3.1.11

बेल्जियममा ३५ औं मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न

बिष्णु सापकोटा, लुभेन,बेल्जियम
बेल्जियमका तीन प्रमूख शहरमा जनवरी १ तारीख २०११ का दिन राष्ट्रिय मेलमिलाप तथा नयाँ वर्ष २०११ को उपलक्षमा आयोजना गरिएका छुट्टाछुट्टै चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमहरू भब्यतापूर्वक सम्पन्न भएका छन् ।


नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्रीले लुभेनमा आयोजना गर्नु भएको कार्यक्रममा सहभागीहरूलाइ स्वागत गर्दै उहाँले नयाँ वर्ष २०११ ले सबैलाइ सहमति,सहकार्य र एकताको प्रेरणा प्रदान गरोस भन्नुभयो । बेल्जियम काँग्रेसमा ठूलो समस्या नरहेको र केहि झिना-मसिना समस्याहरू सबै सँगठनमा हुन्छन् भन्दै सँगठनमा हावी भएको नकारात्मक प्रवृत्ति बिरूद्ध आफुहरू सँघर्षरत रहेको बताउनु भयो । कार्यक्रमको औचित्य र आवस्यकता माथि प्रकाश पार्दै उहाँले आफु नेपाली काँग्रेसको महासमिति सदस्यको हैसियतले यस्तो परम्परा शुरू गरेको र यसलाइ परम्पराको रूपमा आगामी वर्षहरूमा पनि जनसम्पर्क समितिसँग समन्वय गरि अघि बढाइने बताउनु भयो ।

बेल्जियममा दुइवटा मेलमिलाप कार्यक्रम गरिएको बारे वक्ताहरूले राखेको जिज्ञासामा सँस्थापक अद्यक्ष ध्रुव पौडेलले यो कार्यक्रम २० दिन अघिनै निर्धारित गरिएको र समितिसँग पूर्ण रूपमा समन्वय राखेर समितिका अध्यक्षको निर्देशन अनुसार कार्यक्रमको स्वरूपमा केहि परिवर्तन गरि आयोजना गरिएको स्पष्ट पार्नु भयो । नेपाली काँग्रेस केन्द्रिय कार्यालयबाट ढिलो गरि निर्देशन भए पछि समितिले अपर्झटमा कार्यक्रम राख्नु परेकोमा अन्यथा नलिन सबैलाइ आग्रह गर्नु भयो ।

जनसम्पर्क समिति बेल्जियमका उपाद्यक्ष प्रेम गुरूँगले उपस्थित जनसमुदायलाइ शुभकामना दिँदै बेल्जियम काँग्रेस भित्र केहि समस्याहरू रहेका र ती समस्याहरू निराकरणको लागि आफुहरू लागि परेको बताउनु भयो । उहाँहरूले यो कार्यक्रम धेरै अघि नै निर्धारित भएको र समितिबाट स्थगित गर्न वा रद्द गर्न कुनै निर्देशन वा कतै कसैबाट यसमा आपत्ति प्रकट नभएको बताउनु भयो । माधव सापकोटाले कार्यक्रमको सम्पूर्ण तैयारी गरिसकेको अवस्थामा समितिले केन्द्रको निर्देशन प्राप्त भए पछि एकैचोटी कार्यक्रम राखिएको सूचना प्रवाह गरेकोले यस बीचमा केहि भ्रमहरू सिर्जना भएको बताउनु भयो । उहाँले समितिको कार्यक्रम डिसेम्बर ३१ मै भएको र यो ब्यक्तिगत ढँगले आयोजना गरिएकोले कसैले आपत्ति गर्न नहुने बताउनु भयो ।

कार्यक्रममा इन्द्र धनुष क्लबकी अद्यक्ष श्रीमति अनन्ता गुरूँग,एनआरएन बेल्जियमका उपाद्यक्ष श्रीप्रसाद सापकोटा,एनआरएन पोर्चुगलका उपाद्यक्ष श्री ओम शर्मा,राप्रपा बेल्जियमका महासचिव श्री दीपेन्द्र केसी,एनडिएफ बेल्जियमका महासचिव श्री गोपाल सिँखडा र समाजसेवी पुष्पराज अधिकारी लगायतले मेलमिलाप दिवस तथा नयाँ वर्षको उपलक्षमा सबैलाइ शुभकामना दिनुभएको थियो । माधव सापकोटाले सञ्चालन गर्नु भएको सँक्षिप्त कार्यक्रमको दीप प्रज्वलन गरेर सँस्थापक अद्यक्षले उद्घाटन गर्नु भएको थियो भने बिपी र गणेशमानको तस्विरमा माल्यार्पण पूजा थापाले गर्नु भएको थियो । सँक्षिप्त मन्तब्य राख्ने क्रम सकिए पछि उपस्थितहरूले समोसा,तरकारी र चिया सँगै सामूहिक रूपमा शुभकामना आदान-प्रदान गर्नु भएको थियो । कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो ।

यसै गरि एन्त्रोपेन शहरबाट उल्का घिमिरेले टिपाउनु भएको समाचार अनुसार जनसम्पर्क समिति बेल्जियमका सँस्थापक अद्यक्ष ध्रुव पौडेलले त्यहाँस्थित यति हाउसमा आयोजना गर्नु भएको कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । उता ब्रुज शहरमा आयोजना गरिएको कार्यक्रम पनि भब्य रूपमा सम्पन्न भएको खवर प्राप्त भएको छ ।

२०३३ साल पौष १६ गते नेपाली काँग्रेसका नेता बिश्वेश्वर प्रसाद कोइराला र गणेशमान सिँह लगायतका शिर्षस्थ नेताहरू नेपालको राष्ट्रियता सँकटमा परेको विश्लेषण गरेर नेपालका सबै राष्ट्रिय शक्तिहरूको एकता र मेलमिलापको आह्वान गरि स्वदेश फर्केको दिनलाइ नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्ष नेपाली काँग्रेसले “दिगो शान्ति अनि लोकतान्त्रिक संविधान, सवल राष्ट्रियताको हाम्रो अभियान” भन्ने नाराका साथ देशका सबै जिल्लाहरु तथा प्रवाशमा समेत ३५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ



































No comments: