आजको सरल राजनीति
—ईन्द्र क्षेत्री नेपालीहरुको एउटा दुर्व्यसन छ,हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहांस छ । यति हतारमा कि राजा त्रीभूवनले आफ्नो सम्वोधन साफी गर्न सम्म भ्याएनछन् । उनले २००७ सालको शाही घोषणामा गणतन्त्र उल्लेख गरिदिए । जनक्रान्तीका कमाण्डर विश्वेश्वर प्रसाद कोईराला वार्तामा सहभागी हुनै नपाई दिल्ली सम्भौता सम्पन्न भएको कुरा उनको आत्मवृत्तान्तमा छ । राणाले खोरमा थुनेर राखेको सिंह(राजा)लाई मुक्त गर्ने काम त्यहि सम्झौताले ग¥यो ।