गजल
हाँगाबाट आज फूल झरेको छ !
यताबाट त्यो मन कतै सरेको छ !!
शव्द-शव्द थाले पड्कन अचेल,
बचनमा तिम्रो बारूद भरेको छ !
अशान्त छौ तिमी अधीर छौ मान्दछु,
तर मेरो मायाँ कहाँनेर मरेको छ ?
तिम्रा पनि विघ्न-वाधा हुनन धेरै,
हूरी चलेको छ,चट्याङ परेको छ !
तिमी तर्केको क्षण म बिर्सुँ कसरी ?
परन्तु दिल नदुख्ने प्रण गरेको छ !
मानौँ एउटा सँकट आज टरेको छ !
यताबाट त्यो मन कतै सरेको छ !!
-------------------000------------------------
यताबाट त्यो मन कतै सरेको छ !!
शव्द-शव्द थाले पड्कन अचेल,
बचनमा तिम्रो बारूद भरेको छ !
अशान्त छौ तिमी अधीर छौ मान्दछु,
तर मेरो मायाँ कहाँनेर मरेको छ ?
तिम्रा पनि विघ्न-वाधा हुनन धेरै,
हूरी चलेको छ,चट्याङ परेको छ !
तिमी तर्केको क्षण म बिर्सुँ कसरी ?
परन्तु दिल नदुख्ने प्रण गरेको छ !
मानौँ एउटा सँकट आज टरेको छ !
यताबाट त्यो मन कतै सरेको छ !!
-------------------000------------------------
Comments