प्रतिगामी गणतन्त्र

-इन्द्र क्षेत्री ००७ को जनक्रान्ति मार्फत प्राप्त प्रजातन्त्र प्रतिगमनमा परिणत हुन जम्मा १० वर्ष लागेको थियो । ०४६ को वाम-काँग संयुक्त जन-आन्दोलनले ल्याएको परिवर्तन १३ वर्ष चल्यो । २०६३ को जन-आन्दोलन बाट प्राप्त नेपालको गणतन्त्र ५ वर्षमै प्रतिगामी सावित हुन पुगेको छ । ०६२/०६३ मा सम्पन दोश्रो जन-आन्दोलन प्रतिगमनकारीहरूसँगको लसपसमा सम्पन्न भएको हुनाले परिवर्तन पनि प्रतिगमनबाट सँक्रमित भएर आयो ।