नयाँ नेपाल : चिली वा भेनेजुएला !

-इन्द्र क्षेत्री एलाण्डेकालिन चिली,ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भएपछि त्यहाँ अधिनायकवादको सफल अभ्यास भैरहेको छ । चिलीमा साल्भाडोर एलाण्डे र भेनेजुएलामा ह्यूगो चावेज दुबैजना जनमत जीतेर नेतृत्वमा स्थापित भएका हुन । यस अालेखमा यि ल्याटिन अमेरिकी देशका भिन्न-भिन्न कालखण्डमा सम्पन्न भएका तर समान चरित्रका पछिल्ला विद्रोह र प्रतिविद्रोहहरूको कसिमा हाम्रो सन्दर्भलाइ हेर्ने प्रयत्न गरिएको छ । १- चिली र सैन्य विद्रोह ल्याटिन अमेरिकन राष्ट्र चिलिमा १९७० मा सम्पन्न विवादास्पद राष्ट्रपतीय चुनाव जीतेर साल्भाडोर एलाण्डे विश्व इतिहाँसमा प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति बने । सेनाको अलिच्छाका बावजूद एलाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको सत्तारोहणका बेला चिली अहिलेको नेपाल जस्तै अार्थिक दुरावस्था,न्यून अार्थिक वृद्धि,चर्को मुद्रास्फिति,अायको असमान वितरण र मुलुकको अर्थतन्त्रमा मुठ्ठीभर ब्यक्तिहर...