Posts

Showing posts from January, 2011

सभ्यता,शान्ति र हिँसा

Image
— ईन्द्र क्षेत्री समाज विकाशको क्रममा भौगोलिक अवस्थिति , जीजिविषाको अनुकुलता , श्रोतहरुको उपलव्धता तथा मानव नश्ल र सोचको विविधता सँगै मानिसका फरक जीवनशैली , विस्वास , परम्परा , मान्यता र सँस्कृतिहरु विकसित भए । मानव जातीको व्यवस्थित बसोवाससँगै मानव समाज विभिन्न गण , कबिला , सम्प्रदाय , जाती , धर्म हुँदै वर्ग , सिध्दान्त , समूह , राज्य र बादहरुमा बिभाजित भयो । उसमा रहेको क्षमता , बिचार , आस्था , विस्वास , चाहना र हैसियत आदिको विविधताका कारण समाजमा क्रमशः बहूआयामिक द्धन्द्धहरुको जन्म भयो । यीनै द्धन्द्धहरुको कारणबाट मानव जातीले भयानक अशान्ती र युद्ध – विभिषिकाहरुको प्रकोप भोग्न बाध्य भैरहेको छ । , राज्य – प्रणाली , समाज – व्यवस्था , विधि – विधान र विनियमहरुको बन्दोबस्त समाजमा रहेका यिनै द्धन्द्धहरुको कुशल व्यवस्थापन गरेर युध्दको त्रासदीबाट जोगिन र शान्ती प्राप्त गर्नको लागि गरिएका उपक्रमहरु हुन् । धर्म , सिध्दान्त र बादहरुको उत्पत्ति युध्द र अशान्तीबाट समाजलाई जोगाउने उद्देस्यका साथ भएको हो । सबै धर्म , दर्शन , सिध्दान्त , शास्त्र र बादहरुको अन्तिम निचोड शान्ती हो । शान्तीको लागि धर्मक...

पुनःमुसिको भवः

Image
-इन्द्र क्षेत्री मैले जनता मावि सर्कुवामा पढाउने ताका भवानी सर हुनुहुन्थ्यो शास्त्रमा पोख्त । उहाँ सँस्कृत साहित्यका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो तर उहाँले पढाउने विषय थियो गणित । त्यसै गरि हाम्रो हेडसर हुनुहुन्थ्यो नारायण पौडेल । उहाँको त विषय नै सँस्कृत । उहाँले सँस्कृतमा आचार्य गर्नु भएको थियो र नेपाली पढाउनुहुन्थ्यो । उहाँहरू बीच जो शास्त्रार्थ हुन्थ्यो,त्यो सुन्न लायक हुन्थ्यो । सँस्कृतका शास्त्रहरू त मानौँ उहाँहरूले खर्लप्पै खानु भएको थियो ।

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा

Image
— सुवास गुरुँग भौगोलिक अवस्थिति रुम्जाटार पूर्वी नेपालको सगरमाथा अञ्चलको ओखलढुँगा जिल्लामा अवस्थित छ । ओखलढुँगा जिल्लाका ५६ गाविस मध्य यो एक मनमोहक र रमणीय गाउं हो ।

बेल्जियममा ३५ औं मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न

Image
बिष्णु सापकोटा, लुभेन,बेल्जियम बेल्जियमका तीन प्रमूख शहरमा जनवरी १ तारीख २०११ का दिन राष्ट्रिय मेलमिलाप तथा नयाँ वर्ष २०११ को उपलक्षमा आयोजना गरिएका छुट्टाछुट्टै चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमहरू भब्यतापूर्वक सम्पन्न भएका छन् ।

सन्दर्भ राष्ट्रिय एकता र मेलमिलापको

Image
 -उमेश अधिकारी आज ३४५ औँ राष्ट्रिय मेलमिलाप दिवस । राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनता को रक्षा गर्नको निमित्त आफ्नू प्राण उत्सर्ग गर्न पनि पछी नहट्ने प्रतिबद्दताका साथ स्वर्गीय महामनाब बिश्वेस्वर प्रसाद कोइराला र उहाँको साथमा साथ दिएर अहिलेसम्म पनि राष्ट्रिय मेलमिलापमा विश्वास राख्ने समस्त नेपाली हरुको सदभाब प्रति कोटी कोटी नमस्कार !