गजल


यो उतार-चढाव अनि कालचक्र !
तनाव-भडकाव अनि कालचक्र !!

तिम्रा आदर्शको देख्यो के हाल छ,
गृहकलह-मनमुटाव अनि कालचक्र !

मक्ख थियौ,युद्ध जीतेथ्यौ के पायौ ?
त्रासदी अभाव अनि कालचक्र !

तिमि हताश छौ,खोइ त्यो जोश,
विषुवत स्वभाव अनि कालचक्र !

मान्छे,मानव बन्नलाइ वाञ्छनीय छ ,
एक अर्को इन्कलाब अनि कालचक्र !

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा