गजल

पेट रित्तो छ र पनि, अघाइरहेका यी भाईहरू !
पग्-पगमा जीवन, चहर्याइरहेका यी भाईहरू !!
सार्थकताले हिजै हो, बार-बान्नो लाइसकेको,
बिना पैरवी मुकाम, धाइरहेका यी भाईहरू !
आफ्नो नैतिक मूल्यमा,यत्रो लूटपाट हुँदा पनि,
पराया सँस्कारमा हाय ! रमाइरहेका यी भाईहरू !

निकम्मा छ यो पुस्ता, भ्रष्ट छ,विश्वास यहाँ रहेन,
पल-पल आपस्तमा,मात खाइरहेका यी भाईहरू !
आदर्श बलात्कृत छ,जन-अस्मिता क्षत-विक्षत,
पाप र दुष्कर्मलाइ खूब, सघाइरहेका यी भाईहरू !
यो कस्तो कालखण्ड हो, के हुँदैछ यहाँ था'छैन,
होहल्लामा यसै जीब्रो, चपाइरहेका यी भाईहरू !
होहल्लामा यसै जीब्रो, चपाइरहेका यी भाईहरू !
Comments