1.1.11

सन्दर्भ राष्ट्रिय एकता र मेलमिलापको

 -उमेश अधिकारी

आज ३४५ औँ राष्ट्रिय मेलमिलाप दिवस । राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनता को रक्षा गर्नको निमित्त आफ्नू प्राण उत्सर्ग गर्न पनि पछी नहट्ने प्रतिबद्दताका साथ स्वर्गीय महामनाब बिश्वेस्वर प्रसाद कोइराला र उहाँको साथमा साथ दिएर अहिलेसम्म पनि राष्ट्रिय मेलमिलापमा विश्वास राख्ने समस्त नेपाली हरुको सदभाब प्रति कोटी कोटी नमस्कार !
                      

दक्षिण एसियामा तत्कालिन समयमा भैरहेको राजनैतिक उथल-पुथलले निम्त्याएको रास्ट्रिय सङ्कटले पाकिस्तान, अफगानिस्तान, लाई तहस नहस पर्यो भने तिब्बत पछि सिक्किमले आफ्नो स्वतन्त्रता गुमायो ।  यसै घटनाक्रमलाई नजिकबाट नियाली रहेका बि. पी. कोइरालाले नेपालमा भैरहेको राजनैतिक चालबाजीले नेपालको पनि रास्ट्रियता गुम्न सक्ने ठहर गर्दै नेपाल छिर्दा सबै राष्ट्रिय शक्तिहरू बीच मेलमिलापको नीति जति सान्दर्भिक थियो आज पनि यो नीति उत्तिकै सान्दर्भिक छ । राष्ट्रहितको लागि समस्त राजनैतिक दल र शक्तिहरूको बीच मा एकता अनि आपसी समझदारी हुनु नै अहिले को प्रमुख आवश्यकता हो । रास्ट्रिय अखण्डताको रक्षा,राजनैतिक स्थिरता र देशको बृहत्तर हितको लागि आज पनि समस्त नेपाली राजनैतिक दलहरु एक भएर लाग्नु पर्ने बिशेष परिस्थिति अहिले सिर्जना भएको छ । मेलमिलाप दिवस आफैमा मेलमिलाप गर्न को लागि मात्र भनिएको थिएन । यो आपसी मेलमिलाबाट राष्ट्र लाई मजबुत अनि दह्रो बनाउन को लागि चालिएको प्रथम पाइला थियो ।
     
बृहत रुपमा समस्त राजनैतिक शक्ति हरुबीचमा एकता हुन सकेको खण्डमा मात्र देश ले सहि गन्तब्य प्राप्त गर्न सक्दछ । नेपालको नाजुक राजनैतिक अवस्थाको कारण बिदेशी सक्ति राष्ट्र हरु नेपाल लाई अहिले खेल मैदान बनाइ रहेका छन् भने हामीहरु बिदेशी चालको गोटी साबित भैरहेका छौँ । हामीले  २३६ बर्से राजतन्त्रले बिकाश र सुब्यबस्था कायम गर्न नसकेको र निरङ्कुश बन्दै गएको भनि त्यो शक्तिलाई राष्ट्रिय एकताकै बलमा परास्त ग-र्योँ । फेरी किन हामीबीच को त्यो एकता भङ्ग भयो ?  बाह्र बुँदे, सात बुँदे, पाँच बुँदे, तीन बुँदे, दुइ बुँदे, गर्दै सहमति र एकता को बुँदा त कम भएका छन् तर राजनैतिक पार्टी हरुको एकता किन नजिकिन सकेन ? यसको फाइदा कसले लीइरहेछ ?  राजतन्त्रले दिन नसकेको सुब्यबस्था, अमन चयन, स्वतन्त्रता अनि बिकाश के यहि हो त ? के यहि हो त देश ले त्यत्रा नेपाल आमाका सन्तानहरुलाई बलिदान गराएर ल्याएको विकास , सम्वृद्धि , शान्ति अनि अमन चयन ? के यहि हो त नेपाली जनता ले चाहेका वास्तविक लोकतन्त्र ?


घर को झगडालाई घरमै मिलाउनुको साटो छिमेकी मध्यस्थता खोजियो भने साँढेको जुधाईमा बाच्छो मिचिन कत्ति बेर लाग्दैन । के १० वर्ष भूमिगत रहेका माओबादी संग सहमति गरी राजनैतिक मुलधार मा ल्याउन   मध्यस्थकर्ता को भूमिका चाहिएको थियो ? कसैले मध्यस्थता नै गरेको भए पनि त्यसको आवस्यकता थियो र ? के त्यहाँ राष्ट्रिय एकता र मेलमिलापले काम गरेको थिएन र अहिले क्यान्टोन्मेंट  का लडाकु लाई समायोजन तथा पुनर्स्थापन गर्न कसैको भूमिका चाहिन्छ ? कुरो नियत को हो । यदि देश मा शान्ति र अमन चयन को चाहना सबैले राखेका छन् भने कोही परायाको भूमिका हामीलाई चाहिँदैन ।   



अब कतिन्जेल यसै गरि राजनैतिक दलहरु कानमा तेल हालेर जनता को दुख हेरेर बस्न सक्छन ? यदि यस्तै हो भने महामानव बि. पी. कोइराला को राष्ट्रिय मेलमिलाप को नीति त खेर जान्छ जान्छ राष्ट्रिय महानायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको देश मा सहमति,सहकार्य र एकताको बलमा शान्ति र संबिधानको अठोट अलपत्र पर्ने देखिन्छ । यो तालले त उहाँले गर्नुभएको अतिसय परिश्रम  बालुवा मा पानी खन्याए सरह हुन जाने निश्चित छ । तसर्थ नेपाली जनताले केहि मागेका छैनन् फगत शान्ति अनि संबिधान मागेका छन् । सरकार  मागेका छैनन् । नेपाली माटोमा घरबार मागेका छन् |। नेपाल लाई सिंगापुर बनाइदेउ भनेका छैनन् ।  सिंगापुरको जस्तो शान्ति र अमन चयन देउ भनेका छन् । त्यसकारण मेलमिलाप आवस्यक छ । मेलमिलाप यसकारण आवस्यक छ कि फेरी कसैले  भन्न नसकोस नेपाली भुमि प्रयोग गर्दै कश्मिर मा आतंककारीले आतंक मच्चाएका छन् भनेर । मेलमिलाप अनि एकता यसकारण  आवस्यक छ कि फेरी कसैले भन्न नसकोस नेपालमा बिदेशीहरूको स्वार्थ हाबी हुन्छ भनेर ।

 अझै हामी बीचमा मेलमिलाप र एकता  हुन सकेन भने सुस्ता, र  कालापानीको त के कुरा यहाँ काठमाडौँ मिचिने छ, सगरमाथा थिचिने छ तर पनि हामी बोल्न सक्ने छैनौँ । त्यसैले बेला आइसकेको छ समयमै सचेत हुने ।



सहमति,सहकार्य,एकता र मेलमिलापको विकल्प छैन । हैन भने नारायणीमा बगेको पानीले कपिलवस्तु डुबाइ सक्नेछ । यदि राजनैतिक दल का नेता हरुलाई नेपाली हरुको पिडा को अलिकति पनि अनुभव छ भने र देश को हितकै लागि लागिपरेका छन् भने स्वर्गीय महामानव  बि. पी. कोइराला को राष्ट्रिय एकता र मेलमिलाप को नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ र काँग्रेस यसको अगुवाई गर्न तयार छ  ।

स्पेन ।

No comments: