Posts

Showing posts from January, 2013

मेलमिलाप दिवस यसपल्ट । २०१३ जनवरी १ ।

Image
बेल्जियममा ३६ औँ राष्टिय मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न । - विष्णु सापकोटा । जनवरी ०१,लुभेन । बेल्जियममा ३६ औँ राष्ट्रिय मेलमिलाप दिवस तथा अँग्रेजी नयाँ वर्ष २०१३ को उपलक्षमा विशेष चियापान तथा अन्तरकृयात्मक शुभकामना आदान-प्रदान कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला मुलुकको राष्ट्रियता खतरामा परेको औँल्याउँदै २०३३ साल पुष १६ गते ८ वर्षको भारत प्रवाश त्यागेर स्वदेश प्रवेश गरेको दिनलाइ नेपाली काँग्रेसले विभिन्न कार्यक्रमहरूको आयोजना गरि मेलमिलाप दिवसका रूपमा मनाउने परम्परा बसालेको छ । काँग्रेसको त्यो परम्परालाइ बेल्जियममा नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्रीले बिगत तीन वर्ष देखि निरन्तरता दिँदै आउनुभएको छ ।