नयाँ नेपाल : चिली वा भेनेजुएला !
-इन्द्र क्षेत्री 
एलाण्डेकालिन चिली,ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भएपछि त्यहाँ अधिनायकवादको सफल अभ्यास भैरहेको छ । चिलीमा साल्भाडोर एलाण्डे र भेनेजुएलामा ह्यूगो चावेज दुबैजना जनमत जीतेर नेतृत्वमा स्थापित भएका हुन । यस अालेखमा यि ल्याटिन अमेरिकी देशका भिन्न-भिन्न कालखण्डमा सम्पन्न भएका तर समान चरित्रका पछिल्ला विद्रोह र प्रतिविद्रोहहरूको कसिमा हाम्रो सन्दर्भलाइ हेर्ने प्रयत्न गरिएको छ ।
१- चिली र सैन्य विद्रोह
ल्याटिन अमेरिकन राष्ट्र चिलिमा १९७० मा सम्पन्न विवादास्पद राष्ट्रपतीय चुनाव जीतेर साल्भाडोर एलाण्डे विश्व इतिहाँसमा प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति बने । सेनाको अलिच्छाका बावजूद एलाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको सत्तारोहणका बेला चिली अहिलेको नेपाल जस्तै अार्थिक दुरावस्था,न्यून अार्थिक वृद्धि,चर्को मुद्रास्फिति,अायको असमान वितरण र मुलुकको अर्थतन्त्रमा मुठ्ठीभर ब्यक्तिहरूको हालिमुहाली जस्ता समस्याले ग्रस्त थियो । एलाण्डेले अाफ्नो कार्यकालको शुरूवात अार्थिक सुधार अभियानबाट गरे । फलस्वरूप प्रथम वर्षमै अार्थिक वृद्धदर ८.६ प्रतिशत पुग्यो,मुद्रास्फिति ३४ बाट २२ प्रतिशतमा झर्यो । औध्योगिक उत्पादन १२ प्रतिशतले बढ्यो ।
अर्थतन्त्रको यो सामान्य सुधारसँगै उनले राज्यका अँगहरूमा राजनैतिक सिकञ्जा कस्दै लग्न थाले । १९७१ मा चिली भ्रमणमा अाएका क्यूबन कम्यूनिष्ट राष्ट्रपति फिडेल क्यास्ट्रोले चिलियन अग्रसरता क्यूबन समाजबाद हुँदै अन्ततः सोवियत साम्यबादमा परिणत हुने उद्घोष गरे । यहिँबाट बिख्यात चिलियन सैन्यबिद्रोहको गर्भधारण भयो । सरकारको एकपक्षीय अार्थिक सुधार कार्यक्रमबाट असन्तुष्ट बनेका सम्पन्न वर्ग र गैरमार्क्सवादी दलहरूको दवाव बढ्न थाल्यो । सरकारले लागू गरेको नयाँ मौद्रिक नीतिका कारण १९७१ मा सुधार देखिएको मुद्रास्फिति दर १९७२ मा एक्कासि बढेर १४० प्रतिशत पुग्यो । यसको जिम्मेवार कालोबजारी भएको ठहर गर्दै अाधारभूत वस्तुहरूको उत्पादन र वितरण प्रणालीमा सरकारको नियन्त्रण कायम गरियो । यसले गर्दा चिलियन समाज अभूतपुर्व द्वन्द्वमा फस्न पुग्यो । ट्रक मालिकहरूको ट्रेड यूनियनले राष्ट्रब्यापी अनिश्चितकालिन हड्ताल शुरू गर्यो । त्यसमा साना व्यवसायी,पेशागत सँगठनहरू र विद्यार्थीहरू सामेल भए । यो ३४ दिन चलेको अान्दोलनले सेनाप्रमुख कार्लोस प्राटसलाइ गृहमन्त्री बनाएर विश्राम लियो । एलाण्डेको सहयोगी दल कृश्चियन डेमोक्र्याट गठबन्धनबाट अलग्गिएर विपक्षी न्याशनल पार्टीमा विलय भयो । यसै मेसोमा कलोनेल रोबर्टोले असफल सैन्य बिद्रोह गरे । खानी मजदूरहरूले अाम हडताल अाह्वान गरे । चौतर्फी घेरबन्दीमा परेको एलाण्डे सरकारले सँविधान र कानूनको खुलेअाम धज्जी उडाउन थाल्यो । सर्वोच्च अदालतले विधिको सम्मान गर्न सरकारलाइ सार्वजनिक रूपमै अपील गर्यो । व्यवस्थापिकाले सरकारद्वारा अधिनायकवाद शूरू गरिएको भन्दै सँवैधानिक
सर्वोच्चता बचाउन सेनालाइ अाग्रह गर्यो ।
यति हुँदा पनि जनताको दुहाइ दिँदै एलाण्डे सरकार सत्ता कब्जाको अभियानमा अग्रसर हुन थालेपछी सर्वोच्च अदालतले सर्वसम्मतिले एउटा प्रस्ताव पारित गरि सरकारले अदालतको अादेशको बर्खिलाप गरि कानूनी अाधार गुमाइसकेको र विधिको सर्वोच्चताको सम्मान नगरेको घोषणा गर्यो । त्यसै गरि व्यवस्थापिकाले ४७ का विरूद्ध ८१ मतले एक प्रस्ताव पारित गरि सरकारमाथी विधायीकाको बेवास्ता गरेर अध्यादेशबाट शाशन सञ्चालन गरेको,अाफ्ना भार्तृ सँगठनका कार्यकर्ताहरू विरूद्ध अदालतले गरेको फैसला कार्यान्वयन नगरेको,अदालतको घोषणा र निर्णयहरूको सम्मान नगरेको,सञ्चार माध्यमहरूमा हस्तक्षप गरेको,अाफ्ना समर्थकलाइ हतियारले सुसज्जीत गरेको र अरूलाइ बन्देज लगाएको, गैरकानूनी रूपमा कब्जा गरिएका सम्पत्ति,घरजग्गा र कलकारखानाहरूलाइ मान्यता दिएको अादि अारोप लगाउँदै सँवैधानिक सर्वोच्चता,कानूनी राजको सुनिश्चितता र अाधारभूत लोकतान्त्रीक मूल्य-मान्यताहरूको सँरक्षणको लागि तुरून्तै हस्तक्षप गर्न सेनालाइ अनुरोध गर्यो । त्यसै गरि पारित प्रस्तावमा एलाण्डे सरकार स्पष्ट रूपले सत्ता कब्जा गर्ने र सधैँको लागि अधिनायकवाद लागू गर्ने योजनामा रहेको घोषणा गरियो र सेनासँग मुठभेड गर्ने उद्देश्यले विकास गरिएका सरकार सँरक्षित प्यारामिलिटरी र सशस्त्र समुहहरूको अालोचना गर्दै तुरून्तै तिनिहरूको विघटनको माग गरियो ।
तर पनि उनले हार मानेनन । बरू चेम्बर अफ डेपुटीज (व्यवस्थापिका) को घोषणालाइ दुइतिहाइ मत प्राप्त नभएको भनि खारेज गरिदिए । उनले यस घोषणालाइ जननिर्वचित सरकार र जनअाकाँक्षाका विरूद्ध विस्तारवादी शक्तिहरू र सिमित वर्गको स्वार्थको लागि नागरिक सर्वोच्चताको विरूद्ध सैन्य सर्वोच्चता स्थापना गर्ने प्रयासको रूपमा ब्याख्या गरे । प्रतिकृयामा उनले अाफूले सँविधानको सम्मान गरेको,सैन्य कू मा सामेल हुनेहरूलाइ क्षमादान दिएको र मुलुकको शान्ती सुरक्षा सुदृढ होस भनेर सेनाप्रमूखलाइ गृह र रक्षा मन्त्री नियुक्त गरेको स्मरण गराए । उनले सँसदले यो प्रस्ताव पास गरेर लोकप्रिय जनमतको अपमान र कार्यपालिकाको अधिकारक्षत्रमा हस्तक्षप गरेको अारोप लगाए । सेना र प्रहरीमा बिभाजन ल्याएर भए पनि अगाडी बढ्ने एलाण्डेको प्रयासलाइ सेना र प्रहरीले अवज्ञा गरे। चिलियन प्रजातन्त्र कसैको बपौति नभएको भन्दै यसको रक्षाको लागि तयार रहन उनले किसान,मजदूर,सबै प्रजातन्त्रवादी र देशभक्तहरूलाइ अाह्वान गरे ।
तर उनले जति जनमतको दुहाइ दिए पनि राजधानी साण्टीएगो तथा देशका अन्य भागहरूमा दृस्य भिन्न थियो
। सरकार,मन्त्रीहरू र उनको दलका कार्यकर्ताहरू तिरस्कृत र हाँस्यपात्र बनिसकेका थिए । देशभरीनै लगातार रूपमा प्रदर्शनहरू भैरहेका थिए । यसैक्रममा रक्षामन्त्री जनरल कार्लोसले साण्टीयागोको सडकमा अाफूलाइ गिज्याउने एकजना महिलामाथि गोली चलाएपछी सर्वसाधारणको लछारपछारमा परेर मारिनै थालेको बेला एकजना ट्याक्सी चालकले भगाएर ज्यान बचाइदिएको घटनाले चिलीयन राजनीतिको दिशानै बदलीदियो । यो अपमान र तिरस्कार सहन नसकेपछि उनले सरकारबाट राजीनामानै दिए । एकजना निहत्था महिलामाथी गोली हान्ने बहादुरी गरेको भनेर समकक्षीहरूबीच ठट्टा र कटाक्ष हुनथालेपछि उनले सेनाप्रमूखबाट पनि राजीनामा दिए । सरकारलाइ निरँकुश हुनबाट रोक्ने म्याण्डेटका साथ जनअान्दोलनबाट सरकारमा घुसाइएका उनले अाफ्ना पुर्ववर्ति रक्षामन्त्री रेने स्नाइडरको "सरकारमा सेनाको अहस्तक्षपको सिद्धान्त "Schneider Doctrine"मानै अडान राखेपछि उनि असाध्यै अलोकप्रिय बनेका थिए । उनको राजीनामाले सरकारको सेनामाथिको नियन्त्रण विधिवत रूपमा समाप्त गरिदियो भने जनरल अगस्तो पिनोचे सेनापति भए । उनले "Schneider Doctrine"लाइ "National Security" मा परिवर्तन गरे । यहि नै चिलीयन सैन्य विद्रोहको सिलान्यास थियो ।
११ सेप्टेम्बर १९७३ को एकाबिहानै चिलियन जलसेनाले सामरिक उच्च महत्वको भाल्पारिजो पोर्ट, रेडियो स्टेशन र टेलिभिजन कब्जा गर्यो । यो खबर पाउनासाथ राष्ट्रपति एलाण्डे अाफ्नो दलका लडाकू जत्था (Group of Personal Friends) लिएर राष्ट्रपति भवन ला मोनेडा हानिए । एक घण्टा भित्रै स्थल सेनाले महत्वपूर्ण स्थानहरू कब्जा गरिसकेको थियो भने बाँकी ठाउँमा हवाइसेनाले बमवर्षा गरिरहेको थियो । रक्षामन्त्री लेटलर यस बिद्रोहको प्रथम शिकार बने । उनलाइ रक्षामन्त्रालय पुग्नासाथ पक्राउ गरियो । को-को बिद्रोहमा सामेल छन र क-कसले सरकारको पक्षमा प्रतिकार गरिरहेको छ भन्ने थाहै नपाउँदै राष्ट्रपति एलाण्डे बन्दी बनाइए । बिहान सात बजे शुरू भएको सैन्य कारवाही नौ बजे सफलतापूर्वक सम्पन्न भयो । मध्यान्न बाह्र बजे निर्वाचित राष्ट्रपति होजे साल्भाडोर एलाण्डेको अात्महत्यासँगै चिलि पुर्णरूपमा सैन्य नियन्त्रणमा पुगेको घोषणा गरियो । उनले हरेक बक्तब्यमा उल्लेख गर्न नविर्सने जनता उनको प्रतिरक्षामा कतै देखिएन बरू सैन्य कूको सहायकनै बनेको देखियो । सरि एकदलीय अधिनायकवादको बिकल्प सैन्यवाद हुन पुग्यो ।
२-भेनेजुएला,असफल कू र ह्युगो चावेज
४ फरवरी १९९२ का दिन सैन्य बिद्रोह ( by MBR-200 coup)मा असफल भएपछि अात्मसमर्पण गरेका लेफ्टिनेण्ट कर्णेल ह्यूगो राफयल चावेजलाइ कू मा सँलग्न अन्य कमरेडहरूलाइ पनि त्यसै गर्न अनुरोध गराउन राष्ट्रीय टेलिभिजन सामू उपस्थित गराइए पछि उनले भनेका थिए-"पोर अहोरा" ! अर्थात अहिलेलाइ असफल । राष्ट्रब्यापी रूपमा प्रशारित उनको सारगर्भित अभिब्यक्तिले सरकारको असक्षमताबाट वाक्क भएका अधिकाँश गरीव भेनेजुएलीहरूको मन छोयो । उनि जेल हालिए तर उनको चर्चा भेनेजुएलाको सिमा नाघेर विश्वब्यापी बन्यो । दुइ वर्षे कारागार बसाइलाइ उनले अाफ्नो राजनैतिक मेनुफेस्टेशनको लागि सदुपयोग गरे । नवनिर्वाचित राष्ट्रपति राफायल कल्डेराबाट सन १९९४ मा क्षमादान पाएपछि उनले MBR-200(Revolutionary Bolivarian Movement 200) लाइ फिफ्थ रिपब्लिकन मुभमेण्ट (MVR—Movimiento Quinta República) को रूपमा पुनरगठन गरे । लगत्तै उनि बोलिभेरियनवाद (भेनेजुएलाका प्रख्यात मार्क्सवादी विद्वान साइमन बोलिभरको दर्शनमा अाधारित भेनेजुएलेन विशिष्ठता सहितको समाजबाद) को एजेण्डा तयार गरेर १९९८ मा हुने राष्ट्रपतीय निर्वाचनको तयारीमा लागे । चावेज र उनका समर्थकहरूले अामूल परिवर्तनको नारा दिए। यसको लागि विद्यमान सँविधान खारेज गरि अग्रगामी सँविधान निर्माण गर्ने कार्यक्रम तय गरियो । यसले गरिखाने वर्गमा अभूतपुर्व उत्साहको सञ्चार गर्यो । जनमत सर्वेक्षणले १९९८ को मे महिनामा चावेजको पक्षमा ३० प्रतिशत मत देखायो । त्यसको दुइमहिना पछि ३९ प्रतिशत र डिसेम्बर १९९८ मा भएको राष्ट्रपतिय चुनावमा त ५६ प्रतिशत मत ल्याएर उनि विजयी भए ।
कार्लमार्क्स,लेनिन र ट्राटस्कीबाट प्रेरित तथा ल्याटिन अमेरिकन मार्क्सवादी हस्तिहरू साइमन बोलिभर, फेड्रिको ब्रिटो फिगेरो,जोर्गे ग्रेटा,सालभाडोर एलाण्डे,चे ग्वेभारा,फिडेल क्यास्ट्रो,एजक्वेल जामोरा,साइमन रोड्रिगेज,जाँ वालेसा अादिको शिक्षा-दीक्षा र सरसँगतबाट प्रभावित चावेजको समाजबाद (बोलिभेरियनबाद) नोम चोम्स्कीका कृति र बाइबलमा उल्लेखित जिसस क्राइस्टका उपदेशहरूको सारसँक्षप भएको उनको दावी छ । उनको नजरमा जीसस प्रथम समाजवादी हुन । उनका समर्थकहरूले बोलिभेरियनबादलाइ चावेजबाद भन्न रूचाउँछन । वाचा गरे अनुसार वर्षदिनभित्रै नयाँ साविधानको लागि जनमत सँग्रह,सँविधानसभाको गठन,नयाँ सँविधान निर्माण र अर्को जनमत सँग्रहद्वारा त्यसको अनुमोदन गरियो । जसले राष्ट्रपतिलाइ असिमित अधिकार प्रदान गर्यो । राष्ट्रपतिय कार्यकाल पाँचबाट छ वर्ष र दुइ कार्यकाल कायम गरियो भने राष्ट्रपतिको प्रत्याव्हानको प्रावधान समेत राखियो । देशको नाम बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला राखियो । नयाँ सँविधान अनुसार सन २००० मा चावेज पुनः राष्ट्रपति निर्वचित भए ।
यसरी अाफु अनुकुलको सँविधान लागू गर्न सफल भएपछि राज्यका सबै अँगमा कडा नियन्त्रण शुरू भयो । अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको पेट्रोलियम उद्योग राष्ट्रीयकरण गरियो । सन २००२ र २००३ बीचको एकै वर्षमा ४५,००० मध्य १९,००० व्यवस्थापक र उच्च दक्ष प्राविधिकहरू पजनीमा परे । भेनेजुएलाभरि लाखौँ साना उद्यमीहरू अाफ्नो व्यवसाय बन्द गर्न बाध्य भए । विपक्षीहरूमाथि बेपत्ता दमनचक्र शुरू भयो । सञ्चारमाध्यमहरूमा चर्को सेन्सरसीप थोपरियो । फलतः ९ अप्रिल २००२ का दिन दुइदिन सम्म देशै ठप्प पार्ने गरि देशको सबैभन्दा ठूलो ट्रेड यूनियन हड्तालमा उत्रियो । साथमा हवाइ सेना र न्याशनल रिजर्भका जनरलहरूले साँकेतिक विद्रोह गरे जसलाइ तुरून्तै नियन्त्रणमा लीइयो । यसको दुइ दिनपछि २ लाख सम्मिलित जनप्रदर्शनमाथि भएको चावेज समर्थक भीजलान्तेहरूको सशस्त्र अाक्रमणमा २० जना प्रदर्शनकारी मारिए भने सयौँ घाइते भए । त्यसै साँझ राष्ट्रपति चावेज र दर्जनौँ मन्त्रीहरूलाइ राष्ट्रपति भवनमा सेनाले घेरा हाल्यो । सेनाले उनलाइ २० जनाको हत्याको मुद्दा खेप्ने वा देश छोड्ने मध्य एक बिकल्प रोज्न भन्यो । चावेजले सपरिवार क्युबा पलायन हुने इच्छा ब्यक्त गरे । सेनाले यसको ग्यारेण्टी लियो । त्यसपछि उनलाइ अज्ञात स्थलतिर लगियो । पेड्रो कार्मोना अन्तरिम राष्ट्रपति घोषित भए । उनले व्यवस्थापिका,सर्वोच्च अदालत तथा अन्य सँवैधानिक अँगहरू भँग गरे । तर कार्मोनाको नियुक्तिले उल्टो असर गर्यो । उनको समर्थन सैन्य पँक्तिमा मात्र सिमित रहेको, राजनैतिक पृष्ठभूमी नभएको र प्रयाप्त जनसमर्थन् नरहेको कारणले गर्दा सर्वत्र असन्तुष्टीको लहर पैदा भयो । फलस्वरूप लाखोँ मानिसहरू चावेजको समर्थन गर्दै राष्ट्रपति भवनमा जम्मा भए,मेट्रोपोलिटन प्रहरी मुकदर्शक बन्यो । चावेज समर्थक सुरक्षाकर्मी र जनसमुदाय मिलेर राष्ट्रपति भवन कब्जामा लिए । यसरी जनताको बलमा सैन्य कू असफल भै चावेजको पुनरागमन भयो ।
त्यसपछि भेनेजुएलामा चावेजवाद र उनको सत्ता निस्कँटक अगाडी बढीरहेको छ । भेनेजुएली राज्यसत्ता पूर्णतया चावेजको नियन्त्रणमा रहेको छ । २००३ पछि उनले समाजबाद लागू गर्ने क्रममा अाफुखुशी निर्णय गर्दै अाइरहेका छन । विधायिकाले यो अधिकार राष्ट्रपतिलाइ प्रदान गरेको छ । २००५ मा सम्पन्न विधायिकाको निर्वाचन प्रतिपक्षीले बहिस्कार गरेपछि पुरै १६७ विधायक उनकै दलका रहेकाछन । २००६ को राष्ट्रपति चुनाव उनले करिव दुइतिहाइ मतले जीते । राष्ट्रपतिय कार्यकालको समयसीमा हटाउने उनको प्रयास २००७ डिसेम्बरको जनमत सँग्रहमा अस्विकृत भए पनि २००९ को मार्चमा फेरी अर्को जनमत सँग्रह प्रायोजन गरि पारित गराइ छाडीएको छ । यसबाट चावेजको अाजीवन राष्ट्रपति हुने बाटो खुलेको छ । यी दुबै जनमत सँग्रह पनि प्रतिपक्षले बहिस्कार गरेको थियो ।
यस दौरान ब्यापक रूपमा मानवाधिकारको उलँघन गरिएको छ । गएका पाँच वर्षमा ६००० बढी गैरन्यायीक हत्या भएका छन । अक्टोबर २००६ देखी सेप्टेम्बर २००७ सम्मको १ वर्षमा १६५ जना विपक्षी राजनैतिक कार्यकर्ताको सुरक्षाकर्मीद्वारा दिनदहाडै हत्या गरिएको छ । सोहि अवधिमा ६९२ वटा वेपत्ता, अँगभँग र चरम यातना सम्बन्धी रिपोर्ट सार्वजनिक भएका छन । कुटपिट,गालीबेइज्जति र धाक-धम्कीका प्रकरणहरू त गनिसाध्य नै छैन । विपक्षी नेता (माराकाइबो नगरका मेयर तथा २००६ को राष्ट्रपति चुनावमा चावेजका निकटतम प्रतिद्वन्द्वी ) मेनुयल रोसल्सले हालसालै पेरूमा राजनैतिक शरण लिएका छन भने अर्का विपक्षी नेता (कराकस नगरका नवनिर्वाचित मेयर) एण्टोनियो लेडेज्मालाइ सुरक्षाकर्मी लगाएर कार्यालय प्रवेश गर्नबाट रोकिएको छ । २००२ को कू को समर्थन गरेको अारोपमा स्वतन्त्र मिडियाहरूको जिब्रो थुतिएको छ । अाधारभूत वस्तुहरूको उत्पादन र वितरण,पेट्रोलीयम उत्पाद र पूर्वाधार सेक्टरमा सरकारले जुनसुकै बेला हस्तक्षप गर्नसक्ने बनाइएको छ भने बैँकहरू राष्ट्रीयकरण गरिएका छन । राष्ट्रपति चावेजले समाजवाद स्थापनाको दिशामा अझ बढी क्रान्तिकारी कदमहरू चालिने वचन दिएका छन । यसरी भेनेजुएलामा निर्वाचनको माध्यमबाटै अधिनायकबाद लागू भएको छ ।
चिलीको विगत र भेनेजुएलाको वर्तमानको सँक्षिप्त अध्ययनपछि नेपालको अागतको अनुमान गर्न सहज हुनेछ ।
३-नेपाल कुन बाटोमा
नेपालको वर्तमान राजनैतिक परिवेशले भेनेजुएलाको झ-झल्को दिइरहेको छ भने माअोवादी,सेना र दलहरूबीचको द्वन्द्वले एलाण्डेकालीन चिलीको स्मरण गराउँछ । राजनीतिको दिशा र रफ्तार यहि रूपमा जारी रहने हो भने दलहरूसँग चिलीको मार्ग अवलम्बन गर्नुको बिकल्प रहनेछैन भने दलहरू यहि स्तरमा
कमजोर हुँदै जाने र नेपाली सेनाले तटस्थता (Schneider Doctrine) अपनाउने हो भने माअोवादीले चावेजपथ अनुसरण गर्ने पक्का छ । नेपाल लोकतान्त्रीक मार्गबाट विचलित भैसकेको छ । नेपालको चलायमान शक्ति सन्तुलन, बदलिँदो सामाजीक चरित्र र विद्यमान मानसिक बेचैनिको सुक्ष्म अध्ययन गर्दा उपरोक्त दुइ बिकल्प तुलनात्मक रूपमा कम हानिकारक र सँभाब्य विकल्पका रूपमा देखा पर्दछन । चर्चामा अाए अनुसारको बँगलादेश शैलिको शफ्ट कू माअोबादीले सँभव हुन दिनेछैन । म्याडागास्कर,गिनी,उत्तर कोरिया र खमेरकालिन क्याम्बोडियाका बिकल्पहरू पनि हामीसँग उपलव्ध त छन तर ती ज्यादै विवादास्पद र खतरनाक बिकल्पहरू हुन । यी जुनसुकै अवस्थामा अन्ततः नेपाली सेना र माअोबादी बीच निर्णायक मुठभेड (Decisive Encounter) वा पारस्परिक अन्तरघुलन (Reciprocal Adaptation) अपरिहार्य हुन्छ । माअोबादीले सेनालाइ साइजमा राख्न सक्यो र एमाले लगायतका सहयोगी दलहरूको गठबन्धन बचाउन सक्यो भने नेपाल भेनेजुएलाको मार्गमा अघि बढ्नसक्ने छ भने सेनाको वर्तमान रूझान कायम रहेको अवस्थामा एमाले-काँग्रेस र अन्य दलहरू एक हुने बित्तिकै मुलुक चिलीको बाटो लाग्न सक्छ । अहिलेको अवस्थामा माअोवादी बाहेकको नागरिक प्रशाशन असँभवप्राय छ ।
भेनेजुएलामा ह्युगो चावेज र उनको पाँचोँ रिपब्लिकन मोभमेण्टको भन्दा नेपालमा माअोबादी र प्रचण्डको अवस्था सुदृढ छ । चावेज निःशस्त्र जनसमर्थनको भरमा स्थापित र पुनरस्थापित भएका हुन भने प्रचण्डसँग लोकप्रिय जनसमर्थनसँगै पार्टीका हजारौँ मिलिसिया लगायत प्रशिक्षण प्राप्त जनसेना समेत सुरक्षीत छ । चावेजले उच्च सैन्यसेवामा रहेर अाधारभूमी तयार पारे भने प्रचण्ड चिनिया शैलीको दीर्घकालीन सशस्त्र सँघर्षमार्फत अाधारभूत तहबाट स्थापित भए । यसर्थ फिफ्थ मोभमेण्ट भन्दा माअोबादीका जराहरू दह्रो गरि गाडिएका छन । यसखाले नरम वाम कू को बर्खिलाप गर्न अन्तरराष्ट्रीय जगतलाइ पनि कठिन हुने कुराको प्रमाण हो भेनेजुएला ।
निष्कर्षमा दलहरूले चाहेअनुसार माअोवादी रूपान्तरण हुने वा जनताबाट टाढिने गुञ्जायस कम भएकोले दलहरूसँग सेनाको मूख ताक्नुको अर्को बिकल्प फिलहाल देखिँदैन । काँग्रेस-एमाले सँग लोकतन्त्रलाइ सफल निकास दिने क्षमता नभए पनि राजनीतिको दीशा बदल्न सक्ने शक्ति विद्यमान छ । त्यो भनेको चिली वा बङ्गलामार्ग नै हो । माअोबादीको परम्परावादी सैद्धान्तिक अडान कायम रहेसम्म लोकतान्त्रीक निकासको सँभावना ज्यादै न्यून छ । यस्तो अवस्थामा ठक्कर खाने दलहरूनै हुन, हार हुने लोकतन्त्रकै हो । माअोवादीको अाक्रामक नीति,लडाकू र हतियारले जनअनुमोदन प्राप्त गरेर प्रमूख दलहरू जनताबाट तिरस्कृत हुनुनै लोकतन्त्रको पराजय र सैन्यवादको विजय हो । जनताको यस्तै समर्थनबाट हिटलरको उदय भएको हो । जनसमर्थनबाटै साल्भाडोर एलाण्डेको पदार्पण भएको हो भने लोकप्रिय जनमत नभएको भए पिनोचेले दुस्साहस गर्न सक्ने थिएनन न त ह्यूगो चावेजको वापसी नै सम्भव थियो । अब नेपालमा लोकतन्त्र रहने वा एकतन्त्र कायम गर्ने भन्ने कुरा माअोबादी र नेपाली सेनाको हातमा पुगेको छ । नेपाली जनता, लोकतन्त्र र लोकतान्त्रीक दलहरू उनिहरूको निगाहभागी बन्दै गएका छन । यस्तो अवस्थामा पनि हाम्रो लोकतन्त्र र हाम्रा पार्टीहरू सकुशल उम्कन सफल भए भने हाम्रा नेताहरू यथार्थमै प्रशँशायोग्य भनेर मान्नुपर्ने हुन्छ ।
२८ अप्रिल २००९ बेल्जीयम । kshetriindra@yahoo.com
सन्दर्भ सामाग्री-

एलाण्डेकालिन चिली,ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भएपछि त्यहाँ अधिनायकवादको सफल अभ्यास भैरहेको छ । चिलीमा साल्भाडोर एलाण्डे र भेनेजुएलामा ह्यूगो चावेज दुबैजना जनमत जीतेर नेतृत्वमा स्थापित भएका हुन । यस अालेखमा यि ल्याटिन अमेरिकी देशका भिन्न-भिन्न कालखण्डमा सम्पन्न भएका तर समान चरित्रका पछिल्ला विद्रोह र प्रतिविद्रोहहरूको कसिमा हाम्रो सन्दर्भलाइ हेर्ने प्रयत्न गरिएको छ ।
१- चिली र सैन्य विद्रोह
ल्याटिन अमेरिकन राष्ट्र चिलिमा १९७० मा सम्पन्न विवादास्पद राष्ट्रपतीय चुनाव जीतेर साल्भाडोर एलाण्डे विश्व इतिहाँसमा प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति बने । सेनाको अलिच्छाका बावजूद एलाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको सत्तारोहणका बेला चिली अहिलेको नेपाल जस्तै अार्थिक दुरावस्था,न्यून अार्थिक वृद्धि,चर्को मुद्रास्फिति,अायको असमान वितरण र मुलुकको अर्थतन्त्रमा मुठ्ठीभर ब्यक्तिहरूको हालिमुहाली जस्ता समस्याले ग्रस्त थियो । एलाण्डेले अाफ्नो कार्यकालको शुरूवात अार्थिक सुधार अभियानबाट गरे । फलस्वरूप प्रथम वर्षमै अार्थिक वृद्धदर ८.६ प्रतिशत पुग्यो,मुद्रास्फिति ३४ बाट २२ प्रतिशतमा झर्यो । औध्योगिक उत्पादन १२ प्रतिशतले बढ्यो ।
अर्थतन्त्रको यो सामान्य सुधारसँगै उनले राज्यका अँगहरूमा राजनैतिक सिकञ्जा कस्दै लग्न थाले । १९७१ मा चिली भ्रमणमा अाएका क्यूबन कम्यूनिष्ट राष्ट्रपति फिडेल क्यास्ट्रोले चिलियन अग्रसरता क्यूबन समाजबाद हुँदै अन्ततः सोवियत साम्यबादमा परिणत हुने उद्घोष गरे । यहिँबाट बिख्यात चिलियन सैन्यबिद्रोहको गर्भधारण भयो । सरकारको एकपक्षीय अार्थिक सुधार कार्यक्रमबाट असन्तुष्ट बनेका सम्पन्न वर्ग र गैरमार्क्सवादी दलहरूको दवाव बढ्न थाल्यो । सरकारले लागू गरेको नयाँ मौद्रिक नीतिका कारण १९७१ मा सुधार देखिएको मुद्रास्फिति दर १९७२ मा एक्कासि बढेर १४० प्रतिशत पुग्यो । यसको जिम्मेवार कालोबजारी भएको ठहर गर्दै अाधारभूत वस्तुहरूको उत्पादन र वितरण प्रणालीमा सरकारको नियन्त्रण कायम गरियो । यसले गर्दा चिलियन समाज अभूतपुर्व द्वन्द्वमा फस्न पुग्यो । ट्रक मालिकहरूको ट्रेड यूनियनले राष्ट्रब्यापी अनिश्चितकालिन हड्ताल शुरू गर्यो । त्यसमा साना व्यवसायी,पेशागत सँगठनहरू र विद्यार्थीहरू सामेल भए । यो ३४ दिन चलेको अान्दोलनले सेनाप्रमुख कार्लोस प्राटसलाइ गृहमन्त्री बनाएर विश्राम लियो । एलाण्डेको सहयोगी दल कृश्चियन डेमोक्र्याट गठबन्धनबाट अलग्गिएर विपक्षी न्याशनल पार्टीमा विलय भयो । यसै मेसोमा कलोनेल रोबर्टोले असफल सैन्य बिद्रोह गरे । खानी मजदूरहरूले अाम हडताल अाह्वान गरे । चौतर्फी घेरबन्दीमा परेको एलाण्डे सरकारले सँविधान र कानूनको खुलेअाम धज्जी उडाउन थाल्यो । सर्वोच्च अदालतले विधिको सम्मान गर्न सरकारलाइ सार्वजनिक रूपमै अपील गर्यो । व्यवस्थापिकाले सरकारद्वारा अधिनायकवाद शूरू गरिएको भन्दै सँवैधानिक

यति हुँदा पनि जनताको दुहाइ दिँदै एलाण्डे सरकार सत्ता कब्जाको अभियानमा अग्रसर हुन थालेपछी सर्वोच्च अदालतले सर्वसम्मतिले एउटा प्रस्ताव पारित गरि सरकारले अदालतको अादेशको बर्खिलाप गरि कानूनी अाधार गुमाइसकेको र विधिको सर्वोच्चताको सम्मान नगरेको घोषणा गर्यो । त्यसै गरि व्यवस्थापिकाले ४७ का विरूद्ध ८१ मतले एक प्रस्ताव पारित गरि सरकारमाथी विधायीकाको बेवास्ता गरेर अध्यादेशबाट शाशन सञ्चालन गरेको,अाफ्ना भार्तृ सँगठनका कार्यकर्ताहरू विरूद्ध अदालतले गरेको फैसला कार्यान्वयन नगरेको,अदालतको घोषणा र निर्णयहरूको सम्मान नगरेको,सञ्चार माध्यमहरूमा हस्तक्षप गरेको,अाफ्ना समर्थकलाइ हतियारले सुसज्जीत गरेको र अरूलाइ बन्देज लगाएको, गैरकानूनी रूपमा कब्जा गरिएका सम्पत्ति,घरजग्गा र कलकारखानाहरूलाइ मान्यता दिएको अादि अारोप लगाउँदै सँवैधानिक सर्वोच्चता,कानूनी राजको सुनिश्चितता र अाधारभूत लोकतान्त्रीक मूल्य-मान्यताहरूको सँरक्षणको लागि तुरून्तै हस्तक्षप गर्न सेनालाइ अनुरोध गर्यो । त्यसै गरि पारित प्रस्तावमा एलाण्डे सरकार स्पष्ट रूपले सत्ता कब्जा गर्ने र सधैँको लागि अधिनायकवाद लागू गर्ने योजनामा रहेको घोषणा गरियो र सेनासँग मुठभेड गर्ने उद्देश्यले विकास गरिएका सरकार सँरक्षित प्यारामिलिटरी र सशस्त्र समुहहरूको अालोचना गर्दै तुरून्तै तिनिहरूको विघटनको माग गरियो ।
तर पनि उनले हार मानेनन । बरू चेम्बर अफ डेपुटीज (व्यवस्थापिका) को घोषणालाइ दुइतिहाइ मत प्राप्त नभएको भनि खारेज गरिदिए । उनले यस घोषणालाइ जननिर्वचित सरकार र जनअाकाँक्षाका विरूद्ध विस्तारवादी शक्तिहरू र सिमित वर्गको स्वार्थको लागि नागरिक सर्वोच्चताको विरूद्ध सैन्य सर्वोच्चता स्थापना गर्ने प्रयासको रूपमा ब्याख्या गरे । प्रतिकृयामा उनले अाफूले सँविधानको सम्मान गरेको,सैन्य कू मा सामेल हुनेहरूलाइ क्षमादान दिएको र मुलुकको शान्ती सुरक्षा सुदृढ होस भनेर सेनाप्रमूखलाइ गृह र रक्षा मन्त्री नियुक्त गरेको स्मरण गराए । उनले सँसदले यो प्रस्ताव पास गरेर लोकप्रिय जनमतको अपमान र कार्यपालिकाको अधिकारक्षत्रमा हस्तक्षप गरेको अारोप लगाए । सेना र प्रहरीमा बिभाजन ल्याएर भए पनि अगाडी बढ्ने एलाण्डेको प्रयासलाइ सेना र प्रहरीले अवज्ञा गरे। चिलियन प्रजातन्त्र कसैको बपौति नभएको भन्दै यसको रक्षाको लागि तयार रहन उनले किसान,मजदूर,सबै प्रजातन्त्रवादी र देशभक्तहरूलाइ अाह्वान गरे ।
तर उनले जति जनमतको दुहाइ दिए पनि राजधानी साण्टीएगो तथा देशका अन्य भागहरूमा दृस्य भिन्न थियो

११ सेप्टेम्बर १९७३ को एकाबिहानै चिलियन जलसेनाले सामरिक उच्च महत्वको भाल्पारिजो पोर्ट, रेडियो स्टेशन र टेलिभिजन कब्जा गर्यो । यो खबर पाउनासाथ राष्ट्रपति एलाण्डे अाफ्नो दलका लडाकू जत्था (Group of Personal Friends) लिएर राष्ट्रपति भवन ला मोनेडा हानिए । एक घण्टा भित्रै स्थल सेनाले महत्वपूर्ण स्थानहरू कब्जा गरिसकेको थियो भने बाँकी ठाउँमा हवाइसेनाले बमवर्षा गरिरहेको थियो । रक्षामन्त्री लेटलर यस बिद्रोहको प्रथम शिकार बने । उनलाइ रक्षामन्त्रालय पुग्नासाथ पक्राउ गरियो । को-को बिद्रोहमा सामेल छन र क-कसले सरकारको पक्षमा प्रतिकार गरिरहेको छ भन्ने थाहै नपाउँदै राष्ट्रपति एलाण्डे बन्दी बनाइए । बिहान सात बजे शुरू भएको सैन्य कारवाही नौ बजे सफलतापूर्वक सम्पन्न भयो । मध्यान्न बाह्र बजे निर्वाचित राष्ट्रपति होजे साल्भाडोर एलाण्डेको अात्महत्यासँगै चिलि पुर्णरूपमा सैन्य नियन्त्रणमा पुगेको घोषणा गरियो । उनले हरेक बक्तब्यमा उल्लेख गर्न नविर्सने जनता उनको प्रतिरक्षामा कतै देखिएन बरू सैन्य कूको सहायकनै बनेको देखियो । सरि एकदलीय अधिनायकवादको बिकल्प सैन्यवाद हुन पुग्यो ।
२-भेनेजुएला,असफल कू र ह्युगो चावेज
४ फरवरी १९९२ का दिन सैन्य बिद्रोह ( by MBR-200 coup)मा असफल भएपछि अात्मसमर्पण गरेका लेफ्टिनेण्ट कर्णेल ह्यूगो राफयल चावेजलाइ कू मा सँलग्न अन्य कमरेडहरूलाइ पनि त्यसै गर्न अनुरोध गराउन राष्ट्रीय टेलिभिजन सामू उपस्थित गराइए पछि उनले भनेका थिए-"पोर अहोरा" ! अर्थात अहिलेलाइ असफल । राष्ट्रब्यापी रूपमा प्रशारित उनको सारगर्भित अभिब्यक्तिले सरकारको असक्षमताबाट वाक्क भएका अधिकाँश गरीव भेनेजुएलीहरूको मन छोयो । उनि जेल हालिए तर उनको चर्चा भेनेजुएलाको सिमा नाघेर विश्वब्यापी बन्यो । दुइ वर्षे कारागार बसाइलाइ उनले अाफ्नो राजनैतिक मेनुफेस्टेशनको लागि सदुपयोग गरे । नवनिर्वाचित राष्ट्रपति राफायल कल्डेराबाट सन १९९४ मा क्षमादान पाएपछि उनले MBR-200(Revolutionary Bolivarian Movement 200) लाइ फिफ्थ रिपब्लिकन मुभमेण्ट (MVR—Movimiento Quinta República) को रूपमा पुनरगठन गरे । लगत्तै उनि बोलिभेरियनवाद (भेनेजुएलाका प्रख्यात मार्क्सवादी विद्वान साइमन बोलिभरको दर्शनमा अाधारित भेनेजुएलेन विशिष्ठता सहितको समाजबाद) को एजेण्डा तयार गरेर १९९८ मा हुने राष्ट्रपतीय निर्वाचनको तयारीमा लागे । चावेज र उनका समर्थकहरूले अामूल परिवर्तनको नारा दिए। यसको लागि विद्यमान सँविधान खारेज गरि अग्रगामी सँविधान निर्माण गर्ने कार्यक्रम तय गरियो । यसले गरिखाने वर्गमा अभूतपुर्व उत्साहको सञ्चार गर्यो । जनमत सर्वेक्षणले १९९८ को मे महिनामा चावेजको पक्षमा ३० प्रतिशत मत देखायो । त्यसको दुइमहिना पछि ३९ प्रतिशत र डिसेम्बर १९९८ मा भएको राष्ट्रपतिय चुनावमा त ५६ प्रतिशत मत ल्याएर उनि विजयी भए ।
कार्लमार्क्स,लेनिन र ट्राटस्कीबाट प्रेरित तथा ल्याटिन अमेरिकन मार्क्सवादी हस्तिहरू साइमन बोलिभर, फेड्रिको ब्रिटो फिगेरो,जोर्गे ग्रेटा,सालभाडोर एलाण्डे,चे ग्वेभारा,फिडेल क्यास्ट्रो,एजक्वेल जामोरा,साइमन रोड्रिगेज,जाँ वालेसा अादिको शिक्षा-दीक्षा र सरसँगतबाट प्रभावित चावेजको समाजबाद (बोलिभेरियनबाद) नोम चोम्स्कीका कृति र बाइबलमा उल्लेखित जिसस क्राइस्टका उपदेशहरूको सारसँक्षप भएको उनको दावी छ । उनको नजरमा जीसस प्रथम समाजवादी हुन । उनका समर्थकहरूले बोलिभेरियनबादलाइ चावेजबाद भन्न रूचाउँछन । वाचा गरे अनुसार वर्षदिनभित्रै नयाँ साविधानको लागि जनमत सँग्रह,सँविधानसभाको गठन,नयाँ सँविधान निर्माण र अर्को जनमत सँग्रहद्वारा त्यसको अनुमोदन गरियो । जसले राष्ट्रपतिलाइ असिमित अधिकार प्रदान गर्यो । राष्ट्रपतिय कार्यकाल पाँचबाट छ वर्ष र दुइ कार्यकाल कायम गरियो भने राष्ट्रपतिको प्रत्याव्हानको प्रावधान समेत राखियो । देशको नाम बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला राखियो । नयाँ सँविधान अनुसार सन २००० मा चावेज पुनः राष्ट्रपति निर्वचित भए ।
यसरी अाफु अनुकुलको सँविधान लागू गर्न सफल भएपछि राज्यका सबै अँगमा कडा नियन्त्रण शुरू भयो । अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको पेट्रोलियम उद्योग राष्ट्रीयकरण गरियो । सन २००२ र २००३ बीचको एकै वर्षमा ४५,००० मध्य १९,००० व्यवस्थापक र उच्च दक्ष प्राविधिकहरू पजनीमा परे । भेनेजुएलाभरि लाखौँ साना उद्यमीहरू अाफ्नो व्यवसाय बन्द गर्न बाध्य भए । विपक्षीहरूमाथि बेपत्ता दमनचक्र शुरू भयो । सञ्चारमाध्यमहरूमा चर्को सेन्सरसीप थोपरियो । फलतः ९ अप्रिल २००२ का दिन दुइदिन सम्म देशै ठप्प पार्ने गरि देशको सबैभन्दा ठूलो ट्रेड यूनियन हड्तालमा उत्रियो । साथमा हवाइ सेना र न्याशनल रिजर्भका जनरलहरूले साँकेतिक विद्रोह गरे जसलाइ तुरून्तै नियन्त्रणमा लीइयो । यसको दुइ दिनपछि २ लाख सम्मिलित जनप्रदर्शनमाथि भएको चावेज समर्थक भीजलान्तेहरूको सशस्त्र अाक्रमणमा २० जना प्रदर्शनकारी मारिए भने सयौँ घाइते भए । त्यसै साँझ राष्ट्रपति चावेज र दर्जनौँ मन्त्रीहरूलाइ राष्ट्रपति भवनमा सेनाले घेरा हाल्यो । सेनाले उनलाइ २० जनाको हत्याको मुद्दा खेप्ने वा देश छोड्ने मध्य एक बिकल्प रोज्न भन्यो । चावेजले सपरिवार क्युबा पलायन हुने इच्छा ब्यक्त गरे । सेनाले यसको ग्यारेण्टी लियो । त्यसपछि उनलाइ अज्ञात स्थलतिर लगियो । पेड्रो कार्मोना अन्तरिम राष्ट्रपति घोषित भए । उनले व्यवस्थापिका,सर्वोच्च अदालत तथा अन्य सँवैधानिक अँगहरू भँग गरे । तर कार्मोनाको नियुक्तिले उल्टो असर गर्यो । उनको समर्थन सैन्य पँक्तिमा मात्र सिमित रहेको, राजनैतिक पृष्ठभूमी नभएको र प्रयाप्त जनसमर्थन् नरहेको कारणले गर्दा सर्वत्र असन्तुष्टीको लहर पैदा भयो । फलस्वरूप लाखोँ मानिसहरू चावेजको समर्थन गर्दै राष्ट्रपति भवनमा जम्मा भए,मेट्रोपोलिटन प्रहरी मुकदर्शक बन्यो । चावेज समर्थक सुरक्षाकर्मी र जनसमुदाय मिलेर राष्ट्रपति भवन कब्जामा लिए । यसरी जनताको बलमा सैन्य कू असफल भै चावेजको पुनरागमन भयो ।
त्यसपछि भेनेजुएलामा चावेजवाद र उनको सत्ता निस्कँटक अगाडी बढीरहेको छ । भेनेजुएली राज्यसत्ता पूर्णतया चावेजको नियन्त्रणमा रहेको छ । २००३ पछि उनले समाजबाद लागू गर्ने क्रममा अाफुखुशी निर्णय गर्दै अाइरहेका छन । विधायिकाले यो अधिकार राष्ट्रपतिलाइ प्रदान गरेको छ । २००५ मा सम्पन्न विधायिकाको निर्वाचन प्रतिपक्षीले बहिस्कार गरेपछि पुरै १६७ विधायक उनकै दलका रहेकाछन । २००६ को राष्ट्रपति चुनाव उनले करिव दुइतिहाइ मतले जीते । राष्ट्रपतिय कार्यकालको समयसीमा हटाउने उनको प्रयास २००७ डिसेम्बरको जनमत सँग्रहमा अस्विकृत भए पनि २००९ को मार्चमा फेरी अर्को जनमत सँग्रह प्रायोजन गरि पारित गराइ छाडीएको छ । यसबाट चावेजको अाजीवन राष्ट्रपति हुने बाटो खुलेको छ । यी दुबै जनमत सँग्रह पनि प्रतिपक्षले बहिस्कार गरेको थियो ।
यस दौरान ब्यापक रूपमा मानवाधिकारको उलँघन गरिएको छ । गएका पाँच वर्षमा ६००० बढी गैरन्यायीक हत्या भएका छन । अक्टोबर २००६ देखी सेप्टेम्बर २००७ सम्मको १ वर्षमा १६५ जना विपक्षी राजनैतिक कार्यकर्ताको सुरक्षाकर्मीद्वारा दिनदहाडै हत्या गरिएको छ । सोहि अवधिमा ६९२ वटा वेपत्ता, अँगभँग र चरम यातना सम्बन्धी रिपोर्ट सार्वजनिक भएका छन । कुटपिट,गालीबेइज्जति र धाक-धम्कीका प्रकरणहरू त गनिसाध्य नै छैन । विपक्षी नेता (माराकाइबो नगरका मेयर तथा २००६ को राष्ट्रपति चुनावमा चावेजका निकटतम प्रतिद्वन्द्वी ) मेनुयल रोसल्सले हालसालै पेरूमा राजनैतिक शरण लिएका छन भने अर्का विपक्षी नेता (कराकस नगरका नवनिर्वाचित मेयर) एण्टोनियो लेडेज्मालाइ सुरक्षाकर्मी लगाएर कार्यालय प्रवेश गर्नबाट रोकिएको छ । २००२ को कू को समर्थन गरेको अारोपमा स्वतन्त्र मिडियाहरूको जिब्रो थुतिएको छ । अाधारभूत वस्तुहरूको उत्पादन र वितरण,पेट्रोलीयम उत्पाद र पूर्वाधार सेक्टरमा सरकारले जुनसुकै बेला हस्तक्षप गर्नसक्ने बनाइएको छ भने बैँकहरू राष्ट्रीयकरण गरिएका छन । राष्ट्रपति चावेजले समाजवाद स्थापनाको दिशामा अझ बढी क्रान्तिकारी कदमहरू चालिने वचन दिएका छन । यसरी भेनेजुएलामा निर्वाचनको माध्यमबाटै अधिनायकबाद लागू भएको छ ।
चिलीको विगत र भेनेजुएलाको वर्तमानको सँक्षिप्त अध्ययनपछि नेपालको अागतको अनुमान गर्न सहज हुनेछ ।
३-नेपाल कुन बाटोमा
नेपालको वर्तमान राजनैतिक परिवेशले भेनेजुएलाको झ-झल्को दिइरहेको छ भने माअोवादी,सेना र दलहरूबीचको द्वन्द्वले एलाण्डेकालीन चिलीको स्मरण गराउँछ । राजनीतिको दिशा र रफ्तार यहि रूपमा जारी रहने हो भने दलहरूसँग चिलीको मार्ग अवलम्बन गर्नुको बिकल्प रहनेछैन भने दलहरू यहि स्तरमा


निष्कर्षमा दलहरूले चाहेअनुसार माअोवादी रूपान्तरण हुने वा जनताबाट टाढिने गुञ्जायस कम भएकोले दलहरूसँग सेनाको मूख ताक्नुको अर्को बिकल्प फिलहाल देखिँदैन । काँग्रेस-एमाले सँग लोकतन्त्रलाइ सफल निकास दिने क्षमता नभए पनि राजनीतिको दीशा बदल्न सक्ने शक्ति विद्यमान छ । त्यो भनेको चिली वा बङ्गलामार्ग नै हो । माअोबादीको परम्परावादी सैद्धान्तिक अडान कायम रहेसम्म लोकतान्त्रीक निकासको सँभावना ज्यादै न्यून छ । यस्तो अवस्थामा ठक्कर खाने दलहरूनै हुन, हार हुने लोकतन्त्रकै हो । माअोवादीको अाक्रामक नीति,लडाकू र हतियारले जनअनुमोदन प्राप्त गरेर प्रमूख दलहरू जनताबाट तिरस्कृत हुनुनै लोकतन्त्रको पराजय र सैन्यवादको विजय हो । जनताको यस्तै समर्थनबाट हिटलरको उदय भएको हो । जनसमर्थनबाटै साल्भाडोर एलाण्डेको पदार्पण भएको हो भने लोकप्रिय जनमत नभएको भए पिनोचेले दुस्साहस गर्न सक्ने थिएनन न त ह्यूगो चावेजको वापसी नै सम्भव थियो । अब नेपालमा लोकतन्त्र रहने वा एकतन्त्र कायम गर्ने भन्ने कुरा माअोबादी र नेपाली सेनाको हातमा पुगेको छ । नेपाली जनता, लोकतन्त्र र लोकतान्त्रीक दलहरू उनिहरूको निगाहभागी बन्दै गएका छन । यस्तो अवस्थामा पनि हाम्रो लोकतन्त्र र हाम्रा पार्टीहरू सकुशल उम्कन सफल भए भने हाम्रा नेताहरू यथार्थमै प्रशँशायोग्य भनेर मान्नुपर्ने हुन्छ ।
२८ अप्रिल २००९ बेल्जीयम । kshetriindra@yahoo.com
सन्दर्भ सामाग्री-
History of Chile –Coup d'etat Chile-Chilian Supreme Court Resolution,-Chilian Chamber of Deputy's Resolution,- Allegation of State Terrorism by united state,-Government Junta of Chile,-Tanquetazo,-Chile under Allende-1992 Venezuelan Coup d'etat attempts,-Venezuelen Presidential Ellection 1998,-Bolivarienism,-Presidency of Hugo Chavez,-Bolivarian Revolution,-Annual reports of State Department2008AndWIKIPEDIA-Free EncyclopediaGoogle Search.
&
NepalBritain:@
Comments