Posts

Showing posts from May, 2013

नेपाली काँग्रेसको विधानमा बिदेश स्थित शाखाहरूको बारेमा के व्यवस्था छ ?

१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व ः (१) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् । (२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्न सक्नेछ । (३) नेपाली जनसम्पर्क समितिको विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ । नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले तोकेको संख्यामा अध्यक्षसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको चयन गर्ने व्यवस्था जनसम्पर्क समितिको विधानमा हुनुपर्नेछ ।