Posts

Showing posts from March, 2013

लोकतन्त्रको अल्पविराम

-इन्द्र क्षेत्री  । बितेको डेढ दशकमा बडे-बडे विष्मयकारी घटनाहरू घटाएको र तीनलाइ प्रत्यक्ष रूपमा देखे-भोगेको वर्तमान पुस्ताले प्रधान न्यायधिशको सत्तारोहणलाइ आश्चर्यजनक रूपमा ग्रहण गर्नु अर्को विष्मयकारी घटना हुन गएको छ । प्रजातन्त्रको विरूद्धमा लालकिताब , आँ सी र घन च्यापेर निष्पट दण्डकारण्यमा छिरेको कुनै पार्टी लडाकु , गन र धन बोकेर एकाएक् सिँहदरवार छिर्ला भनेर धेरै कम मानिसले सोचेका थिए । सशस्त्र राज्य बिप्लवमा जुटेको एउटा सास्त्रीय साम्यवादी दल सम्झौता मार्फत शान्ति प्रकृयामा सामेल हुनु आफैँमा एउटा विस्मयकारी घटना थियो ।