Posts

Showing posts from December, 2010

जाँडबार, पत्रकार र मण्डिखाटार

Image
-इन्द्र क्षेत्री हाम्रो एउटा संस्कृति के छ भने हामी छोराले अरूकी छोरी भगाएर ल्यायो भने उत्सव मनाउँछौँ,जलेसा निकाल्छौँ जबकि छोरी भागेर गइ भने मातम् मनाउँछौँ,रूवाबासी गर्छौँ । अघिल्लो घटनाले हाम्रो छाती चौडा हुन्छ,पछिल्लो घटनाले नाक काटिन्छ । बुहारी भित्र्याउँदा आरती उतारिन्छ-छोरी अन्माउँदा अश्रुधारा बगाइन्छ । यो मानवीय स्वभाव हो । बुहारी भित्राउँदा एउटा नयाँ सदस्य थपिन्छ,छोरी अन्माउँदा पुरानो सदस्य गुमिन्छ ।   पारस-रूबेल प्रकरणमा पनि कमोबेश यही मानसिकताले काम गरेको छ । रूबेल चौधरीलाइ  एकजना सामान्य बँगाली नागरिकको रूपमा लीइएन । सरकारले उनलाइ एकजना भिआइपी को रूपमा लियो,मिडियाले भयँकर माफियाको रूपमा चित्रण ग-यो भने सर्वसाधारणले छोरी भगाउने गु ण्डा-मवालीको रूपमा । गोली पारसले चलाए-गाली रूबेलले खाए-बदनामी सुजाताको भयो । टाइगर

तस्वीर बोल्छ...

Image

धोवी-धुलाइ

हाम्रो बुवाहरू हुनुहुन्थ्यो ११ भाइ । जेठो बा जिम्मावाल र माहिलो चाहिँ मुखिया हुनुहुन्थ्यो रे जमानामा । हामी उहाँहरूलाइ जेठो बुवा-माइलो बुवा नभनेर जिम्माल बा,मुखिया बा नै भन्थ्यौँ । ठाइँला मुनिका सबैलाइ हामी कान्छो बुवा भनेर पुकार्छोँे । अब एकजना बुवा मात्र जीवित हुनुहुन्छ,साइँलो बुवा-८८ वर्ष ।

लाइट हरायो ।

२०४८ मा प्रहरी निरिक्षक ज्ञानेश्वर वैध्यको हत्या हुनुभन्दा अघिसम्म ज्यामिरघाटमा ज्यादै ठूलो मेला लाग्दथ्यो, माघे सक्रान्तीको दिनमा । मेला भर्न जानेहरूको लर्को लाग्थ्यो राङ्गखानी देखि लिएर ज्यामिरघाट सम्मै । बाजा-गाजा र भजन-किर्तन सहीत कालीगण्डकीमा तोरण लानेहरूको जलेशा हुन्थ्यो । बाटोको किनार र खेतका फाँटभरी गाउँलेहरूले सेलरोटी,चना,मासू र रक्सीका पसल राख्थे । तन्नेरी-तरूनीहरूको डम्फु-मादल र झ्याम्रेले पूरै ठेउले खोला घन्किन्थ्यो । समूह-समूहमा केटाकेटीहरू नाचगान र खानपीन गर्थे ।