गजल


रस चुसेर माहूरी, फुर्र उडेर हरायौ !
केवल याद अनुपम,यहाँ छोडेर हरायौ !!


भाव जगाइ भर्खर,मायाँको बीज फुटाइ,
आफ्नै हातले अँकुर,किन गोडेर हरायौ !


शहनाइ बज्दै थियो,महफिल सज्दै थियो,
हतारमा यस्तो किन ? मुख मोडेर हरायौ !


चाहना अपुरै रहे,मेरा योजना अधुरै,
निमेषमा यसै कसरि,नाता तोडेर हरायौ !


पात-पात आभास तिम्रो,फुल-फुल सुवास,
रोम-रोममा मादकता,तिमि जोडेर हरायौ !

-----------0000000--------------

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा