गजल

न रस् न राग्,न सूर न ताल् ! यसै टिपेर मिल्कायौ फूल् !
चिनेनौँ कि त तिमीले माल ! यसै टिपेर मिल्कायौ फूल् !!
तिमी पत्थर हो,फलामको खील,खै कुरा बुझेको तिमिले ?
कठैबरा त्यो निर्दोषको बेहाल ! यसै टिपेर मिल्कायौ फूल् !!
आह ! कति दुखे होला निर्धाको दील,खै कुरा बुझेको तिमिले ?
कसरी ठग्यौ बुनेर नौजाल ! यसै टिपेर मिल्कायौ फूल् !!
तिमी स्याल-ब्वाँसो हो,तिमी चील, खै कुरा बुझेको तिमिले ?
जे मा पनि काढ्छौ तिमिले –याल ! यसै टिपेर मिल्कायौ फूल् !!
कहाँ ती सौरभ,कहाँ त्यो जलील,खै कुरा बुझेको तिमिले ?
यो "इन्द्र"-कमल,त्यो गन्दा आहाल ! यसै टिपेर मिल्कायौ फूल् !!
-----------------0000000000------------------
Comments