गजल

ती वचन के भए, कहाँ गए ती कसम् ?
तिमी कता गयौ, कहाँ हरायौ पूनम् ??

जीवनको हर मोडमा,उही विछोड्को क्रम् !
कति सहूँ ए जून् ! पीर,वेदना र जखम् ?

सर्वथा रित्तो छु,तिमि बिना म खोक्रो छु,
तन्-मनमा तिमि छौ, तिम्रै छ चाह हरदम् !

प्रेमको उत्तरार्द्धमा,कुन गोलार्द्ध पुग्यौ प्रिय ?
कहाँ पाउँछौ तिमि,सत्यमम्-शिवम्-सुन्दरम् ??

फेरी मधुमास आयो,चमेली सुवास छायो,
तिमी कहाँ चाँदनी ? किन भूल्यौ यो मौसम् ??

--------------------000------------------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा