Posts

Showing posts from July, 2012

सभ्यताको उल्टो पिरामीड

सभ्यताको उल्टो पीरामीड — ईन्द्र क्षेत्री प्रकृतिले मानव जातीलाई सबैभन्दा निर्धो प्राणीको रुपमा रचना गरेको छ । मानव बाहेक अन्य जीवजन्तुहरु मार हान्न , प्रतिरक्षा गर्न र भक्षण गर्न शारीरिक रुपले नै सक्षम छन । हरेक जीवजन्तुको शरीरमा जीवन यापन गर्ने अँग , तागत र कला प्रकृतिले प्रदान गरेको छ । शिक्षा वा प्रशिक्षणको दरकार तिनलाई छैन । प्रकृतिकै काखमा जन्मने , जीवन यापन गर्ने , वंश वृद्धि गर्ने र समाधिस्थ हुने सम्पूर्ण व्यवस्था प्रकृतिले नै मिलाइदिएको छ । सबै कुरा यथोचित छ , सम्पूर्ण छ र ती सबै प्रकृतिमा रमाएका छन् । परिवर्तनको खाँचो तिनलाई परेको छैन ।

अग्राधिकार र आत्मनिर्णय बाहेक

− इन्द्र क्षेत्री । १५ जुलाइ २०१२ ।  “ हाम्रो राष्ट्र अल्पसंख्यक जनताहरुको समूह हो । कुनै पनि जाति अरु जातिहरुको दा ँ जोमा अल्पसंख्यक छ । त्यसो हुनाले जातीय आधारमा यहा ँ   राजनीति सफल हुन सक्तैन ।... ”  – विश्वेश्वर प्रसाद कोइराला । स ँ घियतामा जाने कुरा निश्चित भए पछि नेपालमा पहिचानको मुद्दा प्रखर बनेर आएको छ । पहिचानको कुरा ब्यक्तिको स्वत्व र स्वाभिमानसँग अन्योन्याश्रीत ढँगले जोडिएको हुन्छ । लोकतन्त्रमा ब्यक्ति समाजको सर्वोच्च निकाय हुन्छ । उसको स्वतन्त्रता , सहभागिता , निष्ठा, सुरक्षा र समृद्धिको ग्यारेण्टी गर्नु राज्यको कर्तब्य हो । धर्म , जात , भाषा , सँस्कृति आदि पहिचानका मानकहरु हुन् । ब्यक्तिको बिचार , व्यवहार , ब्यक्तित्व र बिकल्प वस्तुतः यीनै तत्वहरुबाट निःसृत हुन्छ । यिनैको जगमा समुदायको निर्माण हुन्छ र समुदायहरुको मजबूद जगमा समग्र राष्ट्रको अस्तित्व अडेको हुन्छ । सबै धर्म , भा षा , जाति , सँस्कृति र बिचारहरुको समष्टी नै राष्ट्र हो । धार्मिक , भा षि क , जातीय एवम् सा ँ स्कृतिक पहिचान र अधिकारको प्रत्याभूतिले मात्र राष्ट्रियता द्धिगो हुन्छ र नाग...