गजल

मायाँमा म बर्बाद भएँ, सर्वस्व गुमाएँ !
जानी-जानी मैले तिम्लाइ,यो दिल लुटाएँ !!


अँोठ भए मदिरा ती, अँाखामा छ जादू ,
मदहोश म यन्त्रचालीत,शनै-शनै अाएँ !


गालामा स्याउ फलेको छ,चुल्ठो नागवेली,
त्यसमाथी यो छुनुमुनु,मैले मन पराएँ !


वाणीमा छ सूर तिम्रो,चालमा छ ताल,
ढुकढुकीले भाखा हाल्यो,प्रेम-गीत गाएँ !


प्रारव्ध त्यस्तै भयो,बिवेक डगमगायो,
धेरै दुःख पाएँ मैले,धेरै हण्डर खाएँ !


----------0000------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा