अमेरिकामा मुद्रास्फिति २ प्रतिशतको नेराघेरामा रहेको छ । बेरोजगारीको ग्राफ न्यून स्तरमा झरेको छ । अपराधिक घटनाहरू सन् १९९४ पछि सबैभन्दा कम रेकर्ड भए । रोजगार र तलवमा अाएको वृद्धिले मानिसको क्रयक्षमतामा राम्रो योगदान गरेको छ । घरजग्गामा अाएको विष्फोटनले पाका अमेरिकीहरू मालामाल बनेका छन् । ग्रोसरिको मूल्यमा सुधार हुँदा कृषक र उध्योगीहरू लाभान्वीत भएका छन् । विश्वमा अमेरिकाको छविमा गत ४ वर्षमा उल्लेखनीय सुधार पनि भएको छ । डलर झन शक्तिशाली बनेको छ । जीवाष्म इन्धनमा रूस र अोपेक प्लसले ल्याउन खोजेको विश्वब्यापी इन्धन सङ्कटलाइ अमेरिका र यसका एलाइहरूले परास्त गर्न सफल बनेका छन् । यसबाट अमेरिकन इन्धन कम्पनिहरू मालामाल बनेका छन् । ट्रान्स एटलाण्टिक एलायन्स र एसिया प्यासिफिक स्ट्राटजी थप मजबूद बनेको छ ।फिनल्याण्ड र स्वेडेन नेटोमा आवद्ध भए भने फिलिपिन्सले उत्तरमा थप ४ वटा अमेरिकी सैन्य अड्डा राख्ने सम्झौता गर्यो । मिडल ईष्टमा ईरानका प्रोक्सीहरु हिज़्बुल्लाह,हमास र हाउथीलाई ईज्रेलले ध्वस्त पारिदिएको सुखद अवस्था छ । एकजना पनि अमेरिकी जवान नमरिकन रुसको सामरिक क्षमता धराशायी भएको छ भने क़रीब ५ लाख रुसी जवान हताहत र घाईते भएका छन् ।ट्रम्पको पहिलो कार्यकालमा बाहिरिएका विश्व स्वास्थ्य संगठन,पेरिस क्लाईमेट समिट,ईरान न्युक्लियर डील लगायत सबैजसो अन्तरराष्ट्रीय सँस्था,सम्झौता र प्रतिवद्दताहरूमा अमेरिका वापस फर्किएको छ । तर यो सबै उपलब्धि हाँसील गरेको सत्ताधारी पार्टी भर्खरैको चुनावमा हारेको छ ।
अब नेपाल जाउँ । नेपालको जिडिपी ५ प्रतिशत रहने प्रक्षेपण छ विश्व बैङ्कको । जबकि विश्वब्यापी वृद्धि २ प्रतिशत तलै रहने छ । डेमोक्रेसी इण्डेक्समा नेपालको स्तर माथि उक्लेको छ । ब्यापार,बिकाश,रोजगार,जीवन स्तर,क्रय क्षमता,मोद्रिक स्थिरता,मुद्रास्फिति,बिदेशी मुद्रा सञ्चिति,शोधनान्तर जस्ता कुनै पनि इण्डेक्सले देशलाइ अधोगति तिर देखाउँदैनन् । शान्ति सुरक्षा र राजनैतिक स्थिरता कायम भएको देखिन्छ । तर यी तथ्याङ्क र अाफ्नो जीवनमा अाएको सुधारलाइ पत्याउन मानिस तैयारै छैन ।
मानिसको मन अत्यन्तै बेचैन र भयभीत छ । यो ट्रेण्ड बिश्वब्यापी हो । मानिसले कोभिड महामारीबाट विश्वले यति सहजै पार पाउँछ भन्ने सोचेकै थिएन । अर्थतन्त्रहरु यसरि बौरिन्छन भन्ने कल्पनै गरेको थिएन । मानिस र अर्थतन्त्रहरुले सँकटबाट भौतिक रुपमा मुक्ति पाए पनि मानसिक रुपमा ओभरकम गर्न सकेन । यहि भय र बेचैनीले मानिसलाइ भूतप्रेमी र ध्वंशकारी बनाइदिएको छ ।
यसको प्रकोपमा सँसार भरिका सँस्थापन पक्ष परेका छन् ।युरोप,अमेरिका,जापान,कोरिया,भारत र भर्खरै श्रीलङ्कामा सत्तासिन पार्टीहरूको पराजय भयो । बङ्गलादेशमा त प्रजातन्त्र नै डिरेल भयो । कोभिडले मानिसलाइ करीव करीव "डेड म्यान वाकिङ्" बनाइदिएको भन्ने मनोबैज्ञानिकहरूको निष्कर्ष छ । मनोथेरापीका साथै ब्यायाम,समाज सेवा,बढी से बढी किताब पढ्ने,जमघट र रामरमितामा बढी इङ्गेज रहने,अाफ्नो काममा दत्तचित्त रहने,योन र मनोरञ्जनमा बढी लिप्त रहने इत्यादि गरेर यो महारोगबाट निजाद पाउन सकिन्छ भन्ने मनोवैज्ञानिकहरूको सुझाव छ । कोरोना नामको सानो किराले मानिसको दिमाख खल्बलिएको मात्र हो,विश्वको स्थिति ठीक ठाक चलिरहेको छ भन्ने कुरा सम्झाउन सबैको लाईमिली आवस्यक भएको छ ।
Comments