5.1.12




बेल्जियममा ३५ औँ मेलमिलाप दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

-विष्णु सापकोटा
लुभेन बेल्जियम ।

नेपाली काँग्रेसका नेता स्वर्गिय बीपी कोइराला मेलमिलापको नीति लिएर २०३३ साल पुष १६ गते भारत प्रवाशबाट स्वदेश फर्किएको दिनलाइ नेपाली काँग्रेसले स्वदेश तथा बिदेशमा राष्ट्रिय मेलमिलाप दिवशको रूपमा मनाउँदै आएको छ । बिपी कोइरालाको यसै नीतिका कारण नेपालमा लोकतन्त्रको पक्षमा वातावरण सिर्जना भै २०३६ सालको जनमत सँग्रह,२०४६ को प्रथम जनआन्दोलन र २०६३ को द्वित्तिय जन-आन्दोलन सफल भएको र नेपाल सँघात्मक गणतन्त्रमा पदार्पण गरेको छ । यसै उत्सवलाइ बेल्जियममा पनि विगत वर्षमा जस्तै जनवरी १ तारिखका दिन भब्यतासाथ मनाइएको छ ।  राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१२ को उपलक्षमा नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानले लुभेन शहर स्थित रेष्टुराँ एभरेष्ट बेसक्याम्पमा एक विशेष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नु भयो ।
       कार्यक्रममा मेलमिलाप दिवसको सन्दर्भमा जनसम्पर्क समितिका उपाध्यक्ष माधव सापकोटाले प्रकाश पार्नु भयो भने नेपाली जनसम्पर्क समिति बेल्जियममा कायम गतिरोध र नेतृत्व पक्षको एकपक्षीय गतिविधहरू र आफ्नो पक्षले उठाएका एकताका मुद्दाहरूका बारे अर्का उपाध्यक्ष प्रेम गुरूँगले बोल्नु भयो । मेलमिलाप दिवस पार्टी भित्र मात्र नभै देशका सबै शक्तिहरूका बीच भएको कुरामा सिता सापकोटाले जोड दिनु भयो । इन्द्रधनुष क्लबकी अध्यक्ष श्रीमति अनन्ता गुरूँगले नयाँवर्षको शुभकामना दिँदै मेलमिलाप दिवसले बेल्जियम काँग्रेसमा मेलमिलाप गरोस भन्नुभयो । जनसम्पर्क समितिका सँस्थापक अध्यक्ष श्री ध्रुव पौडेलले एकताको शक्ति पनि हामी भित्रै र अनेकताको शक्ति पनि हामी भित्रै रहेकोले असल कुरालाइ धारण र गलत तत्वको परित्याग गर्दै अघि बढेमा मात्र मेलमिलाप सँभव रहेको छ भन्नु भयो । कार्यक्रमको समापन गर्दै आयोजक इन्द्र क्षेत्रीले नेपाली काँग्रेसले मनाउँदै आएको मेलमिलाप दिवसको औचित्य र आवस्यकता बारे थप प्रष्ट पार्दै आफुहरू बिगत देखि नै सँगठनको एकता,सह-अस्तित्व र मेलमिलापको पक्षमा सँघर्षरत रहेको कुरा बुँदागत रूपमा प्रस्तूत गर्नु भयो । आफुहरू बिगत देखि नै सँगठनको एकता र प्रगतिको लागि समिति भित्र सँघर्ष गरिरहेको र आफुहरूबाट एकता विरोधी एउटा पनि अप्रिय निर्णय अहिले सम्म नभएको प्रष्ट पार्नुभयो । उहाँले सँस्थापन पक्षले बिगत डेढ वर्ष देखि कुनै पनि एजेण्डाहरूमा आफुहरूसँग कुनै सरसल्लाह नगरेको,बैठकमा आक्रामक रूपमा प्रस्तूत हुने गरेको,कार्यकाल सकिइसके पछि हुन लागेको अधिवेशन एकपक्षीय ढँगले रोकेको,सँगठनको इमेल र होमपेजका पासवर्डहरू परिवर्तन गरि एकलौटीकरण गरिएको र हाल आएर आफुहरूको अनुपस्थितिमा भटाभट बिभाजनकारी निर्णयहरू गरेर अधिवेशनलाइ नै एकलौटीकरण गर्न लागेकोले आफुहरूले यसको विरोध गरेको र सबैले ससम्मान रूपमा सहभागी हुन पाउने गरि निर्विवाद अधिवेनको लागि अडान लिएको कुरा बताउनु भयो ।
       सो कार्यक्रमको सञ्चालन जगदीश सापकोटले गर्नु भएको थियो । आयजक इन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरहरी सापकोटाले उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो । कार्यक्रममा जनसम्पर्क समितिका सल्लाहकार उल्का घिमिरे र अनन्त कँडेल,जनसम्पर्क समितिका विभिन्न पदाधिकारी तथा सदस्यहरू लगायत उल्लेख्य जनसमुदायको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमको समाप्ति पछि उपस्थित जनसमुदायहरूले स्न्याक्स्का साथमा चियापान तथा एकापसमा शुभकामना आदान प्रदान गर्नु भएको थियो ।
मेलमिलाप कार्यक्रमको समाप्ति सँगै एभेरेष्ट बेसक्याम्प रेष्टुराँले नयाँ वर्षको उपलक्षमा नेपालबाट आउनु भएका गायक एस कुमारको साथ र स्थानीय कलाकारहरूको सँलग्नतामा आयोजना गरेको दोहरी साँझ तथा साँस्कृतिक कार्यक्रम राती २ बजेसम्म सभ्य एवम् भब्य रूपमा सम्पन्न भएको थियो ।



No comments: