दि न्याशनल प्याराडक्स-पूँजीको बिरोध लगानीको स्वागत

 साम्राज्यवादी पूँजी,उपनिवेशवादी पूँजी,विस्तारवादी पूँजी,प्रभूत्ववादी पूँजी,दलाल पूँजी,नोकरशाही पूँजी,शोषक पूँजी,क्रोनी क्यापिटलिज्म...। "राष्ट्रिय पूँजी" अर्थात सरकारले उध्योग र ब्यापारमा लगानी गरेको पूँजी बाहेक अरू सबै पूँजीलाइ "मूर्दाबाद" पूँजीको रूपमा लिन्छन् कम्युनिष्टहरू । अहोभाग्य भन्नुस वा दुर्भाग्य,नेपालमा दुइतिहाइ जनसँख्या कम्युनिष्टको पछि लागेको छ । सबै कम्युनिष्ट पार्टीका दस्तावेजमा राष्ट्रिय पूँजी अर्थात सरकारको लगानीलाइ ग्लोरिफाइ गरिएको छ भने नीजि क्षेत्रको लगानीलाइ उपरोक्त लाञ्छनाहरूबाट कलुषित गरिएको छ । जवकि नेपालको अर्थतन्त्रले सामाजिक क्षेत्र समेत धान्न नसकेर शिक्षा र स्वास्थ्य समेत नीजि क्षेत्रले सम्हालिरहेको अवस्था छ। अर्को अहोभाग्य वा दुर्भाग्य भन्नुस नेपाली सत्ताको करिडोरमा पचासको दशकदेखि कम्युनिष्टहरूको मार्चपास चलिरहेको छ । संविधानको प्रस्तावनामा समाजवाद उन्मूख अर्थतन्त्र हुने भनेर लेखाएका छन् । माइक र मञ्च मिल्यो कि पूँजीको धुवाँधार बिरोध गर्छन् । उध्योग र ब्यापारमा संलग्न प्रतिष्ठित वर्गलाइ शत्रुवत व्यवहार गर्छन् । खाल खालका बहाना तलाश गरेर गाली बेइज्जति गर्छन्,मुद्दा लगाउँछन्,धरपकड गर्छन् ,इन्धन बन्द गरिदिन्छन् । खाल खालका बाधा अड्चन खडा गरिदिन्छन् ।

सरकारले घाटामा चलाएका र डुबाइसकेका तमााम् उध्योगहरूको थाहा पत्तो छैन तर नीजिकरणमा लगिएका २,४ वटा उध्योगहरूको भयङ्कर लोखाजोखा गरिन्छ । बाँसबारी छाला जुत्ता,भृकुटी कागज....जन जनमा मुखाग्र हुने गरि घोकाइएको छ । राम्रोसँग उध्योग व्यवसाय सञ्चालन गरेका मानिसहरूको देशमा खलनायककीकरण हुन्छ । देशको निजि क्षेत्रको छाला काडिन्छ । बैदेशिक लगानीको बारेमा ज्यादा भनिरहनु परोइन । बिदेशी लगानी बारे नेपालीको नजरिया बुझ्न एनसेल र एमसिसि प्रकरण नै काफि छन् ।
नेपालको सबै भन्दा पोटेन्सियल सेक्टर जलविध्युतको कथा जगजाहेर नै छ । २०५० सम्म देशले बिजुली नेिकाल्नै दिएन । अहिले "बिजुली बेचेर धनी बनिन्न" भन्ने भाष्य नै खडा गरिएको छ जवकि विश्वले शीत युद्धताका नै जलविध्युतको उपयोग सकाएर न्युक्लियर फिसन इनर्जीमा फड्को मारीसकेको थियो । अहिले त फ्युजन इनर्जीमा समेत अमेरिकाले ब्रके थ्रू गरिसकेको छ । यसबाट विध्युत उत्पादन शुरू भयो भने अरू सबै इन्धनहरूको च्याप्टर क्लोज हुने छ ।
हामीले अनुदानमा प्राप्त ९०० मेगावाटको अरूण तेश्रो बहादुरी पूर्वक फिर्ता पठाएको हो । बुढीगण्डकी,कर्णाली,चिसापानी,पश्चिम सेती,पञ्चेश्वर,उच्च कोशी जस्ता अाकर्षक र उच्च महत्वका मेगा परियोजनाहरूमा जवरजस्ति भूराजनीति घुसाएर बिगारिएको छ । अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि अमेरिकी अनुदान एमसिसिमा ताण्डव मचाएकै हो । बजारको सुनिश्चितता नभै चीनले लगानी गर्दैन,चीन नभै नेपालीलाइ हुँदैन । बजार भारत हो र भारत मार्फत विश्व बजार पुग्ने हो । भारत नेपालीको दुश्मनै भैगयो । पश्चिमका तीनटा बाँदर लोट्ने डाँडा मिलेका छन् निहूँ खोज्ने बहाना । फट्याङ्राले कोदाको डाँठ समातेर सँसार समातेकोअनुभूत गरेजस्तो । कामै नगर्ने चिनियाँ कम्पनिहरूलाइ कोखाइ कोखाइ गराएर अमूल्य ३० वर्ष पानीमा बगायो देशले । दोश्रो विश्वयुद्धमा ध्वस्त भएको जापान ३० वर्षमा दोश्रो ठूलो इकोनोमी बनेको थियो,जर्मनी टलक्क टल्किएर जुरूक्कै उठेको थियो ।
बिनोद चोधरीहरूलाइ लाञ्छित गर्दै र एनसेलहरूको हूर्मत लिँदै करोडोँ खर्चेर लगानी सम्मेलन बोलाएको छ नेपालले । हामीलाइ लाग्छ बिदेशी लाटा छन् । हामी मात्र बाठा छोँ । त्यो समाजवाद उन्मूख,कम्युनिष्टको शासन,वामपन्थी जनता,उध्यमीहरूको चीरहण,नेपालीमा नीहित जेनोफोबिया...अादि इत्यादि बिदेशीहरूले केहि पनि बुझ्देनन् भन्ने भ्रम छ हामीमा । बजार भारत हो,निकासी पैठारी भारतमा निर्भर छ भन्ने कुरा सँसारले बुझेको छ,नेपालीले बुझेको छैन । चीनको अवरोह सँगै भियतनाम,बङ्गलादेश,भारत लगायतका देश लगानी हब बनिसक्दा नेपाल ठन्नाराम यसै भएको हैन । हामी धेरै जान्ने र अरू सबै बेकुप ठान्ने हाम्रो अज्ञानताको कारण यो स्थिति बनेको हो । नेपालीलाइ इमान्दार सल्लाह के छ भने कि त चीनबाट लगानी ल्याउनुस,सक्नुहुन्न भने चीनको चाकडी छोड्नुस । बेकारको ल्याङ ल्याङ बन्द गर्नोस । अनि बैदेशिक लगानी ह्वार ह्वार्ती कमिङ भएको दृष्य हेर्नुस,फाइदा लिनुस । नेपालमा कानून नभएर,बिदेशीको रूची नभएर लगानी नअाएको हैन । जनमत नभएर,सरकारी निकायबाट सहयोग नपाएर र व्यवसायिक वातावरण नभएर नअाएको हो । यस्ता सम्मेलनहरूले वातावरण बन्देन । कम्युनिष्ट र निरङ्कुश राजावादीहरूले अहिले सम्म देशको नीजि क्षेत्र र बैदेशिक लगानी प्रति गरेको दुर्व्यवहार र दुर्वाच्यको लागि जनतासँग माफी माग्नुहोस,दस्तावेजबाट पूँजी र लगानी बारेमा लेखिएका कपोलकल्पित वाक्याँशहरू हटाउनुहोस र जनतालाइ भ्रममा राखिएको थियो भनेर प्रष्ट बताउनुहोस । महङ्गा लगानी सम्मेलनहरूको झँझटबाट मुक्त हुनुहोस । लगानी अाफैँ बैर्षेन छ भने मलाइ भन्नुहोस ।
All 

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा