त्रिशुली दुर्घटना,एस पि पि खारेजी,हाम्रो राष्ट्रवाद र प्रश्न
हिमालयन प्लाट्यू भूगर्भमा चलायमान रहेको कारणले त्यस क्षेत्रको जमीन अस्थिर,धोल्लो र कमजोर छ । यसै कारण नेपालमा भूकम्प,बाढी र पहिरोको भवितब्य नियमित अाकस्मिकता हो । यहि तथ्यलाइ मध्येनजर गरि नेपाली सेनाले अमेरिकासँग मिलेर सेनालाइ स्पेशल तालीम र इक्वीपमेण्ट प्रदान गर्ने गरि ८० अर्व रूपैयाँ अनुदानको स्टेट पार्टनरशिप प्रोग्रामको तर्जुमा गरेको थियो । यो परियोजना पटके नभएर नेपाली सेनालाइ सधैँको लागि दैवी प्रकोप प्रतिकार्यमा सामर्थ्य बनाउने लङ लास्टिङ प्रोग्राम थियो । त्यो परार साल नेपालका राष्ट्रवादीहरूले रद्द गराए । उनिहरूको तर्क थियो,यसरि नेपाली सेनालाइ साइटमै खटेर समर्थ बनाउँदा चीन रिसाउँछ । यो अमेरिकाको चीनलाइ घेर्ने योजना हो ।
एस पि पि मार्फत नेपाली सेनाले उद्वार तालिम र अभ्यासका साथै रेस्क्यू हेलिकप्टरहरू,मेडिकप्टरहरू,गोताखोर सामाग्रीहरू,फायर ब्रिगेडहरू र अन्य इमर्जेन्सी इक्विपमेण्ट र लजिस्टिक फेसिलिटीज प्राप्त गर्ने थियो । त्रिशुलीमा बसमा बसेका मानिसहरू हराइरहँदा कसैको मूख ताक्नु पर्थेन । बस खसेको २,४ घण्टामै सकभर जीवितै उद्वार गरिसकेको हुन्थ्यो । अहिले त्रिशुलीको किनारै किनार उद्वार कार्यको लागि निहत्था दगुरीरहेका सेनाका जवानहरूले के सोचिरहेका होलान् ? देशवासीका शव समेत फेला पार्न नसकेर निःसहाय सरकारले के सोचिरहेको होला ? सेनाको सँख्या बढाउनु पर्छ भन्ने तर तालिम दिनुहुँदैन भनेर एस पि पिको बिरूद्धमा भुर्तालो उफ्रेका उफर उफरहरूको दिमाखमा कुनै चेतना पलायो होला कि नाइँ ? चीन रिसाउँछ भनेर कहिलेसम्म देशले कुर्वानी दिने होला ? कहिले सम्मन् दुःख र अकालमा नेपाली मरिरहने होला ? हाम्रो राष्ट्रवाद हाम्रो लागि हो कि अरू कसैको लागि हो ? खुट्टामा वञ्चरो कहिले सम्म हानिरहने हो प्यारा देशवासीहरू ??
Comments