विश्व भू-राजनीतिमा नेपालको रणनैतिक महत्व "दि ग्रेट जीरो"
सोवियत सँघलाइ काउण्टर दिन सन् सत्तरीको दशकमा हेनरी किसिञ्जरको पीङपोङ डिप्लोमेसी मार्फत अमेरिकाले एक चीन नीतिलाइ मान्यता दिएर चीनलाइ अाफ्नो ब्लकमा सामेल गर्यो । सँगै अमेरिकी काँग्रेसले तिब्बत र ताइवान सम्बन्धि अलग अलग कानून पास गरेर ती देशमा चीन उत्पन्न समस्याहरूलाइ अलग्गै सम्बोधन गर्ने बन्दोबस्ति मिलायो । त्यस पछि नै नेपालको जियोपोलिटिकल सिग्निफिकेण्ट कमजोर भएको थियो । तिब्बती शरणार्थीहरूका लागि भारतको सहजिकरण र भारत,नेपाल बीच खुल्ला सिमानाका कारण भारत मार्फत तिनको उद्वार सहज बनेपछि पश्चिमको लागि पूरै हिमालय क्षेत्रबाट नेपालको रणनैतिक सान्दर्भिकता समाप्त भएको थियो ।
स्मरणीय छ,अमेरिकाले एक चीन् नीति ल्याए पछि मात्र नेपालका राजाले तिब्बती जनताको सँघर्षलाइ ( कथित खम्पा बिद्रोह ) मुस्ताङमा दमन गर्ने मर्दानगी देखाएको हो । सिक्किम लोकतान्त्रीक तरिकाले शान्तिपूर्ण रूपमा भारतमा विलय भएर भूटानले भारतको सुरक्षा अम्ब्रेला प्राप्त गरे पछि अमेरिकाको चासो हिमालय बफरजोनबाट हटेर साउथ चाइना सी,कोरियन पेनिन्सुला र एसिया प्रशान्त क्षेत्रमा शिफ्ट भएको हो । बाँकी रहेको एक मात्र स्वतन्त्र हिमालयन स्टेट नेपालको सुरक्षा र सम्प्रभूताको लागि काठमाण्डुमा अमेरिकी दुतावास नै काफी हुनेमा पश्चिम विस्वस्त थियो र रहेको छ ।
त,नेपाल के का अाधारमा विश्वको भूराजनैतिक ककपीट हो भनेर बिद्वानहरूले निचोड निकालेका हुन् ? म पनि अाश्चर्यमा छु । कति स्वनामधन्य विश्लेषकहरूले भूराजनीतिको इपिसेण्टर पनि भन्न भ्याउँछन् । त्यो वाहियात दावीमा म बहस गर्न चाहान्न । नेपाललाइ ककपीट नै मान्ने हो भनेपनि उत्तर तर्फ हिमाल र तिन तिर भारत वेष्ठीत भूगोलका कारण झ्याल ढोका बिनाको ककपीट बन्न जान्छ । खिड्की समेत नभएको ककपीट हुनु र नहुनुको के अर्थ ? उत्तरमा अभेद्य हिमाल र दक्षिणमा शक्तिशाली भारतीय पहाड छिचोलेर त्यो अन्धो जहाज जाने कहाँ हो ? गन्तब्य कुन हो ? यो बताउने चेष्टा चाहिँ कसेले गर्देनन् । चीन र अमेरिकाको प्रतिस्पर्धालाइ देखाएर उम्किन्छन् । उनिहरूलाइ प्रतिस्पर्धा गर्न के दुर्गम हिमालयको खोँच नै चाहिन्छ र ? सिङ्गो प्यासिफक,साउथ चाइन सी र पृथ्वीको पुरै जल,स्थल र अन्तरिक्ष के सानो छ र ?
शायद नेपालको कुटनैतिक क्षेत्र,राजनीतिक दलहरू र भूराजनैतिक बिश्लेषकहरू अहिले पनि ७० कै दशकमा अड्केर बसेका छन् । यहि कारण हो कि बदलिँदो परिस्थितिमा नेपालको बिदेश नीति र देशको अन्तरराष्ट्रिय ब्यक्तित्व असान्दर्भिक र फितलो हुँदै गैरहेको छ। दुनियाँ बाइ पोलर अर्डरबाट युनिपोलर हुँदै मल्टिपोलर युगको पनि उत्तरार्धतिर हिँडिरहेको छ । अब ए अाइ र प्रविधिमा अाधारित ग्लोबल अर्डरको लागि विश्वले तैयारी गरिरहँदा हाम्रो ज्ञान भण्डार भने शीत युद्धकालिन फिनोमिननमा रूमलिइरहेको छ । पुरानो हिजडा असंलग्न परराष्ट्र नीति परित्याग गरेर स्वतन्त्र,प्रजातान्त्रीक विश्वसँग हरेक मोर्चामा खुल्ला रूपमा इङ्गेज नभएसम्म विश्व भू राजनीतिमा नेपालको रणनैतिक भूमिका र महत्व सून्य नै रहने छ भन्नेमा शङ्का गर्नु पर्दैन । भू राजनीतिमा सून्य महत्व र बहूमूल्य प्राकृतिक श्रोतहरूको अनिकाल भएको देशसँग पङ्गा लिने रूची र जाँगर कसैसँग हुँदैन । र नै नेपालले इतिहाँस देखि वर्तमान सम्म र युग देखि युग सम्म स्वतन्त्र,सम्प्रभू र स्वाभिमानी राष्ट्रको सोभाग्य प्राप्त गरेको हो ।
Comments