गजल

सज्जनको छ कन्तबिजोग,दुस्कर्म भो हावी हजूर !
निर्धा,दीन-दुःखी उपर,हुन्छ जथाभावी हजूर !!
मुलुक बन्यो पापकुण्ड,पापै फुल्छ,पापै फल्छ,
फलिफाप छ गोरखधन्दा,ठगै इन्कलावी हजूर !
भविष्य छ रसातलमा,जिम्मा लिने कोहि छैन ,
नैतिकता नै बिके पछि,के जिम्मा के दावी हजूर ?!
हाँडीगाउँ भो देश हाम्रो,कहिँ न हुने यहिँ हुन्छ,
असँभव यहाँ केहि छैन,नेता छन मेधावी हजूर !
गाइको दुधले नुहाएका,अग्रज हाम्रा स्नीग्ध छन,
ओँठमा छ रे दीव्य वाणी,जीवन छ मायावी हजूर !
-------------------0000----------------------

Comments