गजल


आतँकको भेलबाढीमा,बस्ती उजाड् हुन्छन् तमाम् !
खण्डहरमा उभिएर, हाँस्छ एउटा रून्छन् तमाम् !!


कल्पनाको मधुवनमा,भँवरालाइ घुमाउँछन्,
फक्राएर फूल कृतृम,विचरालाइ थुन्छन् तमाम् !


रणनीति छ कण्-कणमा,इमान-जमान बिक्रीमा छ,
बडे-बडे विद्वान् अचेल, भ्रमजाल बुन्छन् तमाम् !


जलप लगाइ बोल्न सके, सुनको भाउमा नून बिक्छ,
हाम्रो यहाँ स्वभावतः, चिल्ला कुरा सुन्छन् तमाम् !


खुकुरीलाइ थाहा हुँदैन,अचानोको पीर-वेदना,
सुदूर गाउँमा निश्छल मुहार,खून-आँसुले धुन्छन् तमाम् !
-------------------------00000---------------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा