितहिरुको कार्यकाल २,३ र ४(नयां) वर्ष कायमै छ । साधारणतया सबै समितिहरुले यसैपल्ट नियमित अधिवेशन गरेर कार्यकाल मिलान र प्रतिनीधि छनौट गर्नु पर्ने थियो । केन्द्रको स्पष्ट निर्देशन नभएकोले नै समितिहरुले अधिवेशन गर्ने जांगर देखाएनन् । अझ स्पेनको समितिले त नियमित अधिवेशन समेत दुई–दुई पल्ट सारेर केन्द्रको महाधिवेशन संगसंगै पारेको छ । यस्तो अवस्थाले भविष्यमा अझ जटीलताहरु थप्दै जाने निश्चिति छ । यसले डायस्पोरा कांग्रेसलाई कमजोर पार्ने छ ।
५.सबै समितिको प्रतिनीत्व सम्वन्धमा—कतिपय समितिले ठुलो सदस्य संख्या भएर पनि प्रतिनीधित्व पाउन बाट वञ्चित भएका छन । यसैले केन्द्रबाट अनुमति लिएर गठन भएका र विधिवत रुपमा अधिवेशन सम्पन्न गरेका समितिहरुले कम्तीमा १ जना प्रतिनीधि पाउनु पर्दछ ।
६. कृयाशील सदस्यता शुल्क सम्वन्धमा—कृयाशील सदस्यता शुल्क २५ डलर महंगो भयो । यसै कारणले ह¨क¨,अष्ट्रेलिया,पोर्चुगल र स्पेनले हजार माथी सदस्य हुंदाहुंदै पनि ५०० कृयाशील सदस्यता पु¥याउन नसकेको गुनासो बिज्ञप्ति निकालेरै गरेका छन ।
आशा छ यस गरिमामय महाधिवेशनले डायस्पोरा कांग्रेसले भोगेका उपरोक्त समस्याहरुको समाधानमा ध्यान पु¥याउने छ ।
जयनेपाल ।
ईन्द्र क्षेत्री पकवान
महासमिति सदस्य ः बेल्जियम ।
अशौज १—५,२०६७,क

No comments: