गजल


अनेकौँ मोड्हरूमा मरेर, बारम्बार बाँच्दै छु !
प्राप्तीविहीन सँधर्षको, उपसँहार बाँच्दै छु !!

वर्ष-वर्ष गरेर, एउटा सग्लो कार्यकाल बित्यो ,
के पाएँ ?गुमाएँ के ?वस्तुतः यस्तै दोधार बाँच्दै छु !

यस्तो भयङ्कर आँधी चल्यो, कि कायापलट भयो ,
प्लेगले ओकलेको म, धम्कीको बिमार बाँच्दै छु !

ठूल्ठूला शक्तीस्तम्भ, जो कालचक्रमा भासिए गए ,
सौजन्य यो जीवन, मृत्युबाट फरार बाँच्दै छु !

'इन्द्र' ! तेरो वक्रनजरको, म शिकार बाँच्दै छु !
यस दण्डकारण्यमा, बनेर ठूलो भार बाँच्दै छु !!

-------------------000----------------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा