प्रेममा लिप्त जोडी ढूकुरको,भावनाको भेल हो गजल !
शव्द,सन्दर्भ र सौन्दर्यको,लुकामारी खेल हो गजल !!

काब्य शौष्ठव र छटा,श्रूति मधूर, एवम् भाव गम्भीर,
प्रतिक,बिम्ब र उपमाको, सुन्दर तालमेल हो गजल !

राजनीति प्रेम र धर्म, दर्शन,समाज अनि मान्छे,
धनी-गरीव र सुख-दुःखको विगत-अचेल हो गजल !

रदिफ,काफिया र शेर,मक्ता,मत्ला अनि मिसरा,
सुस्पष्ट नियम र बहरहरूको,हथकडी-नेल हो गजल !

शव्द र विचार ओइरेर खालि, कहाँ गजल बन्छ र ?
भाव, गुञ्जन र गायकीको,त्रीकोणीय स्केल हो गजल !

---------------------000-------------------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा