ट्रम्पले जिते भने
१.चिनसँग ट्रेड इम्बार्गो र अतिरिक्त टेरिफले विश्वकै सबैभन्दा ठूलो उपभोक्ता बजार अमेरिकामा अनियन्त्रीत मुद्रा स्फिति ल्याउन सक्ने छ । अमेरिकी वस्तु र सेवामाथि चिनको रिटालिएटरी ट्रेड इम्बार्गोले मुद्रा स्फितिमा अभूतपूर्व योगदान गर्ने छ । यसबाट फलिफुलिरहेको अमेरिकी अर्थतन्त्र रिसेसनमा जाने संभावना रहने छ ।
२. माइग्रेण्ट मास डिपोर्टेशनले अमेरिकाको श्रम बजारमा हिट गर्ने छ । कृषि,निर्माण र सरसफाइ जस्ता अाधारभूत क्षेत्र मूल रूपमा माइग्रेण्टहरूले थामिरहेको भन्ने छ । लो लेभल लेबर सर्टेजले उत्पादन र सेवा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने छ ।
३.नेटो मार्फत युरोपलाइ दिइरहेको सेक्युरिटी ग्यारेण्टीबाट ब्याक हुँदा युरोप मात्र हैन पूरै एटलाण्टिक महासागर अमेरिकाको हातबाट फुत्किने संभावना रहन्छ । समयक्रममा युरोपले अाफ्नो सुरक्षा प्रवन्ध येनकेन मिलाउने नै छ । भविष्यको सुपर पावरको रुपमा युरोप उदाउने निष्कर्ष त छँदै छ अहिले नै कलेक्टीभ युरोप विश्वको दोश्रो इकोनोमी हो । यति ठूलो मित्र शक्तिलाइ ट्रम्पले "मिनि चीन"को संज्ञा दिएर कुनै पनि युरोपियन देश माथि रूसले हमला गरेमा नबचाउने बरु हमला गर्न रुसलाई उक्साउने घोषणा गरेका छन् । हरेक चार वर्षमा उत्पन्न हुने अमेरिकन अनिश्चयबाट युरोप अब मुक्त हुने रणनैतिक चरणमा छ । ट्रान्स एटलाण्टीक एलायन्समा ट्रम्पले पहिलो कार्यकालमै ड्यामेज गरिसकेका छन् ।
४.ट्रान्स एटलाण्टीक एलायन्स कमजोर भए पछि युरोपले पेसिफिक महासागर खासगरि साउथ चाइना सि,जापान,कोरियन पेनिन्सुला,अष्ट्रेलिया,मध्यपूर्व तथा अफ्रिका लगायत विश्व भरि नै अमेरिकासँग सहकार्य नगर्न सक्छ । यस्तो जटील परिस्थितिमा पेसिफिकबाट पनि अमेरिकाको पकड कमजोर हुन सक्ने छ । विश्व भर रहेका करीब ८०० अमेरिकी सैन्य अखडाहरू खतरामा पर्न सक्नेछन् । यसबाट विश्वको जल परिवहनमा क्रुसियल रहेका प्रमुख चोक प्वाईण्टहरु स्वेज क्यानल,स्ट्रेट अफ हर्मूज,बाब अल माण्डब,मलक्का स्ट्रेट,ताइवान स्ट्रेट लगायतको सुरक्षा र सञ्चालन बन्द हुने छ । अमेरिका बाहेक अरूसँग मेरिटाइम ट्राफिक सुरक्षा गर्ने क्षमता नभएको हुँदा विश्वभरिको ८० प्रतिशत मेरिटाइम सप्लाइ चेन अवरूद्ध हुने छ ।
५.फिलिपिन्स,ताइवान,जापान,दक्षिण कोरिया र अष्ट्रलियाको सुरक्षा र सम्प्रभूतामा खतरा उत्पन्न हुने छ भने मध्यपूर्वमा अरबका राजतन्त्रहरू वा इरानको थियोक्रेसीमा एकको अस्तित्व समाप्त हुने छ । इजरायल फरेभर वार जोनको रूपमा अाफ्नै बलबुतामा कायमै रहने छ ।
५.कन्क्लुजनमा अमेरिका वेष्टकोष्ट र इष्टकोष्टमा सँकुचन हुँदा विश्वको सुरक्षा डगमगाउन सक्ने छ । प्रजातान्त्रीक र स्वतन्त्र विश्व कमजोर भएर चीन,रूस र इरान जस्ता अटोक्रेटीक देशहरूको प्रभाव बढ्न सक्ने छ । संयुक्त राष्ट्र सँघको मातहतमा कानूनमा चल्ने मल्टीपोलार ग्लोबल अर्डरलाइ डिक्टेटरहरूको हूकुम र सनकमा चल्ने युनिपोलार ग्लोबल अर्डरले रिप्लेस गर्न सक्ने छ । साना र गरीव देशहरूको सुरक्षा,स्वतन्त्रता र सम्प्रभूता डिक्टेटरहरूको हातमा पुग्ने छ । यि सबै परिदृष्यले अन्ततः अमेरिकी हीत र हेजिमोनीमा अाघात गर्ने छ । ट्रम्पको यस्तो अात्मघाती नीतिमा अमेरिकी जनसँख्याले साथ दियो भने भन्नु पर्ने हुन्छ जनता जहाँसुकैको किन नहोस "भेडा" नै हो ।
Comments