गजल

थर्पुमा च्याँखे थापीएको, जुवा यो जीन्दगी !
यति हल्का कि सिमलको भुवा यो जीन्दगी !!
अाफ्नो वरीपरी, तिम्ले सिउंडी उमारे पछी,
घरको भयो न घाटको भतुवा यो जीन्दगी !
अस्थिरता, अनिश्चय र भ्रम हरदम यहाँ,
कुहिरो, तुवाँलो र धुंवा यो जीन्दगी !
रमझम-रमितामा, रोदी र सोरठीमा ,
गजबले लक्ष भुलेको बटुवा यो जीन्दगी !
'इन्द्र' तेरो ठाँट-बाँट र तडक-भडक देखी ,
यसै उतर्सीएको पानी मरूवा यो जीन्दगी !
-----------------000---------------------------
यति हल्का कि सिमलको भुवा यो जीन्दगी !!
अाफ्नो वरीपरी, तिम्ले सिउंडी उमारे पछी,
घरको भयो न घाटको भतुवा यो जीन्दगी !
अस्थिरता, अनिश्चय र भ्रम हरदम यहाँ,
कुहिरो, तुवाँलो र धुंवा यो जीन्दगी !
रमझम-रमितामा, रोदी र सोरठीमा ,
गजबले लक्ष भुलेको बटुवा यो जीन्दगी !
'इन्द्र' तेरो ठाँट-बाँट र तडक-भडक देखी ,
यसै उतर्सीएको पानी मरूवा यो जीन्दगी !
-----------------000---------------------------
Comments