27.11.10

अति गर्नुस अतिचार नगर्नुस



(बिवादहरू बैठकमै सुल्झाउनु पर्ने सबैको भावनाको कदर गर्दै मैले यो लेख छलफलको लागि समितिमा प्रस्ताव गरेको थिएँ तर समितिको बैठक बोलाएर छलफल गराउने तर्फ कुनै छाँट-काँट नदेखिएको र अद्यक्षबाटनै उल्टो मिडियाबाजी <span>( </span>http://www.nepalbritain.com/contents.php?q=a2fae53916271a33912f278457d5a2543 )शुरू भए पछि सार्वजनिक गर्न बाध्य भएको छु ।) 


                                                                                                                     -इन्द्र क्षेत्री
                                                                                                             नेपाली काँग्रेस महासमिति सदस्य ।


बिगत केहि दिन देखि नेपाली जनसम्पर्क समिति बेल्जियमका बारेमा आग्रहपूर्ण लेखहरूको बाढी नै ल्याइएको छ । मानौ यो संगठनमा कुनै महासंकट वा त्यस्तै महाबिपत्ति वा महाबिभाजन आइपरेको छ । वास्तविक र अवास्तविक नामहरूमा प्रकाशित अधिकाँश लेखहरूमा समितिका प्रतिबद्द पदाधिकारी एवम् सदस्यहरूका बारेमा नानाथरिका आक्षपहरूको वर्षा नै गरिएको छ मानौं तीनिहरूले संगठनै बिभाजन गरेका छन् अथवा संगठन नै नष्ट –भ्रष्ट गर्न उद्यत होउन् । बेमौसममा बजार तताइएको छ । बिनाकारण एकताबद्द संगठनमा कित्ताकाट शुरू गरिएको छ । न अधिवेशन आएको छ,न कुनै चुनाब हुँदै छ,न कसैले प्रतिस्पर्धा गरिरहेको छ,न कसैले अन्तरघात गरेको छ । अहिले बेल्जियम भरी जुन म्याग्निच्युडमा गोयबल्स प्रोपोगाण्डा मच्चाइँदै छ र स्वाभिमानी काँग्रेसीहरूलाइ उत्तेजित र दिग्भ्रमित बनाइँदै छ त्यसले न त संगठनको हीत गर्छ न समुदायको । बिभिन्न आरोह-अवरोह र बिभाजनका बावजूद आफ्नो उपस्थिति र एकता दरिलो रूपमा कायम गर्न सफल यस संगठनको नेतृत्व नै अहिले कालिदास कारनामामा उत्रिएको मैले महसूस गरेको छु । पत्रकार,पदाधिकारी,सदस्य देखि लिएर सामान्य कार्यकर्तासम्ममा भयानक अविस्वास र आतँकको माहोल सिर्जना गर्न खोजिएको छ । घर-घरमा पुगेर सदस्यहरूलाइ गुमराहमा पार्ने दुस्चक्र चलाइएको छ । साथीहरूलाइ मनको बाघले खाएको छ । गलत कृयाकलापको सशक्त बिरोध हुन थाले पछि नेतृत्व अत्तालिएको छ । बिगतमा जब-जब नेतृत्वले यस्तै संकटहरू पैदा गरेको छ तब-तब त्यसका बिरूध्द सिँगो कार्य समिति एकताबद्द हुने गरेको छ । यसपल्ट फेब्रिकेट गरिएको संकटबाट पनि गरिमामय कार्य समिति समाधान दिन सक्षम हुने छ भन्ने कुरामा म विस्वस्त छु । सार्वजनिक मिडियामा मलाइ आरोपित गरिएको हदसम्म सम्बन्धित मुद्दाहरूमा मैले आफ्नो तर्फबाट सार्वजनिक रूपमै स्पष्ट पार्नु पर्ने आवस्यकता देखिएकोले सम्पूर्ण कृयाशील सदस्यहरू,कार्यसमितिका सहकर्मी साथीहरू तथा आम जनसमुदाय समक्ष मेरो अभिमत निवेदन गर्न चाहान्छु ।




१- पत्रकार सन्तोष न्यौपानेको रिपोर्टीँग सम्बन्धमा

पत्रकार सन्तोष नेउपानेको समाचार टिप्पणीलाइ आधार बनाएर कोकोहोलो मच्चाइएको छ ।  सर्वप्रथम म के निवेदन गर्न चाहान्छु भने पत्रकार नेउपानेले  तयार पारेको समाचार आँशिक रूपमा उज्यालो रेडियोको मिति १३ सेप्टेम्बर २०१० का दिनको कायाकैरन कार्यक्रममा प्रसारित भैसकेको छ । जसको कोर्टेसी जुनसुकैबेला अनलाइनमा सुन्न सकिन्छ । यसरि धेरै अघिनै प्रसारित भैसकेको विषयमा हाल आएर किन होहल्ला गरिँदै छ ? मैले बुझ्न सकेको छैन । मेरो,राधाकृष्ण अधिकारी र माधव सापकोटाको अन्तरवार्ता उज्यालोले बजाइसकेको विषय हो भने त्यसैमा उल्का घिमिरे तथा प्रेम गुरूँगको भनाइ र मिनेन्द्र रिजालको कार्यक्रमको प्रसंगका कुराहरूलाइ समयानुकुल थपेर पत्रकार न्यौपानेले लेखेको समाचारलाइ लिएर उहाँमाथी समेत धाक-धम्की र चरित्रहत्याको प्रयास भएको छ भने सो रिपोर्ट प्रकाशित गर्ने मिडियाका साथीहरूलाइ समेत धारे हात ( यस सृँखलामा प्रकाशित सबै लेखहरूमा ) लगाइएको छ । यस्तो कार्यको म भर्त्सना गर्न चाहान्छु ।  साथै नेपाली काँग्रेस सदैव मिडिया मित्र रहेको कुरा अवगत गराउँदै आफ्नो कर्मक्षेत्रमा स्वतन्त्र र निस्पक्ष ढँगले खटिरहनुभएका कर्मशील पत्रकार मित्रहरूलाइ यस्ता धाक धम्कीबाट बिचलित नहुन हार्दिक आग्रह गर्दछु ।

२-आफु भए ठीक अरू सबै बेठीक भन्ने आरोपका सम्बन्धमा

म व्यवहारमै लोकतन्त्रलाइ अवलम्बन गर्नु पर्छ भन्ने मान्यता राख्दछु । यसैका लागि मेरो जीवनको बिगत २५ वर्ष काँग्रेसमा रहेर संघर्ष गर्दै बितेको छ । म दर्जनौंपटक प्रत्याक्रमणमा परेको छु । अपहरणमा परेको छु । हिरासतमा बसेको छु । राजनैतिक कारणबाट नै मेरो परिवार नष्ट भएको छ । त्रासदी सहन नसकी नेपाली काँग्रेसको कर्मठ कार्यकर्ता मेरो पिताजी पक्षाघात पीडित भएर घिर्सँदै पोहोरसाल स्वर्गेबास हुनुभयो । म र मेरो परिवारले कहिल्यै पद वा अन्य कुनै कुराको दावी गरेको छैन । म पदको लागि मरिहत्ते गर्ने मान्छे होइन । अहिले पनि मैले कुनै पदको दावी गरिरहेको छैन । तत्कालीन दुइ समितिका दुइ अद्यक्षद्वारा वरिष्ठ साथीहरूको संयुक्त बैठकमा दुइ-दुइ पल्ट लिखित रूपमै मित्र बलिराम झाजीलाइ अद्यक्ष बनाइँदा पनि केही साथीहरूलाइ हजम हुन नसके पछि झाजीकै प्रस्ताव र केही बरिष्ठ साथीहरूको समर्थनमा २००६ सालमा सम्पन्न प्रथम महाधिवेशनमा म उममेद्वार बनेको हूँ र जीतेको हूँ । त्यो अधिवेशनको व्यवस्थापन फितलो भएता पनि त्यसमा सहभागी हुने,प्रतिस्पर्धा गर्ने र मतदान गर्ने साथीहरूले नै यो वा त्यो रूपमा यो संगठनलाइ यहाँसम्म ल्याइपु-याएको यथार्थलाइ बिर्सन खोज्नु इतिहाँस र साथीहरूको योगदान प्रति कृतघ्न हुनु हो । मेरो कार्यकालमा सबैलाइ समेटेर लान भरमग्दूर कोशिश गरेको हूँ । केहि सँकिर्ण ब्यक्तिहरूको असहयोग,तिगडमबाजी र घेराबन्दीका कारण मैले सबैमाथी न्याय गर्न नसकेको कुरा भन्न मलाइ कुनै संकोच छैन । म असल नीयतका साथ नै अघि बेढेको हूँ । प्रजातान्त्रीक जनसम्पर्क समितिसंग एकता गर्दा मैले स्व.मनोज के.सी.जीलाइ अद्यक्षता लिन आग्रह गरेको कुरा धेरै साथीहरूलाइ थाहा छ । तर उहाँले त्यसलाइ हार्दिकतापूर्वक इन्कार गर्नु भएको थियो । जसरि मनोजजीले सहजतापूर्वक अद्यक्षको दावी परित्याग गर्नु भयो त्यसरि नै हाम्रो तर्फबाट महामन्त्रीज्यूले उदारता देखाउनुहोला भन्ने साथीहरूको अपेक्षा पूरा हुन सकेन । म रहरले होइन मनोजजीको अनुरोध र दायित्वबोधले मात्र फेरी अद्यक्ष बनेको थिएँ । मेरा मित्र वर्तमान अद्यक्ष श्री गँगाधर गौतमजीलाइ कार्यबाहक लेखेरै दिएको कुरा सबैलाइ थाहा छ । शायद त्यो पत्र अझै पनि उहाँसंग होला । तर त्यसलाइ उहाँले कार्वान्वयन गर्ने साहस जुटाउन नसके पछि ब्यक्तिगत जोखिम उठाएर उहाँलाइ बरिष्ठ उपाद्यक्ष बनाएको हो । त्यसपछि पनि केहि साथीहरूको अत्यासलाग्दो जालझेल र तिगडमबाजीकै कारण कार्यकाल पूरा नहुँदै अधिवेशन गरेर साथीहरूको नाशो उहाँहरूलाइ नै बुझाइदिएको हूँ । मैले अधिवेशनको मिति तोकेर मात्र समिति बिघटन गरेको थिएँ । यस विषयलाइ साथीहरूले कसरी मूल्याँकन गर्नुहुन्छ त्यो इतिहाँस र उहाँहरूकै जिम्मामा छोड्दछु । वर्तमान कार्य समितिमा पनि कोही भन्दा कम्ता काम गरेको छु जस्तो मलाइ लाग्दैन । संगठनको बिभाजनबाट ठूलो क्षति हुन नदिन र साथीहरूलाइ पुनः एक गराउनमा मेरो पनि थोरबहूत योगदान छ जस्तो लाग्दछ मलाइ । कृयाशील सदस्यता वितरण अभियान र तत्पश्चातका सबै कदमहरूमा मेरो सकृयता कायम रहेको सबैलाइ बिदितै छ । म माथि थोपरिएको आफु भए ठीक र अरू सबै बेठीक भन्ने आरोप वाहियात हो ।


३- युरोपीयन काँग्रेस र अतिमहत्वाकाँक्षा सम्बन्धमा


बर्लीन भेलाको बेला मैले चाहेको भए महत्वपूर्ण पद लिन सक्थेँ । तर साथीलाइ ओहोदा भिराएर फर्केको हूँ । युरोपीयन काँग्रेसको महासचिब पदको कुरालाइ लिएर मलाइ जुन आक्षप लगाइएको छ त्यो म माथीको अन्याय हो । मलाइ महासचिब चाहिएको कुराले कुनै माने राख्दैनथ्यो । युरोपीयन समितिमा रहेर काम गर्न इच्छुक रहेको कुरा म लुकाउँदिन । तर यसलाइ ह्वात्तै बढेको महत्वकाँक्षा भन्न मिल्दैन किनभने यसको गठन र बिकासमा मेरो पनि योगदान रहेको छ । बर्लिन घोषणा पत्र मैले नै मस्यौदा गरेको थिएँ र यो संगठनलाइ संस्थागत रूपमा बिकास गर्नको लागि बिधानको मस्यौदा पनि मैले नै गरेको हूँ । वास्तविकता के हो भने दिल गुरूँगजीलाइ युरो काँग्रेसमा गँगाधरजी नचाहिएको र गँगाधरजीलाइ बेल्जियमको अद्यक्ष चाहिएको कारण म बिबादमा फंसेको मात्र हूँ । यो कुरा जानकीजी लगायत धेरै साथीहरूलाइ थाहा छ । उहाँहरूको समझदारी अनुसार म युरो काँग्रेसको महासचिब भएर काम गर्न राजी हुनु मेरो अतिमहत्वाकाँक्षा हो भने पदको लागि सुरसाको थुतुनो जस्तो फुक्ने आकाँक्षा बोक्नेहरूलाइ के भन्ने ? तर पछि युरो काँग्रेसको नाममा लिस्वनमा जे भयो ( यहाँ हेर्नुहोसhttp://shavda.blogspot.com/2009/08/blog-post_17.html) त्यस पछि यो संगठनमा रहेर काम गर्न सकिनेमा मेरो बिस्वास रहेन । उक्त नाटक पछि त्यस संगठनको अस्तित्व करीब-करीब समाप्त भएको भन्ने मेरो ठहर हाल आएर यथार्थमा परिणत भएको छ । भर्खरै मात्र नेपाली काँग्रेसको बा-हौं महाधिवेशनको क्रममा बिस्वभरका जनसम्पर्क समितिहरूको काठमाण्डौंमा भएको भेलामा (जहाँ म पनि उपस्थित थिएँ) दिल गुरूँगज्यूले प्रस्तूत गरेको प्रस्तावले समर्थन प्राप्त गर्न सकेन भने नेपाली काँग्रेस केन्द्रिय कार्यालयले यसबारे अनभिज्ञता प्रकट गरेको छ । त्यसै गरि नवनिर्वाचित सभापति श्री सुशील कोइरालाले म,संस्थापक अद्यक्ष श्री ध्रुब पौडेल र सभासद श्री पासाँग सेर्पासंगको भेटमा कुनै पनि महादेशीय वा प्रादेशिक संरचना मान्य नहुने बताउनु भएको छ । यस अघि मैले दिलदाइलाइ बारम्बार अगाडी बढ्न आग्रह गरेको हूँ । मैले बाहिर बसेर पनि सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेकै हूँ । यसको साँक्षी उहाँ नै हुनुहुन्छ । उहाँले मलाइ वरिष्ठ उपाद्यक्ष भएर सहयोग गर्न आग्रह गर्नु भएको थियो जसलाइ मैले बिनम्रतापूर्वक अस्विकार गरेको हूँ । मलाइ जसरि पनि पदै चाहिएको भए लिस्वनको नाटकमा अभिनय गर्न पुगेको हुन्थें वा दिलदाइले प्रस्ताव गरे बमोजिम बरिष्ठ उपाद्यक्ष भएको हुन्थेँ अझ उहाँले त कार्यवाहक दिने पनि भन्नु भएको हो । यसको लागि पनि सधन्यबाद इन्कार गरेको हूँ । पद पाए धोबीको पद समेत स्याहार्नेहरूले मलाइ पदलोलुप भन्नुमा कुनै तूक छैन । पदमा बस्नेहरूले बिरोधीहरूले काम गर्न दिएनन् भनेर पार पाइँदैन । केन्द्रबाट मान्यता ल्याउन नसके पछि यो संगठनको फिलहाल कुनै बैधानिकता बाँकी छैन । युरो समितिको नाममा कोही कसैलाइ तन्नेरी हुनु छ र खल्ति रित्याउनु छ भने मेरो भन्नु केहि छैन ।



४- समितिको निर्णय उल्लँघन र गलत शैलीको बिरोध

बेल्जियममा कृयाशील सदस्यता बितरण कार्य समाप्त भैसकेपछि महाधिवेशन प्रतिनीधि र महासमिति सदस्य चयन अधिवेशनबाट गर्नु पर्छ भन्नेमा मेरो जोड् थियो । अधिवेशन,साधारण सभा वा भेला कुन माध्यमबाट चयन गर्ने भन्ने विषयमा चर्को बिवाद भैरहेको बेला युरो बिवादलाइ अघि नबढाउँ भन्ने हाम्रो अनुरोधलाइ अस्विकार गरिए पछि हाम्रो समितिको बैठकले हाललाइ युरो काँग्रेसमा प्रतिनीधि नै नपठाउने निर्णय गरेको थियो । यस निर्णयको भावनाको ठीक बिपरित युरो समितिका महासचिव समेत रहेका हाम्रा अद्यक्षज्यूद्वारा बेल्जियमबाट बिभिन्न पदमा गरि १३ जना ब्यक्तिहरूलाइ मनोनित गर्ने काम भयो । यसरि समितिको सर्वसम्मत निर्णयको अद्यक्षबाटै ठाडो उल्लँघन भएको कुरालाइ हामीले बिरोध गरेका छौं । सर्वसम्मत निर्णयको अवज्ञा भएको तथ्यलाइ नजरअन्दाज गर्दै पद पाएका साथीहरूद्वारा पद नपाएर बिरोध गरेको भन्ने बेसूरको गाना गाइँदै छ र ताल न बेताल ताली ठोकिँदै छ । स्पेन भेला महासमिति सदस्यको बार्गेनिँग पावर-पीन थियो । जुन सुपर-डुपर फ्लप हुन पुग्यो । न युरो काँग्रेस सफल भयो न महासमिति सदस्यबाट मलाइ वञ्चित गर्न सकियो ।  कार्यसमिति बैठकमा मत बिभाजन गराएर महासमिति सदस्य चयन गर्ने काम भयो । हामीले यसो गर्दा कृयाशील सदस्यहरूको अधिकार हनन् हुन्छ भनेका हौं र पनि यसैमा सहभागी हुनु हाम्रो बाध्यता थियो । समितिको निर्णय प्रकृयामा अद्यक्षबाट समेत मतदान गर्ने काम भएको छ जवकि हाम्रो विधानले स्पष्ट रूपले अद्यक्षले निर्णायक मत मात्र हाल्न पाउने व्यवस्था गरेको छ । समितिको होमपेजबाट समितिको मौजूदा विधान हटाइ पुरानो विधान अद्यावधिक गरिएको छ । होमपेज एकपक्षीय मूखपत्रको रूपमा प्रयोग भएको छ । प्रकाशक मण्डलबाट म र महेश थापालाइ बिना जानाकारी हटाइनुका साथै पासवर्ड चेञ्ज गरिएको छ ।  समितिको साझा प्रयोगको लागि खोलिएको इ-मेल ठेगानाको पासवर्ड चेञ्ज गरि एकपक्षीय बनाइएको छ । एनडिएफ बेल्जियमलाइ सनकका भरमा प्रतिबन्धित गर्ने र सनककै भरमा प्रतिवन्ध हटाउने काम भएको छ । निर्णयहरूमा छेड्खानी गर्ने,तोड्मरोड् गरेर प्रकाशित गर्ने,परिपत्रहरू लुकाउने र गलत ब्याख्या गर्ने कुराहरू त सामान्य भएका छन् । हामीले सनकका भरमा बिरोध गरेका हैनौं । गलत शैली र प्रवृत्तिको बिरोध गरिएको हो ।


५-कार्यकाल असफल सम्बन्धमा

दुइ चिरामा रहेका संगठनहरू एक बनेको लगत्तै मैले अद्यक्षता लिन पुगेँ । प्रथम महाधिवेशन एकतालाइ अनुमोदन गर्ने प्रमूख उद्देस्यका साथ सम्पन्न गरिएकोले अन्य व्यवस्थापकीय कार्यहरू केहि पनि हुन सकेनन् र हामी भावनात्मक रूपले एक भैसकेका पनि थिएनौं । बिधान थिएन,सदस्यताको रेकर्ड थिएन । र पनि हामीले संगठनलाइ संस्थागत र सशक्त बनाउन कुनै कसर बाँकी राखेनौं । यसै बीचमा प्रजातान्त्रीक जनसम्पर्क समितिको गठन र एकताको चुनौति पनि थपियो । यसमा पनि हामी सफल भयौं । बिधान निर्माण गरि लागू गरियो । सदस्यता वितरण गरियो । ५०० को हाराहारीमा सदस्य मेरै कार्यकालमा अद्यावधिक भएका हुन । एनआरएनमा उपाद्यक्ष,महासचिव सहित सम्मानजनक रूपमा हाम्रो उपस्थिति रहेको थियो । सोसलिष्ट इण्टरन्याशनलको शुल्क तिर्नेदेखि लिएर पार्टी केन्द्रमा बेल्जियमलाइ उच्चस्थान दिलाउने र बेल्जियमको नेपाली समुदायमा स्थापित गराउने कार्य त्यहि कार्यकालमा भएका हुन् । युरोपभरिका काँग्रेसहरूलाइ संगठीत गर्ने  अभियान हामीले नै शुरू गरेको हो । सोही कार्यकालमा युरो समिति गठन भएको हो भने पोर्चुगल,स्पेन,हल्याण्ड र लग्जम्बर्गमा हाम्रा साथीहरू पुगेर समितिहरू खडा गर्नु भएको हो । युरोप घुम्न निक्लेका नेताहरूलाइ भाषण गराएर र साथीहरूलाइ अनावस्यक आर्थिक बोझ थोपरेर मात्र सफल भइने हो भने त्यो पनि मेरो कार्यकालमा नभएको हैन । बिनोद कायस्थ देखि रमेश धमला,रमेश लेखक,चित्रलेखा यादब,राम शरण महत, अर्जुन जोशी,डिना उपाध्याय,रामचन्द्र पौडेल,शुशील कोइराला सम्मका नेताहरू त्यहि डेढ वर्षमा बेल्जियम पाल्नुभएकै हो । डेढ वर्षे शुरूवाती र उतार-चढावपूर्ण कार्यकाललाइ हामीले पूर्वाधार तैयार गरिदिएको अहिलेको ३ वर्ष बित्नै लागेको कार्यकालसँग तुलना गरेर तत्कालिन समितिलाइ खिसी-ट्युरी गर्नु  दुरासय बाहेक अरू केहि होइन । मैले यसो भनेर अहिलेको कार्यसमितिलाइ तल देखाउन खोजेको हैन । अहिलेको सिँगो समिति प्रति म गर्व गर्दछु । मेरो कार्यकालमा कुन-कुन मित्रहरूले के-कस्ता जालझेलहरू गर्नु भयो भन्ने कुरा बेल्जियमका सामान्य काँग्रेसी जनहरूलाइ समेत थाहा भएकै कुरा छ,मैले नाम किट्न जरूरी छ जस्तो लाग्दैन । यदि पूर्वाग्रह नै राखेको भए वर्तमान नेतृत्वलाइ मैले सहयोग नगेरको भए पनि जनमानसले अन्यथा लिने थिएन ।


६-संगठनको अनुशाशन सम्बन्धमा


रेडियोलाइ दिएको अन्तरवार्ता र पत्रकार न्यौपानेको समाचार टिप्पणीका विषयमा समितिका महामन्त्रीज्यूले प्रेस बिज्ञप्ति निकालेर आपत्ति जनाउनु भएको छ ( यहाँ हेर्नुहोस  http://www.ncbelgium.org/congress/?p=1498) । तर अन्तरवार्ताको कुन कुराले समितिको गरिमामा आंच आउन पुग्यो भन्ने कुरा खुलाउनु भएको छैन । संगठन बिभाजनको बेला संगठन बचाउन म बाहेक एकजना पनि माइकालाल सार्वजनिक मिडियामा देखा परेन तर अहिले खण्डन बिज्ञहरूको लाम लागेको छ । हामीलाइ बिधि र पद्दतिका लेक्चर दिइँदै छ । मानौं हामी अपराधी हौं र उनिहरू न्यायधीश हुन् ।

 नेपाली काँग्रेसको परम्परामा पदभार बोकेका जुनसुकै ब्यक्तिको गलत कार्यशैली र प्रवृत्तिको बिरोध सार्वजनिक रूपमै गर्न पाइन्छ । बिपी कोइराला,गणेशमान,किशुनजी तथा गिरिजाबाबु सम्मका नेताहरूका कार्यशैलीका बारेमा यथेष्ट आलोचनाहरू सार्वजनिक रूपमै भएका यथेष्ट उदाहरणहरू छन् । नेपाली काँग्रेस खुला बहस र उदार लोकतन्त्रमा विस्वास राख्ने दल हो । यो दलमा २०४६ पछि गोप्यता भन्ने कुनै चीज मैले देखेको छैन । यहाँ खुल्ला बहस र छलफलबाटै निचोड निकालिन्छ । काँग्रेसको सुन्दर पक्ष नै यहि हो । हामीले पनि हाम्रा अद्यक्षको गलत कार्यशैलीको बिरोध गरेका छौं,समितको निर्णयको उल्लँघन भएकोमा आवाज उठाएका छौं,फरक मत राख्नेहरूको सम्मान गर्न भनेका छौं । यसमा रूवावासी गर्नुपर्ने कारण के छ ? उहाँको ब्यक्तिगत जीवन र कार्यसमितिको बिरूद्दमा एक शब्द पनि बोलिएको छैन । कसैको बारेमा बोल्न नपाइने नै हो भने लोकतन्त्र किन चाहियो ? काँग्रेसमा किन लाग्ने ? पद धारण किन गर्ने ? अनि यो (http://www.namasteeurope.com/getnews.php?Action=Full&NewsID=12585) के गरेको हो नि ?? अनि यो (http://www.nepalbritain.com/contents.php?q=a2fae53916271a33912f278457d5a2543) नि ??? सन्तोष नेउपानेको लेखको ( यहाँ http://www.namasteeurope.com/getnews.php?Action=Full&NewsID=12512) बारेमा समितिले बिज्ञप्ति नै निकालेर बिरोध गर्छ भने  इन्दु चामलिँग भन्नेको लेखको बारेमा किन बिरोध गर्दैन ?? सन्तोष न्यौपानेको लेखले समितिको गरिमामा आंच पुग्छ भने इन्दु चाम्लिँग भन्नेको लेखले गरिमा बढाउँछ ? आफ्ना कुरा चाहीँ कुरा, अरूका कुरा माकुरा ? जहाँसम्म सबै कुरा बैठकमा राख्ने भन्ने छ त्यो हामीले राख्ने नै छौं । बैठकबाट म कहिल्यै भाग्ने गरेको छैन । हाम्रो समितिको बैठकले ठूल्ठूला बिवादहरूको समाधान दिने गरेको छ । मैले बोलेको बारेमा समितिले स्पष्टिकरण चाहान्छ भने म त्यो गर्न सहर्ष तैयार हुनेछु । म विधी,पद्दति र मूल्यमा विस्वास गर्ने मानिस हूँ । तर सेप्टेम्बर देखि यता बैठक बोलाइएको छैन भने एकपक्षलाइ अब हुने बैठकमा नबोलाउने भन्ने सुनिएको छ । बैठकका बारेमा केहि साथीहरूसंग इमेल मार्फत परामर्श लिइएको छ । तर मलाइ अहिलेसम्म त्यो प्राप्त भएको छैन ।




७- शिघ्र महाधिवेशन सम्बन्धमा

मैले गत अगस्त महिनाकै बैठकमा महाधिवेशन गरेर जाउँ भनेर बैठकमा एजेण्डा इण्डोर्स गराएको थिएँ । यसमा मेरो कुनै स्वार्थले त्यो गरेको थिइन । मैले विधी,पद्दति र लोकतान्त्रीक अभ्यासको कुरा गरेको हूँ । यसमा अन्यथा लिनु पर्ने कुनै कारण छैन । हाम्रो विधानमा बिना अधिवेशन चल्न सक्ने वा कार्यकाल बढाउन सक्ने कुनै व्यवस्था छैन । त्यसो हुँदा महाधिवेशन प्रतिनीधि र महासमिति सदस्य चुन्न र नेपाली काँग्रेसको बिधानसंग कार्यकाल मिलान गर्न अधिवेशन गरेर जानु अनिवार्य थियो । तर हाम्रो वर्तमान कार्यसमितिको तोकिएको कार्यकाल बाँकी रहेकोले त्यसमा कन्सिडर गरिएको हो । अब भने शिघ्र अधिवेशनको बिकल्प म देख्दिन । त्यसका पनि बस्तुगत कारणहरू छन,जस्तैः-

क) एनआरएनको चुनाब
गैर-आवासीय नेपाली संघ बेल्जियमको चुनाव जुन महिनाको दोश्रो साता सम्पन्न हुने गरि आव्हान भैसकेको छ । त्यस अभियानमा एकताबद्द भै सामेल हुनको लागि हाम्रो संगठन भित्र थाँती रहेका सबै मत-मतान्तर र बिवादका विषयहरूलाइ समाधान गर्न जरूरी छ । यसको लागि उपयुक्त थलो महाधिवेशननै भएकोले एनआरएनको चुनाव हुनुभन्दा अघि नै हाम्रो महाधिवेशन सम्पन्न गरि ताजा जनादेश लीएर सम्पूर्ण एकताका साथ अघि बढ्नु संगठन,समुदाय र हामी सबैको हीतमा हुनेछ ।

ख)     संशोधित विधान अनुमोदन


कार्य समितिको बैठकले संशोधित विधान पारित गरि अनुमोदनको लागि केन्द्रिय कार्यालयमा पठाइसकेको छ । संशोधित विधानको धारा १ को उपधारा ५ अनुसार वर्तमान कार्य समितिको हकमा यो विधान लागू भैसकेको छ । त्यसै गरि विधानको धारा ३० बमोजिम मौजूदा कार्य समिति संशोधित विधान अनुसार नै गठन भएको मान्नु पर्ने बाध्यात्मक व्यवस्था छ । ब्यवहारतः पनि संशोधित विधानको धारा १० को खण्ड ख बमोजिम कार्य समितिको बैठकबाट कार्यकारिणी समिति बिस्तार गरिएको छ भने सोही धाराको खण्ड ग र घ बमोजिम नेपाली कांग्रेस महाधिवेन प्रतिनीधि र महासमिति सदस्य चयन गर्ने काम सम्पन्न भएको छ । संशोधित विधानले पुरानो विधानलाइ प्रतिस्थापन गरेको छ । नयाँ विधान लागू भैसकेको तर महाधिवेशनबाट पारित नभएको हुँदा मौजूदा कार्य समिति अन्तरिम/तदर्थ कार्यसमितिमा परिणत भएकोले नयाँ जनादेश र विधान अनुमोदनको लागि यथासक्य चाँडो महाधिवेशन गर्न अत्यावस्यक भैसकेको छ । त्यसै गरि संशोधित विधान बमोजिम अधिवेशनमा भाग लिनको लागि नेपाली काँग्रेसको कृयाशील सदस्य हुनै पर्ने बाध्यात्मक व्यवस्था गरिएको र त्यसै अनुसार कृयाशील सदस्यता वितरण भैसकेकोले नयाँ सदस्यता धारण गर्ने सदस्यहरूले संगठनको नीति निर्माण र कार्यकारिणी चयन गर्न पाउने हकको उपभोगको लागि पनि महाधिवेशन अपरिहार्य भएको छ । विधानको पूर्ण पाठ यहाँ हेर्न सकिन्छ http://shavda.blogspot.com/p/blog-page_14.html ।


ग)      बिगतका समझदारीहरू कार्यान्वयन

नेपाली काँग्रेस केन्द्रिय कार्यालायको परिपत्र अनुसार उल्का घिमिरेको नेतृत्वमा रहेको समितिलाइ समायोजन गर्दा बिधान संशोधन गरि सो समितिका सदस्यहरूलाइ पद मिलान गर्ने र तूरून्तै महाधिवेशनमा जाने भन्ने समझदारी भएको थियो । सहमति अनुसार बिधान संशोधन गरीएको,कार्य समिति बिस्तार गरी सो सममितिका सदस्यहरूलाइ सामेल गरी सकिएको छ । तर महाधिवेशन बोलाउन ढिला गरिएकोले समायोजनको मर्म बमोजिम संगठनको एकता र गतिशीलताको लागि यथासक्य चाँडो महाधिवेशन सम्पन्न गर्नु हामी सबैको प्राथमिक कार्यभार हुन आउँदछ ।

घ)      समितिको कार्यकाल समाप्त हुँदै

मौजूदा कार्य समितिको यो तेश्रो वर्ष हो । विधान अनुसार यस कार्य समितिको कार्यकाल २०११ को जुलाइ महिनामा समाप्त हुँदै छ । कार्यकालको अन्तिम वर्ष अधिवेशन वर्ष हो । यो वर्ष खास गरि आगामी अधिवेशनको तैयारी, नीति निर्माण र व्यवस्थापनमा खर्च हुने भएकोले अन्तिम वर्षलाइ अधिवेशन वर्ष भनिएको हो । कार्यसमितिले औचित्य,आवस्यकता र अनुकुलता हेरी २०११ साल जुलाइ २८ को समयसिमा नकाट्ने गरि जुनसुकै बेला अधिवेशन सम्पन्न गर्न सक्दछ । त्यसैले उपरोक्त कारणहरूलाइ हृदयँगम गर्दा शिघ्र अधिवेशन गर्न हिचिकिचाउनु पर्ने कुनै कारण देखिँदैन ।


८-मिनेन्द्र रिजालको कार्यक्रम सम्बन्धमा

म नेपालबाट फर्कनु भन्दा अगावै उहाँको कार्यक्रम राखिएको रहेछ । मैले यो कुरा नेपालमै थाहा पाएको थिएँ । हाम्रा अद्यक्षले उहासंग पार्टीका झण्डाहरू मगाउनु भएको रहेछ । ती झण्डाहरू केन्द्रिय कार्यालय पुगेर मैले नै लिएर आएको छु । यहाँ आइपुगे पछि कतिपय जिम्मेवार साथीहरूसंग परार्श नै नगरि कार्यक्रम घोषणा गरिएको कुरा थाहा भयो । मैले यसबारे अद्यक्ष संग जिज्ञासा राख्दा यसबारे कुरै गर्न जरूरत छैन भन्नुभएको हो । जवाफमा मैले त्यसो भए भाषणबाजीको कुनै जरूरत छैन भनेको हूँ । अब सबै मिलेर अधिवेशन तर्फ ध्यान दिनु पर्छ अन्य कुराहरूमा समय र साधन खर्च गरिरहनु आवस्यक छैन भनेको हूँ । त्यसपछि आवस्यक परे सम्पर्क गर्छु भनेर बिदा हुनुभएका अद्यक्षज्यूले आजका मितिसम्म सम्पर्क गर्नुभएको छैन । शायद उहाँलाइ अवस्यक नपरेको हुन सक्छ यसमा मेरो कुनै चासो छैन । शायद त्यसैले होला कार्यकम तालिका बारे पनि कुनै सल्लाह गरिएन । यस्तो अवस्थामा कार्यक्रम गर्दा राम्रो हुँदैन भनेर हामीले श्री रिजाल ज्यूलाइ जानकारी गराएको हो र दुतावासमा उहाँसमक्ष हाम्रो पोजिशन स्पष्ट पनि पारेको हो । अहिले त्यो प्रमाणीत भएको छ । सल्लाहै नगरि,बैठकै नराखी ब्यक्तिगत तजबीजमा मनोमानीपूर्ण ढँगले राखिएका कार्यक्रमहरूमा लुरू-लुरू उपस्थित हुनै पर्छ भन्ने कुनै बाध्यता हुँदैन । तापनि हाम्रा नेताको सम्मानको लागि हामी उहाँको बोल्ने पालोमा उपस्थित भएकै हो । यसमा ज्यादा मच्चिनु पर्ने कुनै कारण छैन । हामी पूर्णकालीन राजनीतिक कार्यकर्ता पनि होइनौं । यो नेपाल हैन । यहाँ पावर एक्सरसाइज हुने होइन । लाभको पद धारण गर्न सकिँदैन । यहाँ निष्ठाको लागि राजनीति गर्ने हो कसैको नाक राख्न र कसैलाइ लाहूरे बनाउन राजनीति गर्न कोही बाध्य छैन । कोही कसैका हनुमान छैनन,कोही हरूवा-चरूवा हैनन् । लोकतन्त्रमा जसले अर्काको अस्तित्व स्विकार्दैन उसलाइ जयनेपाल गरिरहन कोही बाध्य हुँदैन । त्यो कुरा हैकमबादमा मात्र संभव हुन्छ । काँग्रेसको सिद्दान्तले यहि भन्छ ।


९-उपाद्यक्षहरूको राजिनामा र समिति पुनर्गठन सम्बन्धमा

समितिका उपाद्यक्ष द्वय माधव सापकोटा र प्रेम गुरूँगलाइ राजीनामा दिन भयानक दवाव दिइएको छ । निकृष्टताको हद पार गरेर उहाँहरूलाइ मिडियामा अपमान गर्ने काम भएको छ । उहाँहरू विधानको एउटा पद्दति मार्फत पदासीन हुनु भएको हो । कसैको निगाहाले वा दास बन्ने हेतुले उपाद्यक्ष बन्नुभएको हैन । यदि कसैले यस्तो सोच्छ भने निर्वाचित र पदेन बाहेक सबै दयाका पात्र हुन र बन्दुवा मजदूर हुन् भन्न कर लाग्छ,माधव सापकोटा र प्रेम गुरूँग मात्र हैन । हैसियत र हद बिर्सेर भट्टे श्रापमा उत्रनेहरूले इतिहाँस,वर्तमान र भविष्यको हेक्का राखुन् ।
मौजुदा कार्य समिति संशोधित विधानको धारा ३० अनुसार गठन भएको हुँदा समितमा कोहि पनि मनोनित र नियुक्त छैन । साथै मौजुदा विधानमा समित पुनरगठन गर्न सक्ने कुनै व्यवस्था पनि छैन । विधानको धारा १० खण्ड (ख) ७ अनुसार ८ जना सदस्य र ऐजन को ९ बमोजिम एक जना उपाद्यक्ष र एकजना सहकोषाद्यक्ष मनोनित र नियुक्त,हेरफेर र बर्खास्त गर्न सक्ने व्यवस्था छ तर त्यसो गर्न पनि जटीलता छ । किनभने ८ जना मनोनित सदस्य, एक जना नियुक्त उपाद्यक्ष र सहकोषाद्यक्ष को हुन भन्ने प्रष्ट छैन । समितिमा मनोनित ८ सदस्य,नियुक्त १ उपाद्यक्ष र १ सहकोषाद्यक्ष को हो ? त्यो घोषणा गरेर देखाउन म चुनौति दिन चाहान्छु । अद्यक्षले  धारा ९ बमोजिम विशेष महाधिवेशन आह्वान गरेको अवस्थामा बाहेक समिति बिघटन हुन सक्दैन । तर यसरि बिघटन भएको समिति पुनरगठित हुने कुनै व्यवस्था छैन । अवैधानिक कदमको प्रतिवाद अवैधानिक तरिकाबाटै हुन सक्ने तर्फ सचेत रहन म सम्बन्धित पक्षलाइ निवेदन गर्न चाहान्छु ।


१०-विशेष महाधिवेशन सम्बन्धमा

हामीलाइ बारम्बार विशेष महाधिवेशनको चुनौति दिने गरिएको छ । यो एकता बिरोधी मानसिकता हो । फरक मत राख्नुको अर्थ अद्यक्ष वा कार्यसमिति माथी अविस्वास गरिहाल्नु होइन । कृयाशील सदस्यहररूले बोलाएको विशेष महाधिवेशनले अद्यक्षका बिरूद्द अविस्वास प्रस्ताव ल्याउने हो । तोकिएको कामबाहेक अन्य बिजनेस सो अधिवेशनले गर्न सक्दैन । अविस्वास प्रस्ताव पारित भएमा अद्यक्ष हट्ने हो र उपाद्यक्षले का.वा. लिने हो,अर्को अद्यक्ष वा अर्को कार्य समिति बन्ने होइन । उपाद्यक्षले ६ महिनाको थप समय पाउँछ । यसो गर्दा समितिको टर्म बिचैमा सकिने हुँदा बैधानिक संकट उत्पन्न भै झन अविस्वास र अस्थिरता बढेर जान्छ । म अस्थिरता र मनमुटावको पक्षधर होइन । सबै समस्याको समाधान सम्बाद र लोकतान्त्रीक बिधीबाट हुन्छ भन्नेमा मेरो अटल विस्वास छ । अधिवेशनको वर्षमा विशेष अधिवेशन हुँदैन । एकतिहाइ कृयाशील सदस्यहरूले समावेदन गरे पनि हुने नियमित अधिवेशन नै हो । त्यसैले सबैको सहमतिमै अधिवेशनमा जाउँ भन्ने मेरो आग्रह हो । एकतिहाइ सदस्य जुटाउन नसकेर त्यो नगरिएको हैन । उसै पनि यो समिति नै विधानतः तदर्थ समिति हो । तदर्थ अद्यक्षको बिरूद्दमा अविस्वास प्रस्ताव ल्याउ भनेर चुनौति दिनु हाँस्यास्पद कुरा हो । समयमा अधिवेशन भएन भने अरू धेरै बाटाहरू बिधानमा छन । विधानमा भएका बाटाबाट पनि सकारात्मक परिणामा निस्कन सकेन भने ५२० कृयाशील सदस्यले त्यसको समाधान गर्नेछन । सर्वोच्च निकाय नेपाली काँग्रेस केन्द्रिय कार्यालय त थप छँदै छ ।

No comments: