गजल

चुनौति छ जिजीविषा, यहाँ बारम्बार हेर्नोस !!
कस्तो दिनमा जन्मीएछ,आतङ्कमै बाँच्नु पर्ने ,
यत्र-तत्र सर्वब्याप्त, खुकुरीको धार हेर्नोस !
अस्थिरता, अनिश्चय र, अशान्ती हरदम यहाँ ,
आशँका छ मगजभरी, दिलमा हाहाकार हेर्नोस !
भूगोलमा छ पाउ त के भो ? अन्तरले आकाश चुम्छ ,
समुन्द्र छ छाती हाम्रो, उभेको निधार हेर्नोस !
बीच शहरको लावा-लश्कर, सवयात्रा जस्तो लाग्छ ,
चीरनिन्द्रामा हो कि विवेक, फोरी गजबार हेर्नोस !
------------------------000-------------------------
Comments