माओवादी: सत्ताहात वा पत्तासाफको बिन्दुमा
-ईन्द्र क्षेत्री "पकवान"
"कतिपयलाई लाग्ला, माओवादीले उपद्रो विवाद सिर्जना गर्यो ।…..अव्यवस्थाबाटै व्यवस्था आउँछ, भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ । भद्रगोल ल्याउने नै हो हामीले । सोच-विचार गरेर भद्रगोल ल्याइयो भने त्यो ठीक हुन्छ ।"
–बाबुराम भट्टराई
बाबुराम भट्टराईको यो उद्गारले मुलुकको अहिलेको दुरावस्थाको कारक,आयोजक र सँवाहक माओवादी पार्टी हो भन्ने कुरामा दुइमत रहेन । अहिलेको अशान्ती, अराजकता, अव्यवस्था र भद्रगोलको प्रायोजक सरकार नै हो । अव्यवस्था र भद्रगोलकै लागि सरकारले दर्जनौँ निर्णयहरु गर्ने र फिर्ता लिने गरिरहेको छ भने त्यसैको लागि समुच्चा सरकारी तथा माओवादी सँयन्त्र परिचालित छ । सरकार निश्चित उद्देस्यको लागि दुई कदम पछाडी हट्दै एक कदम अगाडी बढीरहेको छ । जुझारू प्रधानमन्त्री तथा मेहनतकश मन्त्रीहरु १२-१२ घण्टा पसिना यसै बगाइरहेका छैनन । वाइसिएल,माओवादी मजदुर यूनियन,अखिल क्रान्तिकारी लगायतका भार्तृ सँगठनहरु मुलुकभरी आतँक र अराजकता मच्चाउन सकृय पारीएका छन । त्यसमा यूथ फोर्स, थारुहट सेना,मधेश वाहिनी लगायत तराइ-मधेश तथा पूर्वी पहाडका दर्जनौँ सशस्त्र समुहहरुले होस्टेमा हैँसे गरिरहेका छन । कर्मचारीतन्त्रमा गरिएको अवाञ्छित छेडखानी, न्यायपरिषद विवाद, पशुपतीकाण्ड,प्राज्ञ नियुक्तिमा मनोमानी,सेवाकेन्द्र स्थापना,सेना भर्ती, अध्यादेश, जस्ता विवादहरु यसै उद्देस्यलाई केन्द्रमा राखेर गरिएका रिहर्सलहरु हुन ।
वस्तुत: नेपालमा अहिले अजिबोगरिब अग्रगमन भईरहेको छ । काम गर्न सकिएन भन्ने, सरकार छोड्नु नपर्ने ! उल्टो बाटो हिँड्ने कहीँ पुगिएन भनेर रुने ! सरकार चलाऊन नसक्ने, सत्ता कब्जा गर्छु भन्ने । पीडित दण्डित हुने ! पीडक अभिनन्दित हुने ! दण्डहीनता बढ्यो भनेर नथाक्ने अनि गुण्डा, लुटेरा,हत्यारा, बलत्कारीलाई माफी दिने (ती मध्य कतिपयलाई माओवादी पार्टीले पदोन्नतिका साथ पुरस्क्रित गरिसकेको छ भने कति हुने क्रममा छन ।) ! निहत्था शिक्षक्, विध्यार्थी, कर्मचारी, अन्य दलका कार्यकर्त्ता,समर्थक र सर्वसाधारणलाइ मार्ने क्रममा ज्यान गुमाउन पुगेका लडाकुहरुलाई शहीद् घोषणा गर्ने ! माओवादी जल्लादहरुले पाशविक रुपमा हत्या गरेका र विस्थापित बनाइएका हज्जारौँ परिवार घर न घाटको जीवन बाँचीरहने ! एकातिर कब्जा गरिएका घर-जग्गा फिर्ता गर्नु नपर्ने ! अर्कातिर सरकारले जनसेनाको नाममा माओवादी कार्यकर्ताको भरण-पोषणमा अर्बौँ रुपैयाँ फुँकीरहने ! यस्तो शाहस बिनाकुनै उद्देस्य कसैले गर्न सक्छ ? हाका-हाकी गरिएको यस्तो अन्याय र पक्षपातले मुलुकलाई अभूतपुर्व द्वन्द्व र प्रतिशोधको भुङ्ग्रोमा ठोस्ने निश्चित छ भन्ने कुरा कमरेड प्रचण्डलाइ थाहा नभएको हो र ? हामीकहाँ अभ्यास भईरहेको यस्तो अजीबको अग्रगमनको स्वभाविक परिणाम मुठभेड,अराजकता,अव्यवस्था र भद्रगोल नै हो भन्ने कुरा गरेरै देखाइदिँदा पनि बुद्दिजीवी, नागरिक समाज र राजनैतिक दलहरुले बुझ्न नसकेपछी वा बुझेर पनि बुझपचाउन खोजे पछी बाबुराम भट्टराई पड्किनु परेको अवस्था हो यो । समस्या प्रष्टै के देखियो भने सरकार भयँकर मुठभेड खोजिरहेको छ, तर उसँग पँगा लिने छातीमा रौँ उम्रेको कोही छैन । बुटवल महाधिवेशन पछी एमाले बाघको पुच्छरमा बाँधिएको स्याल बनेको छ जसको नीयतीनै लतारिनु र ठक्कर खानु हो भने काँग्रेस हूतिहारा, निकम्मा र गफाडीहरुको अखडामा परिणत हुँदैछ जसको हातबाट ढलेको सिन्को ठाडो हुने देखिँदैन भने मुठभेडको त कल्पनै नगरौँ ।
बबुरामको यस स्पष्टोक्तीबाट माओवादीले द्वन्द्वकालमा उठान गरेका क्षेत्रीय,जातीय र साम्प्रदायिक मुद्दाहरुको पनि रहस्योद्घाटन भएको छ । मुलुकका हरेकजसो क्षेत्र जात,जाती र सम्प्रदायमा अहिले अभुतपुर्ब बेचैनी र असुरक्षाको भाव बढ्दो छ । एउटा निश्चित बिन्दुमा पुगेपछी यस्तो असुरक्षा,आशँका र बेचैनीले सामाजिक सुसम्बन्ध, बन्धुत्व, सहिस्णुता र अन्तत:नेपाली राष्ट्रीयता र अखण्डतामा आघात पुर्याउने निश्चित हो । यहाँनेर माओवादीले आफ्नो वर्गिय दृष्टिकोणलाई गज्जबले क्षेत्रीयता र जातीयतामा अन्तरघुलन गरेर देखाइदिएको छ । कौटिल्यलाई "हाम्रो राष्ट्रीयता नेपाली होइन" भन्न सक्ने र ज्वाला सिँहलाइ "सिमाना बाँड्फाँडका लागि वार्ता गर्ने" भनेर भन्न सक्ने दुस्साहस हठात आएको होइन । अहिले जसरी जोर-स्वरका साथ जातीय-क्षत्रीय र भाषिक स्वायत्तताका नारा बुलन्द हुँदै छन तिनमा नेपालीत्वको रँग शनै:शनै: फिक्का पर्दै गैरहेको छ । अहिले पश्चिम तराइ नियन्त्रण बाहिर जांदै छ । मैमत्ता पारामा ल्याइएको अध्यादेशले मधेशमा अागो झोंकेको छ । अहिलेसम्म पाँच जनाको ज्यान गैसकेको छ भने लगातारको बन्दले जनजिवन कष्टकर बनेको छ । यो सुनियोजित रूपमा लडाउ र राज गरको नीति अन्तरगत सरकारद्वारा चालिएको घिनलाग्दो चाल हो । परस्परमा द्वन्द्व, अविश्वास,इर्स्या र बदलाभावको प्रतिफल भनेको पनि अव्यवस्था र भद्रगोल नै हो जो सुरसाको मुख जस्तो झन-झन फुक्दै गैरहेको छ । यो सुरसाको थुतुनोको जन्मदाता र पालनकर्त्ता माओवादी नै हो । अब यसको सँहार कसरी कसले र कुन रुपमा गर्ने हो भन्ने कुरा अनिश्चित बनेको छ ।
यसरी मुलुकमा कलह, गुण्डाराज,दण्डहीनता र त्रासदीको माहौल खडा गरेर सर्वसाधारणलाइ भयभीत पार्ने, सारा मुलुकलाई अराजकताको आगोमा झोँकेर यसको कारक वर्तमान व्यवस्था,नियम-कानून र कर्मचारीतन्त्रलाइ ठहर्याएर आफू चोखै उम्किने, शाम-दाम-दण्ड-भेद प्रयोग गरेर सरकारमा सहयोगी दलहरुलाई नियन्त्रणमा राख्ने ,भयानक चक्रब्युहमा फसाएर प्रतिपक्षलाई निकम्मा बनाउने, एक्लाउने र सडक-सदन कतै खुट्टा टेक्न नदिने , बिभिन्न हथकण्डा अपनाएर स्थायी प्रतिपक्षको रुपमा रहने सँचार जगतको जीब्रो थुत्ने, नेपाली सेनामा जनसेना घुसाएर सत्ता कब्जा गर्ने, नेपाललाइ जनवादी गणतन्त्र घोषणा गर्ने र अधिनायकत्व लागू गर्ने भयानक योजनाका साथ माओवादी अगाडी बढीरहेको छ । यसै योजनाका तहत नै सेनाको थाप्लोमा पहिले सरकार र अहिले सर्वोच्च बजारिएको छ भने जनसेनामा भर्ती खोल्ने घोषणा पनि सँगसँगै गरिएको छ । सरकारबाट हट्नुपरे सत्ता कब्जा गर्ने भनेर प्रचन्डले लहडमा भनेका होइनन । वास्तवमै माओवादी त्यस दिशामा धेरै अगाडी बढीसकेको छ । यसमा सिद्धान्तत:माओवादीहरु प्रष्ट र इमान्दार पनि देखिएका छन । उनिहरुले जे भनिरहेका छन त्यो गरिरहेका पनि छन । भरखरै माओवादीले सार्वजनिक गरेको मस्यौदा सँविधान हेर्दा र बाबुराम भट्टराईको "कि त हामीले भनेजस्तो संविधान लेखिन्छ, होइन भने कसैको पनि संविधान बन्दैन ।" भन्ने कथनलाइ गम खाँदा उनिहरुको इरादा डरलाग्दो देखिन्छ ।
यहाँनेर के बुझ्न जरूरी छ भने निर्वाचनमा भाग लिनु वा सत्तामा जानु गैर मार्क्सवादी कुरा होइन । यो पनि सँघर्षको एउटा रुप हो । त्यसैले माओवादी अब सुध्र्यो ,बहुदलीय प्रतिस्प्रधालाइ अँगिकार गर्यो भन्नेजस्ता काल्पनिक कुरा गर्नु सोम शर्माको सातु बाहेक केही होइन । सकिन्छ भने सम्पूर्ण रुपमा प्रतिकार गर्ने हो ,के कति कारणले उनिहरुले लाद्न खोजेको अधिनायकवाद् गलत छ भनेर जनतालाई सम्झाउने हो सकिन्न भने बाटो तताउने हो । माओवादीले यसो गरेन र उसो गरेन भनेर रोइ-कराइ गर्नुको कुनै तुक छैन । रुँदै हाँस्नु र हाँस्दै रुनु जगहँसाइ बाहेक केही होइन । जे कुरा उनिहरुले भनिरहेका छन र गरेर देखाइदिएका छन त्यसमा अन्यार्थ खोज्नुको कुनै अर्थ छैन ।
माओवादी पार्टी मार्क्सवाद लेनिनवाद र माओ बिचारधाराको कसीमा कहीँ चुकेको देखिँदैन । दीर्घकालिन सशस्त्र सँघर्ष , कम्युनिष्ट पार्टीको अधिनायकत्व र जनवादी केन्द्रियता जस्ता मूलभूत कुराहरुमा माओवादी टसमस भएको छैन र हुने सँकेत पनि छैन । सबैले आ-आफ्नो सिद्धान्त अनुकुलको राजनीती गर्ने हो । माओवादीले पनि त्यही गरिरहेको छ जो उसको सिद्धान्त बमोजिम गर्नुपर्ने हो । पहरो नफोरी बाटो बन्दैन । घडेरी नखनी घर बन्दैन । ध्वँस नगरी निर्माण हुँदैन । माओवादी अहिले पहरो फोर्दै छ,घडेरी खन्दै छ र ध्वँस गर्दै छ । पुरानो व्यवस्था,शक्ती,सँरचना र संस्कार खत्तम गर्न कम्मर कसेर लागेको छ ,ज्यान फालेर खटेको छ । अब पूर्ण रुपमा अव्यवस्था र भद्रगोल कायम गर्ने मुकाममा पुग्न-पुग्न थाले जस्तो देखिएको छ । यसरी कायम हुने चरम अव्यवस्था र भद्रगोलबाट माओवादीले सत्ताहात पार्छ वा पत्ता साफ हुन्छ भन्ने हेर्न २-४ वर्ष पर्खनै पर्नेछ । माओवादीको भाग्यसँगै नेपाल "क्यूबा बन्ने कि क्याम्बोड्या" भन्ने पनि निश्चित हुनेछ । माओवादीको यो प्रयोग पछी कि त माओवादी कि त नेपाल यथास्थितिमा रहन नसक्ने चाहिं निश्चित हो ।
Published at : यूरोपको नेपाली पत्र तथा http://www.nepalbritain.com/contents.php?q=2dd6772cbd6c61ae233d2f3743dbe43a4
03.03.2009 kshetriindra@yahoo.com Belgium .

Comments