गजल


चाहना डढेर मेरा,चिहान बन्दै गए !
सपना मेरा क्रमशः,बैमान बन्दै गए !!


सम्बन्ध टुटेको छ,साथ हठात छुटेको छ,
अब ठाँटी-चोेतारीहरू,मुग्लान बन्दै गए !


मन बेचैन छ अचेल,मगज असहज छ,
भाव तड्पेर सतत् , अन्जान बन्दै गए !


दग्ध हृदय लीएर,भग्न जीवन जीएर,
हर साँझ-बिहान मेरा,विरान बन्दै गए !


कसलाइ के थाहा ? कति दुखेको छ मन यहाँ,
तिम्रो पलायनमा रहरहरू,अवशान बन्दै गए !


-------------00000---------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा